संसारमै १५ औं प्रभावशाली राष्ट्रप्रमुखका रुपमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मंसिर ९गते जनकपुर, मंसिर १२ गते लुम्बिनी र मुस्ताङ्गको भ्रमणले आगामी दिनमा ती क्षेत्रको धार्मिक पर्यटकहरुको आइरो लाग्ने सम्भावनामाथि कुठराघात भएको छ ।
एमाओवादी लगायत मधेशवादी दलहरु समेत सम्मिलित २२ दलीय मोर्चाले मोदीको जनकपुर भ्रमणलाई लिएर अनेक थरिका टिकाटिप्पणी र विरोध गरेपछि भारतीय प्रधानमन्त्री मोदीको धार्मिक क्षेत्रको भ्रमण अन्यौलमा पर्दै आएको थियो । अझ यातायात मन्त्री मिलेन्द्र निधिले वक्तव्य नै प्रकाशित गरी मोदीको जनकपुर भ्रमण स्थगित भएको जानकारी दिएपछि राजनैतिक वृत्तमा यसले नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय जगतमै हल्लीखल्ली भएको थियो । भारतका स्थानीय सञ्चारमाध्यमदेखि राष्ट्रिय स्तरका सञ्चारमाध्यमले भ्रमण स्थगनको समाचारलाई प्राथमिकताका साथ प्रशारण गरे ।
जनकपुरका स्थानीय बासिन्दाले मोदीको भ्रमण स्थगित भएको समाचार सुन्नासाथ आक्रोमात्र व्यक्त गरेनन्, जनकपुर बजार नै बन्द गरिदिए । उनीहरुको बन्द र हड्तालले सरकार थप दबाबमा पर्यो । अन्तत: प्रधानमन्त्री सुशिल कोइरालाले भारतीय राजदुत रन्जित रे साग छलफल गरी मोदीको भ्रमण स्थगित नभएको बताएका थिए । शुक्रबार भ्रमण स्थगित नभएको सूचना प्रकाशित गरेपछि जनकपुर, लुम्बिनी र मुस्ताङ्गमा अत्यन्तै ठूलो उमंग छाएको थियो । प्रधानमन्त्री मोदीले
रामजानकी मन्दिर लगायत अन्य मठमन्दिरमा दर्शन गरिसकेपछि स्थानीय बासिन्दाबाट अभिनन्दन स्विकार्दै सम्बाधोन गर्नुहुने भएको थियो । सोही अवसरमा उहााले विपन्न तथा पिछडा वर्गका स्कुले बालबालिकाहरुलाई हजारौ साइकल वितरण गर्नुहुने र जनकपुरको वृहत्तर विकासका लागि आर्थिक सहयोग समेत घोषणा गर्नु हुने भएको थियो । मोदी आउने सूचना पुन: पाएपछि लुम्बिनी र मुस्ताङ्गमा समेत स्थानीय बासिन्दामा विछट्टै खुशिाली छाएको थियो ।
शुक्रबार परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक स्थलमा हुने भ्रमणमा कुनै फेरबदल नभएको औपचारिक रुपमै जानकारी गराएका थिए । उनले भने धार्मिक स्थल भमणका लागि आएको कार्यतालिकामा भारतबाट कुनै परिवर्तन आएको छैन र नेपालले पनि कुनै परिवर्तन गरेको छैन । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सार्क सम्मेलनमा आउने राष्ट्रप्रमुखहरुको धार्मिक स्थलमा हुने भ्रमण सरकाले सुरक्षा लगायत सम्पूर्ण व्यवस्था गर्ने प्रष्ट पारेका थिए । यहाा स्मरणीय कुरा के छ भने १८ औं सार्क शिखर सम्मेलनको आकर्षक व्यक्तित्व नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बनेका छन् । यतिबेला नेपालमा चौतर्फी मोदीकै चर्चा छ । मोदीबाहेक अन्य देशका राष्ट्रप्रमुखहरुको उति साह्रो चर्चा भएको कतै पाइदैन । मोदीले जनकपुर, लुम्बिनी र मुस्ताङ्गको मुक्तिनाथको दर्शन गरेपछि यी क्षेत्रले थप महत्व पाउने थियो । यदाकदा बुद्ध जन्मभूमिका सम्बन्धमा हुने विवाद पनि सदाका लागि अन्त्य हुने थियो । भारतीय प्रधानमन्त्री मोदीले त नेपालका यी धार्मिक स्थलको भ्रमण, पूजा अर्चना गरे भने हामी किन नजाने भन्ने करोडौ भारतीय र अन्य देशका नगारिकमा एक प्रकारको कौतुहलता जाग्ने थियो । जसका कारण ती क्षेत्रहरु धार्मिक पर्यटकीय स्थलका रुपमा संसारमै विख्यात बन्ने थिए ।
