धरान÷ पछिल्लो समय प्रहरीले नेकपाका जिम्मेवार नेताहरुलाई बिना कारण गिराÏतार गन क्रमलाई तिब्रता दिएको छ ।
साउन १८ गते शुक्रबार प्रहरीले नेकपाका नेता देखि सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुलाई समेत प्रक्राउ गरेको छ । प्रहरीले सुनसरी जिल्ला सेक्रेटरी पुष्प
कोइराला, कोशी व्युरो सदस्य डिवी सिलवाललाई प्रक्राउ गरेको थियो । सोही दिन ट्याक्टर चलाएर मजदुरी गर्ने भोजपुरका छिरिङ्ग शेर्पा र सुनसरीमा अध्यापन गराउने एक शिक्षक जनक निरौललाई समेत प्रक्राउ गरेको
छ । यसैगरी प्रहरीले सागर राई भन्ने युवालाई समेत इटहरीबाट प्रक्राउ गरेको छ । उनीहरु सबैलाई म्याद थप गरी इलाका प्रहरी कार्यालय इटहरीमा राखेको छ ।

प्रक्राउ परेकाहरुलाई आफनतहरुसँग समेत भेटघाट गर्न नदिएको नेकपा सुनसरीका इन्चार्ज प्रज्वल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले एक विज्ञप्ती प्रकाशित गरी निर्दोष नेता तथा कार्यकर्ताको रिहाइको माग गर्नुभएको छ । बिना शर्त उहाँहरुलाई रिहा नगरे कडा संघर्षमा उत्रन बाध्य हुने पनि उहाँले जानकारी दिनुभएको छ ।
