धरानको विजयपुरमा ५ सय ८० मिटर लम्बाईको धार्मिक पर्यटकीय सडक निर्माण

धरान÷पूर्वीय दर्शन, वेद, पुराण, उपनिषद आदि धार्मिक गन्थहरुले महत्वपूर्ण स्थान दिएर वर्णन गरिएको धरानको सिंहदेवीचौकदेखि विजयपुर दन्तकाली चौक सम्मको धार्मिक पर्यटकीय सडक विजयपुर आध्यात्मिक मञ्चले निर्माण पूरा गरेसँगै सोको एक औपचारिक कार्यक्रमका बीच समुद्घाटन समेत भएको छ । वि.ंस २०७० सालदेखि मञ्चले स्थानीय उद्योगी, व्यवसायी, सर्वसाधारण, पर्यटन बोर्ड, धरान उपमहानगरपालिका, धार्मिक संघ सस्थाहरुसँग आर्थिक संकलन गरी उक्त धार्मिक पर्यटकीय सडकको निर्माण आरम्भ गरेको थियो ।
निर्माण सम्पन भएको सडक ५८० मिटर लम्बाई र १६ फिट चौडाई रहेको र सडक निर्माणसँगै धरान १४, विजयपुर, स्थित रहेको दन्तकाली मन्दिर, पिण्डेश्वर बाबाधाम, बुढा सुब्बा मन्दिर, पञ्चकन्या मन्दिर लगायतको दर्शन गर्न आवागमनमा सहज भएको छ भने सडक निर्माणसँगै धार्मिक पर्यटनको सम्भावना समेत बढेर गएको छ । आरसिसी ढलाई, ड्रेन, एलिङवाल, रेलिङ्गमार्गको उक्त सडक सिंंहदेवी चौकदेखि बालिका स्कुलसम्मको ५५ मिटर लम्बाई टाली लगाइएको, वालगोपाल मन्दिर पूर्व दक्षिण ड्रेनमाथि सिढी तथा रेलिङ्ग निर्माण समेत गरिएको छ ।


विजयपुर आध्यात्मिक मञ्चका कोषाध्यक्ष उद्धव अधिकारीले दिनुभएको जानकारी अनुसार धार्मिक पर्यटकीय सडक १ करोड ३५ लाख ६० हजार रुपैयामा निर्माण सम्पन्न भएको हो । जसमध्ये धरान उपमहानगरपालिकाले पटक पटक गरेर ६७ लाख २१ हजार ८ सय १८ रुपैया उपलब्ध गराएको थियो भने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सुनसरी क्षेत्र न. १ सभासद कोषबाट १५ लाख, पर्यटन कार्यालय झापाबाट ५ लाख, उपभोक्ता समिति र दाताहरु माफर्त ५० लाख ६ हजार ३ सय ४० रुपैया गरी १ करोड ४० लाख ३३ हजार १ सय ६८ रुपैया सकलन भएको थियो । कोषाध्यक्ष अधिकारीले दिनुभएको जानकारी अनुसार खर्चतर्फ शिलान्यास तथा बु्रसर छपाईमा २३ हजार ६ सय ३०, शिलालेख तथा शिला फिटिङ्गमा ३ लाख ४७ हजार ४ सय ९४, उद्भघाटनमा एक लाख ४० हजार, सिढी र रेलिङ्ग रंगरोकनमा २५ हजार ७ सय, धार्मिक पुस्तक तथा ब्रुसर छपाईमा ९० हजार, गोपाल मन्दिर पूर्व दक्षिण ड्रेन माथि सिढी तथा रेलिङ्गमा ३ लाख १५ हजार, पुरानो बालिका स्कुलदेखि सिंहदेवीचौक ड्रेनसम्म ब्लक टालीमा ३ लाख ६५ हजार ६० रुपैया, पहिलो चरणको निर्माण कार्यमा ३२ लाख ५० हजार, दोस्रो चरणको निर्माण कार्यमा १२ लाख ५९ हजार ५ सय, तेस्रो चरणको निर्माण कार्यमा (खोल्सी नियन्त्रण) मा ३ लाख ८० हजार, चौथो चरणको निर्माण कार्यमा ८ लाख ४० हजार, पाँचौ चरणको निर्माण कार्यमा १० लाख , छैठो चरणको निर्माण कार्यमा ८ लाख ३० हजार १ सय १ सय ४७ ,सातौ चरणको निर्माण कार्यमा ४६ लाख १ हजार ८ सय २८, वृद्ध आश्रम मुनि वाल थप गर्दा ६० हजार, पाँच बर्षको अवधिमा भएका विविध खर्चहरु गरेर ३५ हजार १ सय ५० गरी कुल १ करोड ३५ लाख ६० हजार लागेको कोषाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । धार्मिक पर्यटकीय सडक निर्माणका लागि दाताहरुले प्रतिबद्धता जनाएको ४ लाख ६६ हजार ९ सय ४२ रुपैया उठ्न बाँकी र सो रकम उठेमा ४ लाख ७३ हजार १ सय ६० रुपैया बचत हुने र सोही रकमबाट सडकको पछि मर्मत सम्महार हुदै जाने पनि उहाले बताउनुभयो ।


प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारीले उद्घाटन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवालले गर्नुभएको थियो । सो अवसरमा प्रा.
भरतप्रसाद भट्टराईले लेख्नु भएको तथा विजयपुर आध्यात्मिक मञ्चले प्रकाशित गरेको सुनसरीका केही प्रमुख धामहरु नामक पुस्तकको सभामुख भण्डारी र अध्यक्ष अग्रवालले सामुहिक रुपमा विमोचन गर्नुभएकोे थियो । पुस्तकमा अमृत पिण्ड, पिण्डेश्वर धाम, सिद्ध पीठ दतकाली माता भगवती, पञ्चकन्या मन्दिर, सिद्धबाबा, बुढसब्बा धाम, चतरा धाम, बराहक्षेत्र तीथ (धाम), विष्णुपादुका तीर्थ धाम, रामधुनी आश्रम धाम, आदिका बारेमा वर्णन गरिएको छ । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका धरान उपमहानगर समितिका सभापति तिलक राई, धरान उपमहानगरपालिकाकी कावा मेयर मञ्जु भण्डारी, पञ्कज खतिवडा लगायतले पनि बोल्नु भएको थियो भने सञ्चालन गणेश खतिवाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया