जथाभावि राखिएको होर्डि· बोर्ड हटाइयो

धरान÷ होर्डिड बोर्ड कारण बजारको स्वरुप विग्रिनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएपछि धरानका फुटपाथमा जथाभावि राखिएका होर्डिड बोर्डहरु प्रशासनले हटाउन शुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, धरान उपमहानगरपालिकाकाका प्रतिनिधिहरुले पहिलो दिन धरानका मुख्य सडक मानिएको भानुचौक र छाताचौक बीचमामा रहेका फुटपाथ तथा विजुलीका पोलहरुमा जथाभावि राखिएका बोर्डहरु हटाएका छन् भने मंगलबार धरान ८ भोटेपुलदेखि धरान २ भानुचौकसम्मका बोर्डहरु हटाइको जिल्ला टूाफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक होमनाथ दाहालले
जानकारी दिनु भयो ।
जथाभावि मापदण्ड विपरीत राखिएका यस्ता बोर्डहरुले सहरको स्वरुप विग्रिनुको साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएका कारण जथाभावि राखिएका यस्ता बोर्डहरु हटाइएको उहाले जानकारी दिनुभयो ।
व्यापारिक प्रयोजनका लागि राखिएका यस्ता बोर्डहरुले हावाहुरीका समयमा बाटोमा हिड्ने बटुवादेखि लिएर सवारी साधन चलाउने सवारी चालक, यात्रु सबैले सडकमा हिड्दा समेत जोखिम मोलेर हिड्नुपर्ने अवस्था सिर्जना भएपछि हटाउन शुरु गरिएको उहाको भनाई छ ।
शुरुका चरणमा फुटपाथ र विजुलीका पोलमा भएका बोर्ड हटाउने र दोस्रो चरणमा नीजि घर, सार्वजनिक स्थलमा जथाभावि राखिएका होर्डिडबोर्डहरु हटाइने उहाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया