धरान÷बंगलादेशको ४७ औं स्वाधिनता दिवसको उपलक्ष्यमा यही चैत्र १० गते शनिवारका दिन भोक्राहा नर्सिङ्ग गाविस वडा नं. २ स्थित जामिया बिलाल मदरासामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
बंगलादेश फ्रेन्डसिप सोसाइटी इन इष्टर्न नेपाल
धरानको अयोजना भएको सो स्वास्थ्य शिवरमा उच्च
रक्तचापका विरामीहरुको निःशुल्क स्वास्थ्य शिविर राखिएको डा. खालिद हसैन हकले जानकारी दिनुभयो । स्वास्थ्य
परीक्षणमा आएका सर्वसाधारणलाई स्वास्थ्य परीक्षण संस्थाका अध्यक्ष डा. खालिद हुसैन हक एवम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. आशिष साह, डा. अमृत देवकोटा र डा. भीमबहादुरले गरेका थिए । विरामीहरुको निःशुल्क रक्तजाँच एवम औषधि वितरणमा नेपाल फर्मास्यिुकलका प्रतिनिधि पंकज भट्टराई, रिपन यादव र न्यू जनु फार्मेसीमा कार्यरत राजेन्द्र साह, पूजा लिम्बु, रीना मण्डल, झरना राई लगायत स्थानीय मदरसाका शिक्षकहरुले सहयोग गरेका थिए । शिविरबाट लगभग ११० जना विरामी लाभन्वित भएका थिए भने सोही अवरमा हालै बंगलादेशको विमान दुर्घटनामा दिवगत भएकाहरुको आत्मा शान्ति एवम् घाइतेहरुको मानसिक एवम् शारीरिक स्वास्थ्य लाभको कामनासहित सामुहिक प्रार्थना समेत गरिएको थियो ।

