धरान÷समाजका लागि केही न केही योगदान दिनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै जागरुक मारवाडी युवा सम्मिलित राउण्ड टेबल नेपाल धरानको आयोजनामा सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
धरानमा मात्र नभएर सोमबार नेपालका प्रमुख आठ सहरमा एक साथ
रक्तदान कार्यक्रम सम्पन्न भएको राउण्ड टेवल नेपाल धरान शाखाका अध्यक्ष चन्द्रकुमार अग्रवालले जानकारी दिनुभयो । एक साथ रक्तदान भएका नेपालका प्रमुख शहरहरुमा विराटनगर, वीरगञ्ज, नारायणघाट, भैरहवा, विर्तामोड, बुटबल, काठमाण्डौ
रहेका छन् ।
झण्डै एक बर्ष अगाडि अर्थात सन् २०१६ मा गठन भएको राउण्ड टेबल
धरानले शिक्षा क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ । खास गरेर सामुदायिक विद्यालयको भौतिक संरचना निर्माण, शैक्षिक सामाग्री वितरण, विद्यार्थीहरुका लागि स्कुल पोसाक, जुत्ता, व्याग वितरण गर्दै आएको अध्यक्ष अग्रवालले बताउनुभयो । कुनै न कुनै पेशा तथा व्यवसायमा आवद्ध मारवाडी युवाहरुले एक आपसमै आर्थिक संकलन गरेर धरानको शैक्षिक क्षेत्र सुधारका कार्यक्रमलाई अगाडि बढाउदै आएका छन । राउण्ड टेबल धरानले धरान १२ मा रहेको सम्यक शिक्षा आधारभूत स्कुलमा गल्स ट्वाइलेट, दुई कोठाको पक्की भवन निर्माण गरिसकेको छ भने प्लेग्राउन्ड समेत निर्माण गरिदिएको छ । प्ले ग्राउण्डको औपचारिक
सुभारम्भ चैत्र १ गते हुने भएको
छ । यसैगरी धरान ११ स्थित रहेको अनन्त शिक्षा विद्यालयका विद्यार्थीहरुलाई १ सय ३० जोर जुत्ता समेत वितरण गरेको छ । एक बर्षको अवधिमा राउण्ड टेबल धरानले ४ लाख भन्दा बढी रकम आर्थिक अवस्था कमजोर भएका विद्यालयहरुको भौतिक संरचना लगायतमा खर्च गरिसकेको छ ।
राउण्ड टेबल नेपाल धरानका अध्यक्ष चन्द्रकुमार अग्रवालको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति रहेको छ । जसको उपाध्यक्षमा विवेक अटल, सचिवमा एल के विहानी, कोषाध्यक्षमा आसिश अग्रवाल रहनु भएको छ भने सदस्यहरुमा सुमित अग्रवाल, दिनेश पटवारी, गौरव अग्रवाल, कृष्ण अटल, निमेश अग्रवाल, प्रसान्त अग्रवाल,
रौनक अगवाल, स्याङकी अग्रवाल,
सौरव अग्रवाल र अजित खेतान रहनु भएको छ । सोमबार भएको रक्तदान कार्यक्रमको संयोजक अमित खेतान
रहनु भएको थियो । गत बर्ष राउण्ड टेबलले १ सय १ पिण्ट
रगत संकलन गरेको थियो भने यसपटक १ सय ३ पिन्ट रगत संकलन भएको टेबलकी सहयोगी एवम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी सिओ रुपा अग्रवालले जानकारी दिनुभयो ।
