गोरखाको पाचौ शाखा धरानमा शुभारम्भको दिन १ करोड २५ लाखको कारोबार

धरान÷पूर्वेली आम उपभोक्ता र ग्राहक बीचमा पृथक पहिचान बनाएको गोरखा डिपार्टमेन्ट स्टोरले फागुन २५ देखि धरानमा समेत आÏनो दब्रिलो उपस्थिति जनाएको छ ।
आजभन्दा १९ बर्ष अगाडि अर्थात वि.सं. २०५६ असार २ गते पूर्वाञ्चलको व्यवसायिक केन्द्र इटहरीबाट १४ जना कर्मचारी र २५ हजार आइटम लिएर शुरु भएको स्टोरले पाँचौ शाखा विस्तार गरिसकेको छ । विगतलाई सम्झदै स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ शुरुवात सहज थिएन । डिपार्टमेन्ट स्टोरप्रति उपभोक्तामा अनविज्ञता एकातिर थियो भने अर्कातर्फ मुलुकको शन्ति
सुरक्षाको अवस्था समेत दयनीय थियो । २०५६ सालमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो । टाढा–टाढाबाट आउने उपभोक्ताहरुलाई डिपार्टमेन्ट स्टोरसम्म आउन आजको जस्तो सहज थिएन । यद्यपि ग्राहक, उपभोक्ताहरुले गोरखा डिपार्टमेन्ट स्टोरलाई अत्याधिक माया
गरेकै कारण स्टोरले आज आफनो पाँचौ शाखा ऐतिहासिक नगर धरानमा सञ्चालन गर्न सफल भएको हो ।
धरानको पाँचौ शाखा अन्य शाखा भन्दा आकारमा आलिशान र भव्य रहेको छ भने सामानका परिणाममा समेत अगाडि रहेको छ । उद्घाटनका अवसरमा प्रवन्ध निर्दैशक आचार्यले दिनुभएको जानकारी अनुसार धरानको पाँचौ शाखमा उपभोक्ताका लागि ६ लाख भन्दा बढी प्रकारका आइटमहरु रहेका छन् । कोल्डड्रिङ्सदेखि लिएर आर्गनिक सागसब्जी, आफ्नै उत्पादनका दर्जनौ प्रकारका स्वादिष्ट बेकरी आइटम, ग्रोसरी, पेय पदार्थ, कस्मेटिक्स, स्वदेश तथा विदेशका ब्राण्डेड इलेक्ट्रोनिक्स आइटम, किचन वायर, सो पिसेस गिÏट, भर्खर जन्मिएका देखि १५ बर्ष मुखिका बालबालिकाका लागि स्वदेशी तथा विदेशी आकर्षक हल्का कपडाहरु, सुटकेश, ब्लांककेट, कुर्ता सुरुवाल, सटिङ सुटिङ, १२ सय मानिस अट्न सक्ने विवाह तथा अन्य ठूला कार्यक्रम आयोजना गर्न बैंकटेश हल, धरान तथा पहाड मधेशको रमणीय दृश्य अवलोकन गर्दै आÏनो माग अनुसारको जस्तोसुकै स्वादका परिकारहरुका लागि सफा र आकर्षक किचन, १२ सय मोटर साइकल र एक सय निजी सवारी साधन पार्किङ्ग गर्न मिल्ने दुई तलाको अण्डर ग्राउण्ड पार्किङ्ग, दुईवटा डिजिटल सिनेमा हल, दुई हजार स्वायर फुटमा पैmलिएको घरायसी सामान देखि सम्पूर्ण जापानिज प्रोडक्ट र अग्र भागमा स–साना स्टल रहेका छन् ।

शुरुवातसँगै ग्राहकको अत्याधिक भीड

धरानको पाचौ शाखा उद्घाटनसँगै ग्राहकको अत्याधिक भीड बढेको छ । उद्घाटनका दिन एक करोड २५लाख रुपैया बराबरको कारोबार भएको स्टोरका सञ्चालक एवम् प्रबन्ध निर्देशक बलराम आचार्यले बताउनुभयो ।
अत्यन्तै सुविधा सम्पन्न डिपार्टमेन्ट स्टोरको कुन तलामा के पाइन्छ भनेर ग्राहकलाई अग्रिम जानकारी गराइन्छ भने हरेक स्टेरमा कुन समान कस्तो, कहाँ उत्पादन भएको भनेर लेखिएका कारण ग्राहक झुक्किदैनन् । धरान १९ चौकीबारीकी विनिता राई भन्छिन् अन्यत्र यस्तो व्यवस्थित डिपार्टमेन्ट स्टोर नै देखेकी थिइन । उनले भनिन म सुगरको पेसेन्ट हुँ । सुगर फ्रि विस्कुट किन्नुपर्दा सोधिरहनु पर्दैन । यी हेर्नुन यहाँ लेखिदिएको छ । विस्कुटहरु पनि स्वदेशीदेखि लिएर विदेशसम्मका रहेका छन् । विनितामात्र हैन धरान १३ कि निर्मला विष्टको समेत त्यही कथन थियो ।
एकातिर निर्माण कार्य समेत चल्दै गरेको अवस्थामा ग्राहकहरुको अत्याधिक भीड थामिनसक्नुको रहेको छ । यतिबेला गोरखा डिपर्टमेन्ट स्टोरमा गर्मीको समय अत्याधिक भीड तर एसी जडान भइनसक्दा ग्राहकरुले केही असजिलो महसुस गरेका थिए । धरान ४ का अमन श्रेष्ठ भन्छन् एसीचाहिँ चाँडै राख्नुपर्ने हो । डिपार्टमेन्ट स्टोर शानदार छ, सबै वस्तुको रेड फिक्स छ तर एसी नहुँदा अप्ठेरो भयो । यसै सम्बन्धमा प्रबन्ध निर्देशक आचार्य भन्नुहुन्छ १५ दिनभित्रमा सबै स्थानमा एसी जडान भइसक्छन् । समय अभावका कारण उद्घाटनसँगै एसी जडान गर्न सकेनौं ।

