इटहरीमा दुई नेपाली सेना मृत अवस्थामा फेला

इटहरी । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरी अन्तर्गत कार्यरत रहेका दुई नेपाली सेना मृत अवस्थामा भेटिएका छन् ।
स्थानीयवासीले पूर्वी पृतना मुख्यालय भित्र रहेको पोखरीमा डुवेर मृत अवस्थामा देखेर हल्ला गरेपछि पोखरीबाट निकालेर बीपी प्रतिष्ठान पु¥याईएको बताईएको छ । मुत्यु हुनेमा अन्जादी ३० बर्षका दोलखबहादुर चन्द र अर्का सोही उमेर समुहका भरत विक रहेको खुले पनि आधिकारिक रुपमा पृतना मुख्यालयले भने जानकारी दिएको छैन । मृतक दुवैको लाश हिजो राती नै बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याईएको भने प्रतिष्ठानले खुलाशा गरेको छ ।
नेपाली सेनामा कार्यरत ती दुवै ब्यक्तीको के कस्तो कारणले ज्यान गएको हो भन्ने विषयमा आधिकारिक रुपमा जवाफ प्राप्त हुन सकेको छैन । साथै ती दुवै मृतक कहाँका हुन भन्ने कुरा पनि बाहिर आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया