धरान÷विगत १९ बर्ष देखि स्थानीय मात्र नभएर देशका दुर
दराजदेखि विदेशका ग्राहकहरुमा छुट्टै पहिचान बनाउन सफल पूर्वाञ्चलकै पहिलो गोरखा डिपार्टमेन्ट स्टोरले आफ्नो पाँचौ शाखा यही फागुन २५ गतेदेखि धरानबाट समेत सञ्चालनमा ल्याउने भएको छ ।
पूर्वाञ्चलकै ऐतिहासिक नगर धरानसँगै पूर्वी पहाडी जिल्लाहरु धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुंगा, उदयपुर, सोलुखुम्बु, खोटाङ्ग, पाँचथर सम्मका ग्राहकरुलाई धरानबाटै सर्वसुलभ मूल्यमा स्वदेश तथा विदेशमा उत्पादन भएका सामानहरु एउटै छानामुनीबाट उपलब्ध गराउने उद्देश्यले पाँचौ शाखा धरानबाट सञ्चालनमा आउन लागेको स्टोरका प्रवन्ध निर्देशक बलराम आचार्य बताउनहुन्छ ।
उपभोग्य सामानहरुदेखि लिएर लक्जरियस सामानहरु गरी झण्डै ६ लाख आइटम भएका सामानहरु स्टोरमा रहने बताइएको छ । यस अघि नै गोरखा डिपार्टमेन्ट स्टोरले पूर्वका विराटचौक, पथरी, दमकमा शाखा विस्तार गरेर आÏना उपभोक्ताहरुको मन जितिसकेको छ । हरेक शाखामा किचन, सेमिनार हल सहित उपभोक्ताको चाहना अनुरुप सामानहरु एउटै छानामुनीबाट पाउँदै आएका छन् । २०५६ साल असार २ गते १४ जना कर्मचारीहरुबाट केही हजार आइटमबाट दुई वटा भाडाका साना कोठाबाट शुरु भएको डिपार्टमेन्ट स्टोरमा आज झण्डै १३ सय कर्मचारी र ६ लाख भन्दा बढी आइटमहरु रहेका छन् ।
धरानमा सञ्चालनमा आउने गोरखा डिपार्टमेन्ट स्टोर अन्य शाखाहरुको भन्दा केही थप र भिन्न ढंगले सञ्चालन हुने भएको छ । आकर्षक किचन, १२ सय जना अट्न सक्ने वैठक हल, दुईवटा सेमनार हल दुईवटा सिनेमा हल, विदेशी ब्राण्डका कपडा, इलेक्ट्रोनिक्स आइटमहरुको छुट्टै भवन, १ हजार मोटर साइकल र १ सय वटा साना सवारी साधन अट्ने अन्डरग्राउण्ड पार्किङ्ग यसका थप विशेषता हुन् । झण्डै १ अर्ब २५ करोड रुपैयाँको लगनीमा सञ्चालनमा आउन लागेको डिपार्टमेन्ट स्टोरका सम्बन्धमा धरानका सामाजिक अभियन्ता, उद्योगी व्यवसायी, चिकित्सक, राजनैतिककर्मीहरु के भन्नुहुन्छ त ?
तारा सुब्बा (मेयर धरान उपमहानगरपालिका)–पहिलो कुरा त धरानमा गोरखा डिपार्टमेन्ट स्टोर आउनु सम्पूर्ण धराने उपभोक्ताहरुका लागि खुशीको कुरा हो । यसले धरानको व्यवसायिक क्षेत्रलाई थप चलायमान बनाउने मैले विश्वास लिएको छु । धरानको आर्थिक विकासमा यसले ठूलो टेवा पु¥याउँछ । दोस्रो कुरा रोजगारीको अवसर समेत यसले सिर्जना गर्ने भएकोले यहाँका सैयौ युवायुवतीहरुले प्रत्यक्ष रोजगारी पाउने छन् । विकास, रोजगारी, आर्थिक दृष्टिले धरानलाई ठूलो फाइदा हुने भएकोले हामी सम्पूर्ण धरानेहरुले यसको स्वागत गर्नुपर्छ । गोरखा जस्ता डिपार्टमेन्ट स्टोर मात्र नभएर आगामी दिनमा धरानको समृद्धिका लागि यहाँ ठूला ठूला होटलहरु पनि सञ्चालनमा आउनुपर्छ ।
