धरान÷ हावाहुन्डरी र पानीसंगै परेको चट्याङले धरान उपमहानगरपालिका वडा नं. २० भालुढुंगा माविमा अध्ययनरत ७ जना विद्यार्थी घाइते भएका छन् । मंगलशार दिउसो तीन बजे आएको हावाहुरी र बर्षादसंगै परेको चट्याङका कारण भालुढुगा माविमा अध्ययनरत कक्षा ६ मा अध्ययनरत ५ जना, कक्षा ८ र ९ मा एक÷एक जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा धरान २० विष्णुपादुकी कक्षा ६मा अध्यरत १२ बर्षीय पूर्णिमा तामाङ, सोही कक्षमामा अध्ययनरत बर्ष ११ की दिपिका तामाङ, बर्ष १२ की मौसम राई, बर्ष ११ की संगम राई र सागुरी गढी घर भएकी बर्ष १२ की प्रमिला पाण्डे सहित कक्षा ८ मा अध्ययन बर्ष १२ की दिपा राई र कक्षा नौमा अध्ययनरत बराहक्षेत्र १ की १३ बर्षीया अस्मिता राई घाइते भएका छन् ।
घाइते हुनेहरुको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो । उनीहरुको अवस्था सामान्य बन्दै गएको प्रतिष्ठानको बाल आकष्मिक कक्षमा घाइते विद्यार्थीको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन् ।
