धरान÷ नेपाल पूर्व संगठनले विराटनगरका रेवतबहादुर थापाको अध्यक्षतामा एक नं. प्रदेश तदर्थ समिति गठन गरेको छ ।
झापाको विर्तामोडमा ज्येष्ठ ६ गते सम्पन्न कार्यक्रममा थापाको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन भएको हो ।
नव गठित संगठनको उपाध्यक्षमा भक्तिराज माझी, महासचिवमा
रामकुमार श्रेष्ठ, सचिवमा चन्द्रप्रसाद शिवाकोटी, कोषाध्यक्षमा सुभा कार्कीलाई चयन गरिएको संगठनका सुनसरी सचिव यामबहादुर कार्कीले जानकारी दिनुभयो ।
भूपू प्रहरीको हक हितका लागि गठन गरिएको नेपाल पूर्व प्रहरी संगठनले मुलुक तीनै चरणको निर्वाचन सम्पन्न पश्चात संघीयतामा प्रवेश गरेसंगै आफ्नो संठनलाई पनि संघीय संरचनाको अभ्यासको शुरुवात गरेको हो ।