किचनमा समेत ग्राहकहरु उस्तै

गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा धरानको किचन यतिबेला धरानेहरुका लागि अत्यन्तै आकर्षकको थलो भएको छ । चौथो तलामा रहेको किचन अत्यन्तै सफा, आरामदायी कुर्सी टेबल, स्वदेशी तथा विदेशी जुनसुकै खानाका परिकार अर्डर अनुसार पाइने हुँदा किचेन प्रतिको अकर्षण बढेको डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ । यसका अलावा चौथो तलाको किचनबाट धरानको मात्र नभएर पूर्व पश्चिम उत्तर दक्षिण टाढा टाढा सम्मका मनोरम दृश्यहरु नियाल्न सकिने भएकोले पनि किचनमा ग्राहकहरुको भीड बढेको हुनुपर्छ ।
धरानमा रहेको गोरखा किचनमा अन्य शाखामा झै रु ५० मा भरपेट सादा खाना र रु ९० मा चिकेन सहितको खाना पाइन्छ । यसका अलावा थकाली स्वादिष्ट खाना, ढिकीमा कुटेको चामलको भात, मुस्ताङ्गबाट मगाइएको गेडागुडीको दाल तरकारी, मुस्ताङ्गकै टिम्बुरको सिलौटामा पिसेको अचारले ग्राकहरुलाई थप लोभ्याएको देखिन्छ । धरान ९ का निर्मल आचार्य भन्नुहुन्छ धरानका अन्य होटलमा गएर कुखुराको मासु र भात खाँदा रु २५० लिन्छन् तर गोरखा किचनमा मात्र रु ९० रहेछ । अब समय समयमा परिवारै लिएर आएर खाना खान्छु उनले सुनाए ।

आफ्नै गोठको दूध घ्यूको मिठाई

गोरखा डिपार्टमेन्ट स्टोरले उपभोक्ता तथा आफ्ना ग्राहकहरुको सन्तुष्टि र स्वादलाई ध्यानमा राखेर २०६८ माघ १५ देखि गोरखा गौशाला तथा कृषि उपज प्रा.लि. सञ्चालनमा ल्याएको थियो । गोठमा आज ३० थान मर्र्रा जातका भैसी, ७० वटा होलस्टन गाई, ३० वटा जर्सी रहेका छन् ।
यी गाई भैसीबाट उत्पादन भएका दूध,घ्यू, र दही डिपार्टमेन्ट स्टोरले आफै खपत गर्ने गरेको छ । प्रतिदिन झण्डै सात सय लिटर उत्पादन भएको दूध र त्यसबाट तयार भएको घ्यू गोरखा बेकरीमा प्रयोग हुने गरेको छ । त्यसो त स्थानीयको माग अनुसार डिपार्टमेन्ट स्टोरको पहिलो शाखा इटहरीबाट झण्डै ३ सय लिटर भन्दा बढी दूध विक्री वितरण समेत हुँदै आएको स्टोरका म्यानेजर श्रीसाद गौतमले बताउनुभयो । गोरखाबाट उत्पादित बेकरी आइटममात्र होइन दर्जनौ प्रकारका स्वादिष्ट मिठाईहरुमा आÏनै उत्पादनको घ्यू प्रयोग हुने गरेको छ । प्रारम्भमा आफ्ना उत्पादन डिपार्टमेन्ट स्टोरको अग्र भागमा रहेका बेकरी स्टोरबाट मात्र विक्री वितरण गर्ने गरिए तापनि अन्यत्र समेत ग्राहकले गोरखा
बेकरीका आइटमको माग गरेपछि यतिबेला बेकरीका उत्पादन पूर्वका अन्य सहरमा समेत पुगेका छन् ।

धरानको पाचौ शाखाको कुन तलामा के छ ?
अण्डरग्राउन्ड २ तला– मोटरसाइकल, कार पार्किङ्ग
ग्राउन्ड फ्लोर अग्रभाग –कोल्ड ड्रिङ्स, सागसब्जी, गोरखा बेकरीका आइटम
ग्राउन्ड फ्लोर भित्र –ग्रोसरी, पेय पदार्थ, कस्मेटिक
पहिलो तला – इलेक्ट्रोनिक्स, किचन वायर, सो–पिसेस गिफ्ट आइटम
दोस्रो तला – ० देखि १५ बर्ष मुनिका बच्चाका कपडा, सुटकेश, ब्लांङ्गकेट, कुर्ता सुरुवाल, सर्टिङ्ग सुटिङ्ग
तेस्रो तला – १२ सय भन्दा बढी अट्न सक्ने विवाह, पार्टीका लागि आकर्षक वैकटेस हल
चौथो तला – आकर्षक, सफा, प्राकृतिक दृश्य नियाल्दै खानाका भेराइटीको स्वाद लिन सकिने किचेन
पाचौ तला –दुई वटा सुविधा सम्पन्न डिजिटल सिनेमा हल ।

तपाईको प्रतिक्रिया