धरान ÷सरकारले बेरूजु शून्यमा झार्ने भने पनि स्थानीय तहमा अझै बेरुजु घट्नुको साटो बढ्दै गएको छ । कर्मचारीहरुले स्थानीय तह संचालन गर्दाको समयमा भएका विकाशे कामहरुका लागि लगिएका रकमहरुको बेरुजु धरानको स्थानीय तहमा कायमै छ ।
पंचायतकालीन अवस्थादेखि नै धरान उपमहानगरमा भएका बेरूजु अझै फच्र्यौैट हुन सकेको छैन् । आर्थिक वर्ष २०६९÷७० मा देखिएको २ करोड २२ लाख ६८ हजार ७ सय ७० रुपैया देखिएको बेरुजु अहिले बढेर २ करोड २४ लाख ७ सय ६३ रुपैया पुगेको छ । बेरुजु रकमहरु
पुरानो हुँदै गए पछि धरान उपमहानगरपालिकाले उठाउन नसकेको धरान उपमहानगर पालिकाका आर्थिक लेखा महाशखाका अधिकृत .भेषराज अधिकारीले बताउनुभयो ।
आ.व. २०७३÷७४ सम्म जनप्रतिनिधिको नाममा ३१ लाख ३७ हजार ८ सय ८७, कर्मचारीको नाममा १६ लाख १२ हजार ४ सय रुपैयाँ छ । त्यस्तै उपभोक्ता समितिको नाममा १ करोड ६२ हजार ९ सय ९९, ठेकेदारको नाममा १७ लाख, वडा समितिको नाममा ९ लाख ४ हजार २ सय ५१ र अन्य विभिन्न संघ–संस्थाको नाममा ५० लाख ५ हजार २ सय २५ रुपैयाँ बेरुजु रकम छ । बेरुजुको हिसाब मिलानको अध्ययन गरेर फछ्र्याैट गर्ने तयारीमा धरान उपमहानगरपालिका रहेको उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताउनुभयो ।
सरकारी कार्यालयबाट निकासा भएको रकम बमोजिमको बिल भौचर दाखिला नभएको अवस्थामा त्यस्तो
रकम बेरुजुमा जाने गर्दछ । प्रत्येक वर्ष थपिदै गएको बेरुजु रकम फच्र्यौट गर्न धरान उपमहानगरपालिकाले कडाइ गर्न जरुरी छ ।

