सन् १९७८ यताको चिनियाँ स्वेच्छादारी राजनीतिक व्यवस्था अन्य अधिनायकवादी प्रणाली फरक देखिन्छ । तर अब एउटा क्रुर तानाशाहको मोह देखिएका चिनियाँ राष्ट्रपति सिजिङ्गपिङ्गले आÏनो आगामी कार्यकाल स्वेच्छादारी ढंगले बढाउने जुन कार्य गरेका छन् त्यसले उत्तरबाट क्रुर तानाशाहको उदयको सम्भावना बढाएको छ ।
चिनियाँ शासन व्यवस्थामा उच्च नेतृत्वको जुन समय सीमा निर्धारण गरिएको थियो त्यसलाई आजका नेतृत्वकर्ता तथा राष्ट्रपतिले खारेज गर्दै आजीवन सत्तामा बस्ने जुन मार्ग प्रसस्त गरेका छन् त्यसले आगामी दिनमा एउटा क्रुर तानाशाहको उदयको सम्भावनालाई बढाएको हो ।
समय सीमाका कारण इजिप्ट, जिम्बाबे, लिविया, अंगोला जस्तो एउटै शासकले लामो समयसम्म शासन गर्ने बाटो खुलेको छ । यस भन्द अगाडि यस्तो प्रावधान चीनमा थिएन । ६४ बर्षीय आजका चिनियाँ शासकले हालैमात्र चिनियाँ जन काँग्रेसको बैठकमा राष्ट्रपति कार्यकालको समय सीमा हँटाउने गरी संसोधन गरेका छन् । यसले अब जीवनभरि चीनको शासक बन्न सक्ने छन् । यस्तो पद्धतिले चीमा विगतमा सात दशकदेखि संस्थागत भएको एक तन्त्रीय शासन व्यवस्थालाई एकल शासनमा परिणत गर्नेछ । पछिल्लो समय सिजिङ्गपिङ्ग यति शक्तिशाली भएका छन् कि उनले माओत्सेतुङकै हाराहारीमा वा समान रुपमा आÏना विचारलाई स्थापित गरेका छन् । चीनको संविधानमा उल्लेखित निर्देशक सिद्धान्तहरु माक्र्सबाद, लेनिनवाद र माओत्सेतुङ हुन् ।
संसारका कुनैपनि देश चाहे त्यो प्रजातान्त्रिक हुन वा अन्य कुनै व्यवस्था भएका हुन व्यक्तिको शक्ति कोसिमा घटाउनै पर्छ । अन्यथा त्यसबाट एउटा क्रुर शासनकको जन्म हुन्छ । शासक जतिसुकै विद्वान र दयालु किन नहोस् तर उसले असीमित समयसम्म शासन ग¥यो भने ऊ स्वत तानाशाह हुन्छ । सिजिङ्गपिङ्गका सम्न्धमा पनि अहिले विश् जगतले यही दृष्टिबाट
हेरिरहेको छ । उसले अन्तमा आÏनो उत्तराधिकारी पनि त्यसै प्रकारले स्थापित होस् भन्ने चाहना राख्छ जसका कारण सर्वोच्च नेतृत्वको निधन हुनासाथ हिंस्रक शक्ति संघर्ष हुने गर्दछ । समय सीमाका कारण चीन कम्युनिष्ट, एक दलीय शासन व्यवस्थामा सञ्चालन भएपनि अधिनायकवादको खतरा भने देखिएको थिएन । समय सीमाको अभावमा अभिनायकवादको खतरा सदैव रहन्छ । समय सीमाका कारण लामो समय सत्तामा स्दा कथंकदाचित सी को मृत्यु भयो भने चीनलाई शक्तिशाली एलिटहरुले भयंकर द्वन्द्वमा धकेल्न सक्छन् ।
मुलुकको स्थायित्व र स्थिरताका लागि शासकको समय सीमा आवश्यक रहन्छ । शासन आउन चाहने पुस्ता ग्याप हुनुहुँदैन । नयाँ विचार र पुस्ताले पूर्वजप्रति जवाफदेही हुँदै नीतिहरुको पुुरनरावलोकन गर्छन । अहिलेकाशासकहरुले चीनमा विगतका धेरै कुराहरुलाई सन्दर्भविहीन बनाएका छन् । माओसेतुङ्गका समयमा साँस्कृतिक क्रान्तिमा चिनियाँ जनताले भोगेका सास्ती, दुःखको अनुभव अहिलेको पुस्तालाई जानकारी सम्म दिइँदैन । वास्तवमा भन्ने हो भने माओसेतुङ्ग चीनका खराब शासक थिए । कसैलाई यो वास्तविकता तीतो लाग्न सक्छ तर वास्तविकता र यथार्थताले अन्तमा सबैका आँखा खोल्छ । माओसेतुङ्गले चीनलाई विदेशको प्रभुत्वबाट मुक्त गरे । उनको प्रशंसा गर्न लायकको काम यहीमात्र थियो तर उनले आÏना नागरिकलाई दुई कुरामा भयानक विपत्तिमा धकेलेका थिए । सन. १९५० मा शुरु भएको आमुल छलाङ्ग र सन १९६०मा शुरु भएको कथित साँस्कृतिक क्रान्ति । साँस्कृतिक क्रान्तिले लाखौ निर्दोष चिनियाहरुलाई मृत्युको घाटमा मात्र पु¥याएन चीनमा एउटा पुस्ता नै गायव भयो । यही पीडादायी अनुभवकै कारणले चीनमा सामुहिक नेतृत्वको विकास भएको थियो । त्यसबेला देङ्ग स्याओपिङ्ग र चिनियाँ कम्युनिस्ट पार्टीका सम्पूर्ण बरिष्ठ नेताहरुले माओसेतुङ्गको जस्तो गरेर कुनै पनि व्यक्तिलाई एकल शक्ति सञ्चय गर्न नदिने नेतृत्वको समय सीमा निर्धारण गरेका थिए ।
तर अहिले आएर लामो समय नेतृत्वमा बस्ने मनसाय लिएर सिजिङ्गपिङ्गले समय सीमामात्र हँटाएनन् शक्ति र सञ्जय समेत गरेका छन् । उनले यसो गर्नुको मुख्य कारण क्षेत्रीय र मन्त्री तहका शासकहरुमा शक्ति विभाजन हुँदा आÏनो शक्तिमा केही ह्रास भएको हुनुपर्छ भन्ने नै होला । चीनमा यस अघि पनि समय सीमा बढाउन शासकहरुले धेरै पटक प्रयास गरे पनि चिनियाँ काँग्रेसीले त्यसो हुन दिएको थिएन । सिको बढ्दा महात्वाकांक्षमा भोलिका दिनमा चीनका लागि मात्र नभएर अन्य राष्ट्रका लागि समेत घातक हुनसक्छ ।
