धरानमा कुकुर कविहरुको चेतावनी

धरान÷विजयपुरको अस्तित्व समाप्त हुन लागेको भन्दै अहिले साहित्यकार समेत आफ्नो साहित्यमार्फत आन्दोेलित बनेका छन् । साहित्यकारहरुले विजयपुरमा निर्माण हुन लागेको ट्यांकी परिषरमा गएर ‘कुकुर साहित्यिक आन्दोलन’ समेत गरे ।
विजयपुर ऐतिहासिक
पुरातात्विक क्षेत्र भएको भन्दै ट्यांकी निर्माण गर्न नदिन आदिवासी जनजातिहरुले संघर्षसमिति गठन
गरेर चरणवद्ध आन्दोलनमा उत्रिएका बेला कुकुर कविता अभियानका कविहरुको ट्यांकी निर्माण स्थलमै कुकुर कविता बाचन गरेका हुन् ।
व्यांत्मकमक शैलीमा बाचन गरिएका अधिकांश कविताहरुको मुख्य आशय विजयपुरगढीको संरक्षण संम्वद्र्धन गर्न सबै जुट्ुनुपर्ने नै रहेको थियो ।
कुकुर कविता वाचन गर्दै आख्यानकार राजन मुकारमले विकासको नाममा ऐतिहासिक
पुरातात्विक क्षेत्र विनास गर्न नहुने बताउनुभयो । उहाँले कवितामार्फत ‘आगो तातो हुन्छ भन्ने तिमीलाई थाहा छ, आगोले पोल्छ भन्ने तिमीलाई थाहा छ, अझ थाहा छ तिमीलाई आगोले डढेलो लगाउछ, आगोले खराबी बनाउँछ खाग बनाउछ तव तिमी किन मसग जिस्किन्छौ’ भन्ने कवितामार्फत धरान उपमहानगरपालिकालाई व्यंग्य
गर्नुभयो ।
विजयपुर नेपालकै संरक्षित क्षेत्र भएको भन्दै सबै नेपाली एक भएर लाग्नुपर्ने भावको कवितामा अर्का कवि रिजम दोर्जे तामाङ्गले अर्को कविता प्रस्तुत गरेका थिए ।
यस्तै कविहरुले ‘बाठो’ कविताको शीर्षकमामार्फत अहिले नेपालको अवस्था र वास्तविकताका बारेमा व्यांगत्मक शैलीमा कविता समेत प्रस्तुत गरे ।
एकीकृत सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बंैकको ऋण सहयोगमा धरानमा शुरु भएको खानेपानी परियोजना अन्तर्गत धरान १४ विजयपुरमा बन्न लागेका ट्यांकीको विवाद चुलिदै गएपछि आदिवासी र प्रहरीबीच दुई दिन अगाडि झडप नै भएको बेला साहित्यकारहरु समेत एकै ठाउ उभिएर ऐतिहासिक पुरातात्विक क्षेत्रको संरक्षणमा जुटेका हुन् । उनीहरुले यस्ता आन्दोलनहरुलाई
राजनीतिक रंग दिन नहुने तर्क समेत गरे ।
आन्दोलनकै कारण अहिले निर्माण कार्य रोकिएको छ ।े यस क्षेत्रको
संरक्षण र सम्बद्र्धनमा अहिले सबै पक्ष आन्दोलित भएका बेला ट्यांकी निर्र्माण स्थल पञ्चकन्यामै पुगेर कुकुर साहित्यिक आन्दोलनको शुरुवात
गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया