कञ्चनपुर बलात्कार घट्नापछि बालबालिकामा मनोवैज्ञानिक त्रास

गोविन्द बस्नेत
धरान÷ कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या र त्यसपछि लगातार भएका बलात्कारका घट्नापछि विद्यालयमा अध्ययनरत बालिका सबैभन्दा बढी
असुरक्षित महसुस गर्न थालेका छन् ।
उनीहरु बलात्कारका घट्नामा संलग्नलाई कारबाहीको दायरामा नल्याएसम्म र संविधानमा बलात्कारमा संलग्नलाइ कडा कानुन उल्लेख नगरेसम्म निर्मला पन्त मात्र हैन मुलुकका धेरै बालबालिका सुरक्षित र निर्धक्कसंग हिडन सक्ने वातावरण नहुने बताउछन् ।
शनिवार धरानमा नेशनल युथ कमिटीमा संलग्न बालिकाहरुले बलात्कारीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने र बलात्कारमा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने भन्दै धरानका सार्वजनिक स्थल, व्यस्त बजारमा प्लेकार्ड बोकेर हिडेका मात्र थिएनन ती प्लेकोर्ड चौक चौकमा राख्दै हिडेका थिए ।
पछिल्ला समय बालिका असुरक्षित बन्दै गएको भन्दै बलात्कारीलाई कानुनी दायरामा नल्याएका कारण बलात्कारी खुलेआम शिर उठाएर हिड्ने गरेको उनीहरुको भनाई छ । नेप्लिज युथ कमिटीकी कोर्डिनेटर एवम् विजयपुर माविमा कक्षा ११ मा अध्ययनरत खुशी श्रेष्ठले निर्मला पन्तको बलात्कारीलाई उन्मुक्ति दिने प्रयास गरेको प्रति इंगित गर्दै अहिलेको नेपालको कानुन ठूलालाई चैन सानालाई ऐन भन्ने उक्तिसंग ठ्याक्कै मिल्न गएको बताउनुभयो ।
त्यस्ते एम्स बोर्डिङ्ग स्कुलमा कक्षा ११ मै अध्ययनरत प्रियंंका मावुहाङ्गले समेत अहिले ९ महिनाको अवोध बालिकादेखि ८० बर्षीय वृद्ध आमा बलात्कारको शिकार हुने गरेको बताउनुभयो । उहाले अहिले बालिका, महिला तथा वृद्धाले खुलेआम हिडडुल गर्न सक्ने अवस्था नभएको भन्दै यस्तो अवस्था आउनुमा राज्यको नालायकीपन भएको बताउनुभयो । निर्मला पन्तको बलात्कार अनि हत्या पछि धेरै बलात्कारका घट्ना बढेको बताउदै बलात्कारीको कुनै रुप रंग नहुने भएकोले ै बालिका आफै सचेत हुनुपर्ने बेला आएको बताउनुभयो ।
बालिकाको मनस्थितिमा कञ्चनपुर घट्नापछि मनोवैज्ञानिक रुपमा समेत असर परेको भान यी बालबालिकाले गरेको कार्यबाट प्रष्ट हुन्छ् । विद्यालय हिडेकी, ट्युशन पढन गएकी, घरमा काम गर्ने बालिकामात्र हैन वयस्क महिला, दूधे बालिकादेखि लिएर बृद्धा महिलासम्म असुरक्षित बन्दै गएकोप्रति मनोवैज्ञानिक रुपमै त्रसित बन्दै गएका हुन् । यसतर्फ राज्य गम्भीर हुन जरुरी छ भने बलात्कारीलाई कडा भन्दा कडा कानुन निर्माण गरी हदैसम्मको कारबाही गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया