गोविन्द बस्नेत
धरान÷जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दुर्घटना न्यूनिकरण गर्ने भन्दै सुनसरीको धरान र धनकुटाको भेडेटार पर्ने बीच भागमा चेकिङ्गलाई तिब्रता दिएको छ ।
तर ट्राफिक प्रहरीले गरिएको यस्तो चेकिङ्ग नियमित भने छैन । शुक्रबार र शनिवार विदाको समयमा भेडेटारबाट मादक पदार्थ सेवन गरी तिब्र गतिमा सवारी साधन चलाउने प्रवृत्ति बढ्दै गएको भन्दै भिरालो जमिन, घुम्तीमा सवारी साधन रोकेर चेकजाच गरिरहेको थियो ।
विगत केही बर्ष देखि लगातार धरान १३ बेसक्याम्पमा रहेको रोशन श्यामभक्त पेटूोल पम्प अगाडि चेकिङ्ग गर्दै आएको टूाफिकले टूाफिक चेकिङ्गका कारण व्यवसाय चोपट भएको भन्दै विरोध गरेपछि भौगोलिक अवस्थाले समेत अनुकुल भएको सो स्थानमा चेकिङ्ग शुरु गरेको हो ।

मापसे चेक गर्न ब्रेथ लाइजर र गति चेक गर्न र्याडर गर्न प्रयोग गरेर धरानबाट भेडेटार हिडेका तथा भेडेटारबाट धरान झरेका मोटरसाइकल, चार चक्के साना तथा ठूला सवारी साधनलाई चेकजाच गर्ने गरिएको छ । जहा उकालो, ओरालो तथा घुम्ती बढी भएका कारण सवारी साधन रोक्न समेत कठिन हुने गरेको छ । शुक्रबार र शनिवार विदाको समय भएका कारण मापसे चेक गरेर तिब्र गतिमा सवारी चलाउने गर्दा दुर्घटना धेरै हुने गरेकाले हप्तामा दुई दिन नियमित चेकिङ्ग शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक होमराज दाहाल बताउनुहुन्छ ।
तर सर्बसाधारणले भने यसरी भौगोलिक अवस्था नमिलेको र मौसमी चेकचाजले दुर्घटना न्यूनिकरण भन्दा पनि जोखिम बढ्ने बताउने गरेका छन् ।
धरान १३ का माधव वास्तोलाले भौगोलिक अवस्थालाई ध्यानमा दिएर नियमित चेकिङ्ग नगरी जथाभावि जुन पायो त्यही स्थानमा चेकिङ्ग गर्दा अझ दुर्घटनाको जोखिम बढ्ने
बताउनुभयो ।
उनीहरुले चेकिङ्ग नाममा सर्वसाधारणलाई दुःख दिने नियतले भन्दा पनि सबैलाई पायक पर्ने स्थानमा नियमित चेकिङ्ग गर्दा प्रभावकारी हुने सझाव दिएका छन् ।
