बलात्कारको आरोपमा इनरुवामा तीन जना प्रक्राउ

धरान÷ पल्लिो समय बलात्कारका घट्ना ह्वात्तै बढेका छन । विशेष गरी विद्यालय जाने बालिका बढी बलात्कृत हुने क्रम अझै रोकिएको छैन ।
यही क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीले बलात्कारको आरोपमा तीन युवकलाई प्रक्राउ गरेको छ ।
इनरुवा नगरपालिका वडा नं. ६ बाट प्रहरीले रामधुनी नगरपालिका वडा नं. २ का बर्ष १९ का राहुल मगर, सोही उमेर समूहका मोहमत जन्मत मिया र २१ बर्षीया भोला परियारलाई प्रक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रक्राउ परेका यी युवाहरुले इनरुवा नगरपालिका वडा नं. ६ हलेसी चौकदेखि उत्तर पूर्व खेतमामा शनिवार राति ९ बजे एक किशोरीलाई पिछा गर्दै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले सोही स्थानबाट राहुल मगर र मोहमत जमत मियालाई प्रक्राउ गरेको थियो भने फरार रहेका २१ बर्षीय राहुल मगरलाई भने प्रक्राउ परेको बयानका आधारमा आइतबार रामधुनी नगरपालिकाबाट प्रक्राउ गरिएको बताइएको छ ।
प्रक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणीमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यता पीडित किशोरीको भने जिल्ला अस्पताल इनरुवामा उपचार हुन नसकेपछि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको र अहिले उनको स्वास्थ्यमा सुधार हुदै गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया