पहिलो पटक दिल्ली पब्लिक स्कुल धरानमा मोडेल युनाइटेड अर्गनाइजेशन कार्यक्रम सम्पन्न

धरान÷विद्यार्थीहरुमा भएको वहुमुखी प्रतिभा उजागर र विकास गर्ने प्रमुख उद्देश्यका साथ यहाँ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा
रहेको दिल्ली पब्लिक स्कुलमा पूर्वाञ्चलमै पहिलो पटक डि मोन कार्यक्रम सम्पन्न भएको छ ।
भाद्र १३ गते अर्थात २९ अगस्त देखि भाद्र १५ गते अर्थात ३१ अगस्त सम्म सञ्चालन भएको कार्यक्रमको सबैभन्दा रोचक पक्ष के थियो भने काठमाण्डौमा विमस्टेक बैठक चलिरहेको थियो भने दिल्ली पब्लिक स्कुलमा डिमोन अर्थात मोडल युनाइटेट अर्गनाइजेशन कार्यक्रम सञ्चालन भएको थियो ।
दिल्ली पब्लिक स्कुल धरानका नेपाली विभाग प्रमुख हेमचन्द्र वस्तीले दिनु भएको जानकारी अनुसार डिमोन कार्यक्रममा धरानका ७ वटा र विराटनगरका तीन वटा गरी ९ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागी विद्यालयहरुमा दिल्ली पब्लिक स्कुल धरान, डिपिएस विराटनगर, डिएभी विराटनगर, अरनिको विराटनगर, डिपो धरान, विष्णृु मावि धरान, सिओन इन्टर नेशनल धरान, के के इन्टरनेशनल धरान रहेका थिए । सहभागी विद्यालयहरुका विद्यार्थीहरुको व्यक्तित्व विकास, नेतृत्व क्षमतामा अभिवृद्धि, वाक पटुताको विकास होस् भन्ने हेतुले नै कार्यक्रमको आयोजना गरिएको वस्तीले जानकारी दिनुभयो ।


६ वटा कमिटी बनाई आरम्भ गरिएको कार्यक्रममा विद्यार्थीहरुले १९ देशको प्रतिनिधित्व गर्दै युनाइटेड नेशन (संयुक्त राष्ट्रसंघ) का क्रियाकलाप प्रस्तुत गरेका थिए । युएनकै जस्तो आ आफ्नो देशको तर्फबाट विभिन्न शीर्षकमा बोल्ने, आ आफ्ना वक्तव्य प्रस्तुत गर्ने, आ–आफ्ना देशको समस्याका बारेमा प्रस्तावहरुमाथि छलफल गर्ने, प्रश्न राख्ने, उत्तरहरु दिने जस्ता रोचक एवम् ज्ञानवद्र्धक छलफलहरु भएका थिए । उद्घाटन समारोहमा प्रमुख अतिथिमा डिप्लोम्याट तथा मेडिकल इन्चार्ज, भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका मेजर डा.
राजविन्दर सिंह हुनुहुन्थ्यो भने समापन कार्यक्रमका प्रमुख अतिथि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कुल सचिव तुलबहादुर श्रेष्ठ रहनु भएको थियो कार्यक्रमलाई सम्बोधन गर्दे कुलसचिव श्रेष्ठले विद्यालयले आयोजना
गरेको यो कार्यक्रम पूर्वाञ्चलकै पहिलो भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुुभयो विद्यार्थीहरुमा भएको वहुमुखी प्रतिभाको विकास गर्न ठूलो मद्दत गर्ने प्रष्ट पार्दै आयोजक विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल, विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका तथा प्रशासनका कर्मचारी र सहभागी विद्यालयका विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो ।
कार्यक्रम आयोजक विद्यालय डिपिएस धरानका प्रद्यानाचार्य पिके शंकरलिंघमले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्य तथा उपादेयतामाथि प्रकाश पार्नु भएको थियो । विद्यालयका काउन्सिलर श्यामजी जोनले समेत कार्यक्रमको उपादेयतामाथि प्रकाश पार्नुभएको थियो भने विद्यालयकी भाइस प्रिन्सिपल श्रीमति सन्ध्या वशिष्टले धन्यवादज्ञापन गर्नुभएको उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र, विभिन्न विद्या र कमिटीका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया