सप्तकोशी ट्रक दुर्घटनामा दुई को मृत्यु सात घाइते

इनरुवा÷ मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको सप्तकोशी पुलमा विगत केही समय यता दुर्घटना बढ्न थालेको छ ।
कोशी गाउँ पालिका वडा नं. ८ स्थित सप्तकोशीमा केही दिन अगाडि ट्रक दुर्घटना हुँँदा दुई जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदैै गरेको को १ ख १०४३ नम्बरको स्काभेटर बोकेर ना ४ ख ३५६ नम्बरको ट्रक सडकको दक्षिणपट्टि १९ र २० नम्बर ढोका बीचबाट कोशी नदीमा खस्दा त्यसमा रहेका यात्रुमध्ये दुइको मृत्यु र अन्य घाइते भएका थिए ।
ट्रक नदीमा खसेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ुसुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारी सहितका सुरक्षाकर्मी घट्ना स्थल पुगेका थिए । ट्रकमा सवार ९ जनालाई बाहिर निलिएको थियो । उनीहरुको उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा ल्याउने क्रममा दुइ जनाको बाटोमा मृत्यु भएको थियो । मृत्यु हुनेमा सुनसरी रामधुनी १ झुक्का बस्ने ४५ बर्षका अनश्याम चौधरी, बराहक्षेत्र नगरपालिका १ बस्ने ४२ बर्षका विनोद बराइली रहेका छन् भने घाइते हुनेहरुमा मोरङ्ग टंकी सिनुवारी ३ बस्ने ३० बर्षका सुक्रराज लामा, मोरङ्ग सुन्दरपुर हर्रैचा ४ बस्ने कृष्ण चौधरी, झापा गौरादह ५ बस्ने ३० बर्षका सन्तोष अधिकारी, उदयपुर कटारी ६ बस्ने ३० बर्षका हरि मगर, सुनसरी बराहक्षेत्र नगरपालिका ३ बस्ने ३५ बर्षका मणिराज विक, मोरङ्ग
विराटनगर १२ बस्ने २३ बर्षका राजकुमार मण्डल, मकवानपुर ६ बस्ने २६ बर्षका अतिष सिंह प्रधान रहेका छन् ।

तपाईको प्रतिक्रिया