धरान÷चेली समूह नेपाल धरान १८ को आयोजनामा धरान उपमहानगरपालिकाको आर्थिक सहयोग र वड नं. १८ को हयोगमा तीनदिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
चली समूह नेपालमा आवद्ध ४८जना महिलाहरु उद्घोषण तालिममा सहभागी भएका थिए । स्थानीय देवीथान सामुदायिक भवनम आयोजित उद्घोषण तालिममा सहभागीहरुलाई शुभचन्द राईले तालिम दिनु भएको थियो ।
पछिल्लो समय धरानका प्राय ः सबै वडाका महिलाहरु महिला सशक्तिकरण अभियानमा लागेका छन् । कही आमा समूह, कही चेली समूह गठन गरेर महिलाहरु उद्घोषण, वतृत्वकला तथा आय आर्जनका विविध सीपमूलक कार्यक्रमहरुमा सहभागी हुन थालेका छन् । यस्ता कार्यक्रमहरुलाई सञ्चालन गन धरान उपमहानगरपालिकाले सीमित स्रोत र साधनका बाबजुद समेत आर्थिक सहयोग उपलब्ध गराउने गरेको छ ।
चेली समूह नोलको तीन दिने उद्घोषण तालिमको अधयक्षता कविता राईले गर्नुभएको थियो भने महिला अभियन्ता पूर्ण माया राई वडाकी महिला बालबालिका सदस्य जमुना मेक्तान, टिका सारु मगरले पनि बोल्नु भएको थियो । कार्यक्रमको उद्घाटन र समापनमा क्रमश ः पिंगला न्यौपाने र कुन्ता शर्मा प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।
