आदिवासीहरुको धर्म संस्कृति संकटमा पदै

धरान÷ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तिल विक्रम नेम्बाङ्ग (बैरागी काइला) ले आदिवासीहरु धर्म संस्कृति संकटमा पर्दै गएको बताउनु भएको छ ।
पूर्व कुलपति वैरागी काइलाल युमा साम्यो महासभा नेपालकोजनामा धरानमा भएको युमा मुन्धुम धर्म र दर्शन विषयक अन्तर्राष्टिूय गोष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।
उहाले पछिल्लो समय
राजनीतिक हस्तक्षेप र आफ्नै कारणले आफूहरुको धर्म, संस्कृति र भाषा अस्तित्व गुम्ने खतरा बढ्दै गएको बताउदै यसतर्फ सबै सचेत हुन आग्रह गर्नुभयो । उहाले आफ्नै समुदायका प्राज्ञिकहरुको गतल व्यख्याका कारण धर्म र संस्कृतिको बारेमा अझ अन्यौलता सिर्जना भएको बताउदै यसले अझ खतरा बढेर जाने संकेत देखा परेको स्पष्ट पार्नुभयो ।
लिम्बुहरुको धर्म र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गठन भएको युमा साम्यो महासभामा बोल्ने अधिकांंशले सदियौदेखि पिल्सिदै आएको लिम्बु जातिहरु अझ पनि धर्मप्रति स्पष्ट हुने नहुने हो भने अझ खतरा बढेर जाने बताएका थिए । कार्यक्रममा बोल्दै सिक्किम युमा महासभा अध्यक्ष एस.आर. खजुमले धर्म र संस्कृतिको विषयमा लिम्बुहरु सचेत हुनु सकारात्मक भएको बताउदै युमाको गठन गरेर आफ्नो धर्म संस्कृतिको जगर्ने गर्न खोज्नु ढिलै भए पनि छोरा जन्मे सरह भएको बताउनुभयो ।
कार्यक्रममा पूर्व मन्त्री रामकुमार सुब्बा, सस्कृतिविद डा. चौतन्य सुब्बा ,मुन्धुमविद अजर्नुबाबु मावुहाङ लगायतले युमा आफूहरुको धर्म र मुन्धुम लिम्बुहरुको दर्शन भएका कारण अब अन्यौलमा नपर्न सचेत गराएका थिए ।
कार्यक्रममा मुन्धुमसम्बन्धी सिक्किम र नेपालका १८ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । भोलिसम्म चल्ने सो गोष्ठीमा कार्यपत्रमाथि छलफल हुने आयोजकले जनाएको छ । १८ गते युमा साम्यो महासभाकै पहलमा लिम्बुका ऐतिहासिक स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ । यसै क्रममा वैरागी काइलासहितको टोलीले लाली गुराँस नगरपालिकामा रहेको चोल्लुङ्ग पार्कको अवलोकन गर्ने कार्यक्रम
रहेको आयोजकले बताएको छ ।

 

तपाईको प्रतिक्रिया