एपेक्स बैंक घोटाला ः इटहरीका भ्यालुएटर पनि अनुसन्धानको घेरामा

इटहरी र नेपालको बैङ्किङ क्षेत्रकै सबैभन्दा ठुलो घोटाला मानिएको एपेक्स बैङ्क घोटालामा सम्पत्ति मुल्याङकन गर्ने ईञ्जिनियर पनि कारबाहीको दायरामा तानिने भएका छन् । करिब डेढ अर्ब रुपैंया घोटाला भएको दाबी गरिएको उक्त प्रकरणमा एपेक्सको इटहरी शाखाबाट नै सबैभन्दा बढी घोटाला भएको सार्वजनिक भएको थियो ।
एनसीसी वैंकसँग मर्जरको प्रक्रिया थाल्नु अघि र मर्जरको प्रक्रिया सुरु भएपछि
इटहरी शाखाबाट प्रवाह भएको लोनमध्ये करिब ७० प्रतिशत लोनमा समस्या देखिएको अनुसन्धानमा संलग्न सिआईवीका अधिकारीले जानकारी गराएका छन् ।
अनुसन्धानको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवीका वित्तीय अपराध हेर्ने शाखाका डिएसपी श्यामवावु ओलीयाले लोन प्रवाह गर्ने कर्मचारी, लोन निकाल्ने व्यक्ति र धितो मुल्याङकन गर्ने ईञ्जिनियर सबै कारबाहीको दायरामा ल्याइने जनाएका छन् ।
उनले ईटहरीको एफई कन्सलटेन्सीका ईञ्जिनियर रविन थापा र विराटनगरका ईञ्जिनियर दिपांगत भगतसहित करिब १२ जना ईञ्जिनियरले धितो मुल्याङकन गरी प्रवाह गरिएको लोनमा समस्या देखिएको जानकारी समेत गराएका छन् ।
सामान्यतया बैङ्कले तथा वित्तीय संस्थाले प्रवाह गर्ने लोन धितो मुल्याङकन गर्ने ईञ्जिनियरले दिने मुल्याङकन प्रतिवेदनमा आधारित भएर दिने प्रचलन छ । डिएसपी ओलीयाले राष्ट्र बैङ्कले सिआईवीलाई दिएको कारबाही सुचीमा इटहरीका मात्रै नभएर एपेक्सका अन्य शाखा र केन्द्रीय कार्यालयबाट प्रवाह भएको लोनको धितो मुल्याङकन गर्ने भ्यालुएटरको नाम समेत समावेश गरेर दिएको बताएका छन् ।
उनले घोटलामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने जनाउँदै ओलीयाले लोन निकाल्नहरुसमेत यो
प्रकरणबाट उम्किन नसक्ने बताए । राष्ट्र बैङ्कले सबै विवरण र कागजात बुझाई नसकेको जानकारी गराउँदै डिएसपी ओलीयाले सबै विवरण आएपछि घोटालाको तल्लो तहमा रहेका माथि पनि कारबाही सुरु हुने जनाए ।
करिब १५० जना माथि
कारबाहीको सम्भावना रहेको जनाउँदै उनले ठुलो विषय भएकाले पहिलो चरणमा ठुला अधिकारी र संचालकवाट पक्राउ गरी कारबाही थालिएको बताएका छन् । तल्लो तहमा रहेर घोटालामा सहभागी र दोषी देखिएकालाई भने क्रमशः कारबाही अघि बढ्ने उनले जानकारी गराएका छन् ।
यता घाटामा मुछिएका इटहरीका भ्यालुएटर रविन थापाले भने आफूले बनाएको रिर्पोटमा कुनै कैफियत
नरहेको जिकिर गरेका छन् । उनले आफूले बनाएको रिर्पोट अनुसार
गरिएको भए इटहरी शाखाबाट प्रवाह भएको लोनमा कुनै समस्या नदेखिने दाबी समेत गरेका छन् । लोन स्वीकृत गर्ने अन्तिम अधिकार बैङ्क र बैङ्क कर्मचारीको भएकाले उनीहरूले वदमासी गरेको हुन सक्ने बताउँदै थापाले आफूले धितो भन्दा बढी लोन प्रवाह हुने किसिमले रिर्पोट समेत नदिएको जिकिर गरेका
छन् ।
त्यसै गरी इटहरी शाखाकै लोनमा भ्यालुएटरको काम गर्ने विराटनगरका दिपांगत भगतले भने आफूले दुई – चार जनाको मात्रै भ्यालुएसन गरेको तर उनीहरूको लोन कतिको चुक्ता भएको र कतिपय चुक्ताको चरणमा रहेकाले आफ्नो घोटाला प्रकरणमा कुनै संलग्नता नदेखिने जनाएका छन् ।
एपेक्स वैक घोटालाको विषयलाई लिएर सिआईवीले काँग्रेसका युवा नेता एवं एपेक्सका अध्यक्ष विष्णु धिताल, सिनर्जी फाईनान्सका सिईओ विनितमणि उपाध्याय, जनता बैङ्कका विकेन्द्र श्रेष्ठ , सांग्रीला बैङ्कका सज्जल वज्राचार्य , एनसीसी बैङ्कका प्रमोद भट्टराई र नागरिक लगानी कोषका सहायक प्रबन्धक
छविरमण अधिकारीसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया