धरान÷विगतमा आफ्नो पहिचानका लागि छुट्टाछुट्टै आन्दोलनमा उत्रदै आएका किरात राई यायोख्खा र किरात याक्थुङ चुम्लुङ आफ्नो पहिचान बचाउन एक ठाउमा उभिएका छन् ।
उनीहरुले प्रदेश ंं १ को नामकरणमा पहिचानविरुद्ध षड्यन्त्र हुन नदिन साझा अवधारणा सार्वजनिक गर्न ८ सदस्यीय कार्यदल गठन गरेका छन् ।
तीन दिन अगाडि गठन गरिएको कार्यदलमा किरात राई यायोख्खा र
किरात याक्थुङबाट ४÷४ जना सदस्य गठन गरी प्रदेश नं. १ को नामाकरणका लागि भविष्यमा साझा अवधारणा सार्वजनिक गर्ने जनाइएको छ ।
यी दुई संस्थाका केन्द्रीय समितिले धरानमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै राज्यले प्रदेशको नामाकरणमा षड्यन्त्र गर्न लागेको आरोप लगाउदै आफूहरु जुट्नुबाहेक अर्को विकल्प नरहेको बताएका छन् ।
प्रदेश नंं. ७ को नामाकरणलाई इंगित गर्दै किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेनले पहिचानवादीहरुलाई नामेट गर्ने षड्यत्र भइरहेको आरोप लगाउनुभयो । उहाले कार्यदल गठन गरेर चाडै नै यस प्रदेशको नामाकरणका विषयमा साझा अवधारणा प्रस्तुत गर्ने समेत जानकारी दिनुभयो । पहिचानका आधारमा प्रदेश नं. १ को नामाकरण नगरिए कडा आन्दोलन गर्नै चेतावनी समेत उहाले दिनुभयो ।
यी दुवै संस्थाहरुले छैठौ महाधिवेशनका समयमा उठाएका मागलाई सम्बोधन गर्नुपर्ने बताउदै पहिचानका मुद्दा लिएर निरन्तर आन्दोलन गर्दै आएका दुई संस्थालाई फुटाउन अहिले अनेकन शक्ति लागि परेको आरोप लगाउदै एक जुटको सन्देश दिन पनि कार्यदल बनाएरै अगाडि बढेको उहाको भनाई छ ।
कार्यदल गठनसंगै यी दुई संस्था प्रदेश नामाकरणका विषयमा साझा अवधारणा सार्वजनिक गर्न निरन्तर छलफलमा जुट्नेमात्र हैन पहिचान विरोधी नामाकरण भएमा आन्दोलनसम्म गर्ने निष्कर्षमा पुगेका छन् । किरात याक्थुङ चुम्लुङले विगतमा अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान घोषणा गर्नुपर्ने माग गर्दै आएको थियोे भने किरात राई यायोख्खाले किरात प्रदेश हुनुपर्ने माग गर्दै आएका थिए । यद्यपि यी दुई संस्थाले प्रदेश नं. १ को नाम यही नै हुनुपर्छ भनेर आधिकारिक नाम भने घोषणा गर्न सकेका छैन । प्रदेशसभाको दुई तिहाइ वहुमतले प्रदेशको नामाकरण गर्ने संवैधानिक व्यवस्था छ ।

