घण्टाघरबाट हेर्दा

आफ्नै बैरी
दाउरा काट्न हिड्या बञ्चरेलाई देखेर जंगलका अरु रुखले भनेछन् रे के गर्नु आफन्तै वैरी भएसी † माने बञ्चाराको बीँड त काठकै हुन्छ त्यही बीँडको सहारामा बञ्चरोले रुख सखापै पार्छ । यतिबेला प्रदेश नं. १ का
किरातहरुका लागि धरानका मेयर तारा सुब्बा पनि बञ्चराको बीँड नै भा’छन् रे । आफनै पिता पुर्खाको ऐतिहासिक धरोहर विजयपुर दरबारक्षेत्रको समुल नास गर्ने भा’छन् रे । विचरा सुब्बाको यसमा के दोष ? उनका लागि मेयर पद बञ्चराको बीड भा’छ । अब बीड भिराइदिएसी’ फोड्नै प¥यो । त्यसैले दरबार क्षेत्र फाड्दै गर्दा अरु आफन्तले मेन्छ्याम डाँडामा धान नाचे झै छमछम्ती नाँच्दै स्काभेटरको पाँग्रा साँग्रा खुस्काई दिएछन् । विचरा सुब्बालाई कम्ता आपत्ति छ ? टाठाबाठाले एडिवीको गलपसो भिडाइ दिएका छन् अनि उनेरले जहाँ जहाँ नचायो त्यही त्यही नाच्दै हिड्नु प¥या छ । यति सम्म त चलेकै थियो अब त हुँदा हुँदा विदेशतिर बस्ने किराँतीहरुले उन्को दिउँदो जाग्दो तस्विरमा रिप लेख्ने, टाउकाको मूल्य तोक्ने सम्मका काम समेत गर्न थालेछन् । यसो निरोगी, हट्टाकट्टा भएपनि त्यस्ता पाजीहरुसँग पौठे जोरी खेल्नु ? हुन त अर्थ न वर्थ गोविन्द गाइ टाउको दुख्या औषधि नाइटमा लाइ भनेझै जसले जे जान्या छ त्यसलाई त्यही काम गर्न दिनु नि † खानेपानी संस्थानले गर्ने काम नपाले गर्न अघि सरेपछि गलपासो आइलाग्दैन त ? दुःख पाइस मंगले आफ्नै ढंगले भनेझैँ भा’हो अहिले ।
कुदाएर देखाइदिन्छु
हाम्रा पर्धानमन्तरी खप्रओले अब देखाइदिने रे । अस्तिका दिन उन्ले भाषण ठोक्दा देखाएरै छाड्ने प्रतिबद्धता जनाए । माने रेल कुदाएर र पानी जहाज दौडाएरै छाड्ने रे त्यो नि दुई बर्षभित्रमा । पहिला पहिला खप्रओबाले आÏनै पानी जहाज दौडाउने र पूर्व पश्चिम मात्र होइन ठूला ठूला शहराँ मनोरेल दौडाउने भन्दा विपक्ष्ोहरुले कम्ता खिल्ली उडा थेनन् । अब खिल्ली उठाउन त हेरम ? खमप्रअ‍ोवाले भनेसी भने भने । अब पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जन्ताले ट्रेन चढ्न खुट्टामात्र उचाले हुने भा’छ । खिसीटेउरी गर्नेहरुको हिजो आज बोल्ती बन्द भाको हो कि क्या हो । पहिला जस्तो नाक मुख्च्याएर थुतुनो बिगारेर भन्न छाड्या छन् । रात रहे अग्राठ पलाए भन्छन् । बरु लौन खप्रओ बा त्यो कुदाउने कामचाहिँ झट्ट सिध्याइ हाल्नुप¥यो, माने यहाँका विपक्षेहरुको थुतुनोको टुंगै छैन ।
पार्टी कब्जा
