हाम्रो यात्राको निरन्तरता २० बर्ष

आज भन्दा ठीक २० बर्ष अगाडि अर्थात २०५६ असार ६ गतेबाट भ्रष्टाचार, विकृति, विसंगति विरुद्धमा जेहाद छेड्दै समाज परिवर्तनको मुख्य उद्देश्यका साथ स्थापना भएको धरान साप्ताहिक आÏनो
अविरल यात्रामा हिड्दा हिड्दै २० बर्षमा प्रवेश गरेको छ ।
नेपाल पत्रकारिताको यात्रा अहिलेमात्र नभएर विगतमा समेत त्यतिकै जोखिमपूर्ण थियो । समाजलाई सही मार्ग निर्देश गरेकै
आरोपमा अर्थात देश र समाजका लागि भाइरसका रुपमा रहेका जुनसुकै क्षेत्रका भ्रष्ट, राजनैतिक दलको आवरणमा गलत गतिविधि गर्ने नेतृत्व, शक्तिको आडमा धाक धम्की दिने प्रहरी प्रशासनका विरुद्धमा समाचार लेख्दा भौतिक आक्रमणदेखि मानसिक चेतवनी र प्रशासनिक र अदालती झंझट सहन गुर्न परेको थियो ।
तर यात्रा कहिल्यै पूर्ण विराम लागेन । दृढ अठोट, आत्मबल, उत्तरदायित्व बहन प्रतिको इमान्दारिताले हाम्रो यात्रालाई निरन्तरता दिन सदैव हौस्याई रहयो । यसका पछाडि हामीलाई निरन्तर आत्मबल प्रदान गर्नुहुने, हौसला प्रदान गर्नु हुने र हाम्रो साहसिक लेखन शैलीको सदैव प्रशंसा र सम्मान गर्नु हुने हाम्रा पाठकका कारण हाम्रो यात्रामा पूर्ण विराम लाग्न सम्भव पनि थिएन । समग्रमा भन्नुपर्दा हाम्रो यात्रा विगतमा पनि जोखिमपूर्ण थियो र अहिले पनि जोखिमपूर्ण अवस्थामै
रहेको छ ।
बीस बर्षको अवधिमा मुलुकमा धेरै उतारचढाव आए । माओवादी द्वन्द्वले शान्तिपूर्ण अवतरण ग¥यो, प्रजातन्त्रबाट लोकतन्त्र हुँदै संघीय गणतन्त्रमा मुलुक प्रवेश ग¥यो । तर २० बर्ष अगाडिको पुरातनवादी सोचमा कुनै पनि वर्गमा परिवर्तन आएको छैन । मुलुकमा व्यवस्था मात्र परिवर्तन भयो व्यक्तिको सोचमा परिवर्तन आउन सकेको छैन । अर्थात् भ्रष्टाचार विगतको तुलनामा अत्याधिक बढेको छ, राजनीतिक नेतृत्वको संरक्षण पाएकै कारण गाउँ, टोलदेखि सहरसम्म गुण्डागर्दी बढेको छ । सेवाग्राहीको काममा प्रशासनिक काम अझ सुस्त बन्दै गएको छ, तस्करीको अवस्था भयावह छ । आफ्नो स्थानबाट यी यावत कुराहरुको पर्दाफास गर्ने कामलाई विगत २० बर्षदेखि निरन्तरता दिदै आएको छ ।
पत्रकारिता समाजको ऐना हो । पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रका तमाम विकृति, विसंगतिलाई जस्ताको तस्तै समाजमा राख्दै आएको धरान साप्ताहिकका तामम पाठक वर्गबाट लुकेको, छिपेको छैन । पत्रकारिता कुनै न्यायिक निकाय होइन । यद्यपि आफ्नो कर्तव्यबाट च्यूत हुनेहरुका सवालमा जस्तोजस्तै सत्य र साँचो कुराको जानकारी गराउँदा राज्यका सम्बन्धित निकाय समेत होला, त्यस्ता व्यक्तिहरुलाई सजायको भगिदर बनाउला भन्ने अपेक्षा भने पत्रकारले राज्यसँग गरेको हुन्छ । तर राज्य आफ्नो कर्तव्यबाट विमुख अर्थात च्यूत हुँदै गएको हो कि भन्ने भान पर्न थालेको छ । अपराधीहरु खुलेआम सकडमा छाती तन्काएर हिडेका छन् भने निर्दोष र निपराध व्यक्तिहरु सजायको भागिदार बनेका छन् । अपराधीलाई राजनैतिक रंग दिएर चोख्याइन्छ । यसको पछिल्ला उदहरण अनगिन्ती छन् । स्थानीय स्तरबाटै भएपनि धरान साप्ताहिकले राजनैतिक रंगमा उन्मुक्ति पाएका अपराधी,तस्कर, माफियाका विरुद्धमा कलम चलाउन भने छोडेको छैन । यसको पछाडिको प्रमुख कारण धरान साप्ताहिकको पछाडि रहेका ठूलो संख्याका पाठकहरु नै हुन् । आज पूर्वाञ्चलमा धरान साप्ताहिकको आफ्नो अलग्गै पहिचान छ, पाठकमा अलग्गै प्रभाव रहेको महसुस हामीले गरेका छौं । जसबाट धरान साप्ताहिकले निरन्तर ऊर्जा प्राप्त गरिरहेको छ र आगामी दिनमा पनि गरिरहने विश्वास हामीले लिएका छौं । आम पाठकका बीचमा धरान साप्ताहिकले आफ्नो जुन छुट्टै पहिचान बनाउन सफल भएको छ त्यसको दोस्रो कारण धरान साप्ताहिकमा कार्यरत इमान्दार पत्रकाहरुको अथक मेहनत, परिश्रम र इमान्दारिता पनि हो । हामी विश्वस्त छौं आगामी यात्रा सहज बन्दै जाने छन्, विकृति र विसंगति विरुचमा घाटिने कलम राज्यका सकारात्मक काममा घोटिने छ ।

तपाईको प्रतिक्रिया