लागू औषधसहित चार प्रक्राउ

धरानको छुट्टाछुट्टै स्थानबाट भारी मात्रामा लागू औषधसहित चार जनालाई धरान प्रहरीले प्रक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
प्रहरीले धरान ११ का अरुण चौधरी, धरान १० का नवराज गुरुङ,
धरान १५ का अल्वर्ड गुरुङ र धरान १२ का अनिष तामाङलाङलाई २ सय ३० ट्याब्लेट नाइटूोशन, एभिल २सय १०, डाइजेलाप २ सय १० र लुपिसेसिक २ सय १० गरी ६ सय ३० एम्पुल सहित ३० हजार नगद
बरामद गरेको छ ।
प्रक्राउ परेका अरुण चौधरीले आइतबार दिउसो १२ः ३० बजेको समयमा तीनकुने चेकपोष्टमा प्रहरीले चेकजाच गर्ने क्रममा ९० ट्याब्लेट नाइटूोसनसहित प्रक्राउ गरेको हो भने नवराज गुरुङ, अल्वर्ड गुरुङ र अनिष तामाङलाई पनि आइतबारै साढे ५ बजे धरान १० मुनाल पथमा शंकास्पद अवस्थामा बसिरहेको अवस्थामा खोजतलास गर्दा १४० ट्याब्लेट नाइटूोसन, एम्पुल एभिल, डाइजेलाप र लुपिजैसिक गरी ६३० एम्बुलसहित नगद ३० हजार बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
प्रक्राउ पनेलाई आजै म्याद थपका लागि जिल्ला अदालत लगिएको डिएसपी पौडेलले जानकारी दिनुभयो । उनीहरुलाई लागू औषध कारोवार ऐन अन्तर्गत कारबाही अगाडि बढाइने भएको छ ।

तपाईको प्रतिक्रिया