हिजो आज जोकोही पनि नेप्लिज काँग्रेसका सभापति बूढानिलकण्ठे काजीलाई स्यालबहादर भनेर किन भन्या होलान् भनेर घण्टाघरलाई पहिला पहिला खुबै खुल्दुली हुन्थ्यो । तर आव विस्तारै त्यो खुल्दुी तुरिया छ । हिजोका दिनाँ बूढानिलकण्ठे काजीले छेपाराका जमात माने झापाली कुमाई कान्छो सिटौला कृष्न र उन्का जमात, काठमाण्डौ क्षेत्रपार्टीतिरका आइकाजी माने सिंहमान पकाशहरुलार्य सँगै लेर हिड्दा शेरबहादुर भा’रैछन् । अब सबैले छोड्देसी उनी घटुवा भएर स्यालबहादुर भा’रैछन् । अस्तिका दिन सिटौला कृष्नेले स्यालबहादुरलाई राम्रैसँग हप्काइ दे’छन् । बिना वित्थाका नन्दीभृंगी बटुलेर पार्टी कब्जा गरेर हुँदैन । मुलुक कम्युनिष्टहरुले कब्जा गरिसकेक भन्देछन् । स्यालबहादुर चाहिँ माने अबलाई र भनेर थुतुनो नचाउँदै ठिक्क ।
थोप्रामा कालो पोतियो
यो मुलुकमा नेता र सत्ताम बस्ने पदाकिारीहरुको बखान गरेर साध्यै नहुने भयो । अब हेरौ न त्यो प्रदेश नं. ३ की उपसभामुख राकिा तामाङ्गले गाई काटेर खान पाउने विधि सम्मत नियम बनाउनुपर्छ भनेर चर्चामा आउने गज्जबकै काम गरिछन् । घण्टाघरलाई त लाग्छ ती तामाङ्गनीले ठिकै भन्या हुन् । विचरीको बुद्धि त्यति नै थियो । अब बगरेको
बिगरेको बुद्धि भएकीलाई उपसभामुख बनाइद्या छ पद अनुसारकोक ाम गर्न जान्या छैन । गुमजनाम हुनुभन्दा बदनाम भएर चर्चामा आउनु पर्छ भन्नेचाहिँ तामाङ्गनी कान्छीले जान्या रै’छिन् । नामचाहिँ राधिका व्यहोराचाहिँ बगरेको । राधिका तामाङ्ग जस्ता उपपसभामुख भएसी देश समृद्ध हुन अब केही टाइम नलाग्ने भयो गाँठे । एकथजर तामाङ्गहरु राधिकाले तामाङ्ग समुदायमै कालो पोत्ने काम गरी भन्छन् । कालो पोतिए घुँडा पखाल्दा भै हाल्छ नि के को ट्याँस ट्याँस ?
वीरवलको खिचडी
कर्मचारी संगठनका आधिकारिक ट्रेड युनियनहर्ले लालबाबु पण्डितलाई आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै माफी माग्न चेताउनी देछन् । खटाएको कार्जे क्षेत्र नजाने कर्मचारीलाई कारबाही गर्ने भनेर ध्वाँस मन्त्रीले प्वाक्क के बोल्या थे कामै नगरी कर्मचारीको नेता भै टोपलेकाहरुले उल्टै धम्की देछन् । यो कुराले एकसिटे साँसद वाउराकोमको कन्सिरी
रनक्क भएर आएछ । उन्ले ध्वाँसे पण्डित लाइ सुझाउ देछन सरकारले सुशासन र समृद्धिको बाचा पूरा गर्ने हो भने कडा ऐन बनाएर कर्मचारीतन्त्रमा निर्मम शल्यक्रिया गर्ने । दलीय ट्रेड युनियन खारेज गरेर एकल युनियन राख्ने † स्वेच्छिक अवकाश होइन बर्खास्त गर्ने । प्राविधिक बढाउने † सुविधा थप्ने † संख्या घटाउने । नत्र समृद्धि विरवलको खिचडी हुन्छ रे । बाउरामले सुझावमा भनेछन् । अब पण्डितजीको खोपडीमा कति कुरा घुस्छ त्यो हेर्न बाँकी छ । कि कसो हौ ?
