विराटनगर ÷ प्रत्येक बर्ष श्री कृष्ण अष्टमीका दिन विराटनगरमा निकालिदै आएको रथ यात्राले यो बर्ष पनि निरन्तता पाउने भएको छ ।
राधाकृष्ण रथयात्राको अवसरमा प्रदेश १ सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ ।
समितिका अध्यक्ष बाबुराजा ओझाले रथयात्राको रुटसमेत तय गरिसकिएको जानकारी दिनुभएको छ । साविकको मेनरोड हुँदै महेन्द्र चौक, धरानरोड, वरगाछी हुँदै सात किलो मिटरको यात्रा पुरा गरी पुनः मन्दिर परिषरमा रथयात्रा विसर्जन हुने ओझाले जनाए ।
रथको लम्बाई २२ फिट चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाईका दाया बाँयापट्टि फैलिएका लठ्ठा डोरी रहेको छ ।
त्यसैगरी रथयात्रामा पहिलो पटक रथयात्रा स्वर्ण महोत्सवको मुख्य आकर्षण घोडाको प्रयोग गरी तानिने बग्गीको ब्यवस्था मिलाइएको छ । अघिल्लो बर्षजस्तै रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्प गुच्छा बर्षाइने छ ।
प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले रथको पहिलो पटक उद्घाटन गर्ने भएका छन् ।
रथयात्राको अवलोकन गर्न नेपाल भारतका ५ लाख बढी मानिस विराटनगर आउने आयोजकले अपेक्षा गरेको छ ।
