माध्यामिक शिक्षा परीक्षा (एसईई) को त्रुटिपूर्ण नतिजाले विद्यार्थी, शिक्षक, अभिभावकमा अन्यौल बर्षैपिच्छे शैक्षिक प्रणाली परिवर्तन ः त्रुटी छानविनका लागि गठन गरिएको समिति समेत औचित्यहीन

धरान÷माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा यसपटक जिम्मेवार निकायको त्रुटीप्रति सरोकारवाला सबैले गम्भीर आश्चर्य प्रकट गरेका छन् । अघिल्लो दिन अर्थात शनिवार परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको नतिजामा आइतबार मुलुकभरिका हजारौ विद्यार्थीको जिपिए बढेको थियो ।
धरानका अधिकांश विद्यालयका विद्यार्र्थीहरु अघिल्लो दिन आफ्नो जिपिए कम भएको भन्दै निराश भएका विद्यार्थीहरु भोलिपल्ट केही खुशी देखिन्थे । धरानका एकाध बाहेक अधिकांश स्कूलहरुले विशिष्ट श्रेणीसहित सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएकोमा यसपटक जिपिएमा परीक्षा नियन्त्रबण कार्यालयले गरेको गम्भीर लापराबाहीले अघिल्लो दिन निराश बनाएको थियो । पूर्वाञ्चलमा मात्र नभएर मुलुकमै गुणस्तरीय शिक्षाका लागि चर्चामा रहेका युरेका मावि, विष्णु मावि, नवोदय इंगलिस बोर्डिङ्ग स्कुल, सैनिक मावि, विजयपुर मावि, सुनाखरी एकाडेमी, डिपो मावि, सिओन मावि, सेन्ट जोसेफ मावि विगतमा झै यसपटक पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले तोकेको वेभसाइड तथा एसएमएसबाट विद्यार्थीहरुले शनिवार प्राप्त गरेको अंक अर्थात जिपिए आइतबार बढेको छ । यसले विद्यार्थी र अभिभावमा अन्यौल समेत सिर्जना गरेको थियो । आधिकारिक जिपिए शनिवारको हो या आइतबारको हो भन्नेमा उनीहरुमा अन्यौलता बढेको हो । कुनै विषयमा ९० अंक ल्याउने विद्यार्थी ग्रेड सम्बन्धी विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए ग्रेड मात्र देखाएको थियो । आइतबार प्राय ः सबै विद्यार्थीको जिपिए बढाएको छ । धरान १८ स्थित डिपो माविका प्रिन्सिपल राजकुमार राईले भन्नुभयो सबै विद्यार्थीको जिपिए बढेको छ ।
जिपिए नतिजाले अन्यौल
हरेक बर्ष परिवर्तन हुने सरकारको शिक्षा प्रणालीले विद्यार्थी, अभिभावक र शिक्षकहरुमा समेत अन्यौलता छाएको छ । गत बर्ष ए प्लस, ए, बी प्लस, बी, सी आदि प्रणाली लागू गरेको सरकारले यसपटक जिपिए सिस्टम लगायो । प्राप्त नतिजा अनुसार जिपिए (ए प्लस) ३.६५ देखि ४ ल्याउने विद्यार्थीको संख्या १४ हजार २ सय ३४, ३.२५ देखि ३.६० जिपिए
(ए ग्रेड) ल्याउने विद्यार्थीको संख्या ४६ हजार १ सय ३० र जिपिए २.८५ देखि ३.२० (वि प्लस) ल्याउने विद्यार्थीको संख्या ४९ हजार ३७ छ । ७० हजार ५ सय १२ विद्यार्थीले जिपिए २.४५ देखि २.८ (बि ग्रेड) ल्याएका छन । जिपिए २.०५ देखि २.४० (सी प्लस गे्रड) ल्याउने विद्यार्थीको संख्या ६१ हजार ८ सय ७० र जिपिए १.६५ देखि २ (सी गे्रड) ल्याउने विद्यार्थी १ लाख १ हजार ४३ छन । जिपिए १.२५ देखि १.६० (डी प्लस गे्रड) ल्याउनेको संख्या ३५ हजार ५ सय ८४ र जिपिए ०.८५ देखि १.२० (डी ग्रेड) ल्याउने विद्यार्थीको संख्या ५८ हजार ६ सय ८ रहेको छ । एक्जाम्टेड तर्पm भने एक जना विद्यार्थीले जिपिए ३.६५ देखि ४ (ए प्लस ग्रेड) ल्याउन सकेको परीक्षा नियन्त्रण कार्यालयको नतिजाले देखाएको छ ।
त्रुटी छानविनका लागि समिति गठन
माध्यामिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटीबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय पमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
मन्त्रालयद्वारा गठित समितिमा मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल रहेका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरबाट गत शनिवार प्रकाशित परीक्षा फलमा प्राविधिक समस्या पहिचान गरी समाधान गर्दा पूर्व प्रकाशित परीक्षाफलमा केही केही परीक्षार्थीको भुल अभिलेख बमोजिम परीक्षा फल ससोधन भएपनि उक्त नतिजामा देखिएको त्रुटिका सम्बन्धमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेश गर्न आगामी दिनमा त्यस प्रकारको समस्या नै आउन नदिन अवलम्बन गर्नुपर्ने उपाय सम्बन्धमा पाँच दिन भित्रमा सुझाव दिन सो समिति गठन गरिएको बताइएको छ । यसैबीच शैक्षिक क्षेत्रका पीडितहरु भन्छन् छानविन समिति गठन झारा टार्ने विधिमात्र हो, त्यसको औचित्य छैन ।

तपाईको प्रतिक्रिया