घु“डा टेकाएरै छाड्ने रे
हैन यो देशमा के उत्पादन हुन लाग्या हँ ? युरोपियन युनियनले देशको सरकारलाई धम्की दिन्छ, कोही तराई टुक्र्याउने भन्छन्, कर्मचारीले मन्त्रीलाई माफ माग भग्छन् । अब त हुँदा हुँदै यातायात व्यवसायीहरुले खप्रओ माने पर्धानमन्रीलाई घुँटा टेकाएरै छाड्ने भन्न थाल्या छ । सिण्डिकेट लादेर दादागिरी देखाएर आÏना थोत्रा गाडीमात्र सडकाँ दौडाउने तर नयाँ गाडी ल्याउनै नदिने व्यवसायीलाई खप्रओले भनेछन् अरु बस कम्पनी आउन नदिने, आÏना थोत्रा बसमा कुइना ठोकाएर मान्छे राख्ने, अरुले चलाए हड्ताल गर्ने । हड्ताल गरेसी सरकार कक्¥याकुक्रुक घुँडा टेक्छ भन्या होलान् । तर यो सरकार घुँडा टेक्ने खालको होइन । खप्रओले ख्याल गजबको गफ गरेनन् । आखिरी खपओ पो हुन त गाठे ? लत्तरा हुन र । बस व्यवसायीहरुले हड्ताल गरुन न ।
पानी जहाज र ट्रेन दौडाई दिन्छन् । अनि त यातायात व्यवसायी ट्वा । कि कसो हौ ?
अनिवार्य ड्रेस
अब सवारी चालक र सह चालकले अनिवार्य ड्रेस लगाउनु पर्ने रे । हैन हौ त्यो ड्रेसको पैसोको व्यवस्थाचाहिँ कस्ले गर्दिन्छ हँ ? कुन चालकले कस्तो ड्राइभिङ्ग गर्छ भनेर चेक जाँच गर्ने हो कि ड्रेस हेर्ने हँ ? सरकारको कामै छैन कि क्या हो ? ड्रेसले ड्राइभर खलासीको योग्यता जाँचिन्छ र ? कहिले कर्मचारीको ड्रेस तोकेको छ कहिले चालक सहचालकको तोक्या छ । सरकारमा बस्ने मन्त्रीहरुको ड्रेसचाहिँ कस्ले तोक्ने ? उनेरको चाहिँ ड्रेस हुनुपर्दैन । कसैले धोती लगाएका छन्, कसैले कछाड लगाएका छन्, कसैेले भाँग्रो भिरेका छन्, कसैले बख्खु भिरेका छन्, कसैले दौरा सुरुवाल भिरेका छन् । सरकारमा बस्नेले चाहिँ बहुरुपी ड्रेस लगाउने अनि अरुकोचाहिँ ड्रेस तोक्ने ? अलिकति संकोच पनि लाग्नु पर्ने हो । हुन त वडाले जो ग¥यो हुन्छ, सर्वसम्मान भन्थे हो रै’छ ।
अन्तेमा
एकताका प्रहरीले मुस्ेकानसहितको सेवा सुरक्षा दिने भनेर सानो नाटक ग¥या थेनन् । कोठादेखि सडकसम्म व्यापारी र दता खोजेर स्टिकर छपाएर ठाम–ठाममा टास्न भ्याएका थे । तर त्यसबेला नि प्रहरीहरु कहिल्यै मुस्कुराएको देखिया थेनन् । होटलमा गयो फ्रि माल खाइदिने, बसमा यात्रा ग¥यो फ्रि गर्दिने, माल नदिई उजुरी दर्ता नगर्ने, घट्ना घट्यो न्याय पाउन प्रहरीका गाडीलाई टायर किनिदिनुपर्ने, फूल ट्यांकी पेट्रोलको पैसो दिनुपर्र्ने । अहिले त झन प्रहरी, ट्राफिकहरु सान्डा नै भएका छन् । तिनका अनुहारमा जहिल्यै बाह्र बजेको मात्र देखिन्छ । मुस्कान हराएका प्रहरीले कहाँबाट मुस्कानसहितको सेवा दिनु ?

तपाईको प्रतिक्रिया