तिलक राई (सभापति नेपाली काँग्रेस धरान उपमहानगर समिति)– गोरखा डिपार्टमेन्ट स्टोर आज एउटा ब्राण्ड नाम बनिसकेको छ । यसको सञ्चालनसँगै धरान बजार थप प्रतिष्पर्धी बन्ने छ । बजार जति प्रतिष्पर्धी हुन्छ उपभोक्ताले त्यति नै सर्वसुलभ मूल्यमा उपभोग्य सामानहरु प्राप्त गर्न सक्ने हुन्छन् । अर्को कुरा धरानको अर्थतन्त्रमा समेत यसले सकारात्मक प्रभाव पार्ने छ । रोजगारीको अवसर सिर्जना गर्नुका साथै यसले धरानको हरेक क्षेत्रमा आफ्नो प्रभाव राख्छ । त्यहाँबाट आर्जन भएको मुनाफाको एउटा निश्चित अंश धरानको विकासमा लगाउनुपर्नेमा राईको जोड छ ।
गजेन्द्र इस्वो (सामाजिक अभियन्ता तथा पूर्व केन्द्रीय सदस्य गोरखा भूतपूर्व सैनिक संघ)– धरानको व्यापार व्यवसाय प्रवद्र्धनका लागि गोरखा डिपार्टमेन्ट स्टोर कोशे ढुंगा बन्न सक्छ । गोरखा डिपार्टमेन्को पाँचौ शाखा धरानमा सञ्चालन हुन थालेकोमा मैले मात्र नभएर समग्र धराने जनताले सकारात्मक रुपमा लिनुपर्छ । गुणस्तरीय सामानको लागि धरानका सचेत उपभोक्ताहरु यस भन्दा अगाडि अन्यत्र जान बाध्य थिए । अब आÏनै घर आँगन सहरमा गोरखाले सेवा उपलब्ध गराउनु खुशीको कुरा हो । यो डिपार्टमेन्ट स्टोर पहिल्यै धरानमा खुल्नुपर्ने थियो । एउटा ठूलो सपिङ्ग, सेन्टर खुल्दा त्यसले धरानको चैतर्फी विकासमा कुनै न कुनै रुपमा टेवा पु¥याउँछ ।
कृष्णकुमार अग्रवाल (उद्योगी एवम् समाजसेवी)–धरानमा गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखा सञ्चालनमा आउन लागेकोमा सबैभन्दा पहिला त म स्वागत गर्दछु । यस भन्दा अगाडि बराह डिपाटमेन्ट, भाटभटेनी, सेल्सबेरीले धरानका उपभोक्तालाई सेवा उपलब्ध गराउदै आएका छन् । अब गोरखा जस्तो डिपार्टमेन्ट स्टोर धरानमा खुल्दा धरानमा थप लगानी मात्र भित्रिएन यसले धरानको विकासमा चौतर्फी प्रभाव निश्चित छ । धरान र पेरिफेरिका मानिसहरु स्तरीय र गुणस्तरीय सामान खरिद गर्न भारतको जोगबनीसम्म पुग्ने गर्दथे तर अब धरानमै सुपथ मूल्यमा सामान पाइने भएपछि उनीहरु अन्यत्र जाँदैनन् । बरु अन्यत्रका मानिस धरानमा आउँछन् । अको कुरा यहाँको सेल्स प्याटर्न जुन छ ट्रेडिसनल व्यापारीहरुलाई पनि यसले आफ्नो व्यापारमा परिवर्तन ल्याउन सहयोग पु¥याउँछ । फिक्स रेट राखेर स्तरीय एवम् गुणस्तरीय सामान बेच्दा उपभोक्ताहरु अन्यत्र जाँदैनन । गोरखा डिपार्टमेन्ट स्टोर जस्ता डिपार्टमेन्ट स्टोर धरानमा अरु पनि आउनुपर्छ ।
डा. खालिद हुसैन हक (अध्यक्ष जियाउल हक मेमोरियल च्यारिटी ट्रष्ट)–धरानलाई महत्व दिएर नै यसका सञ्चालकले यति ठूलो लगानीको डिपार्टमेन्ट स्टोर धरानमा सञ्चालनमा ल्याउन लाग्नु भएको देखियो । यो सम्पर्ण धरानेहरुका लागि स्वागत योग्य कुरा हो । गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले धरानमा धेरै अगाडि यस प्रकारको डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याउनुपर्ने थियो । डिपार्टमेन्ट स्टोरको कन्सेप्ट पूर्वाञ्चलमै पहिलो पटक ल्याउनु भएका सञ्चालक आचार्यलाई ढिलै भए पनि धरानमा सञ्चालन गर्नु लाग्नु भएकोमा स्वागत र धन्यवाद दिनुपर्छ । आज इटहरीको डिपार्टमेन्ट स्टोर हेर्न र सामान खरिद गर्न
धेरै टाढा टाढाबाट मानिसहरु आएको देखिन्छ । धरानमा पनि त्यस्ता गतिविधि बढ्ने हुनाले धरानमा चहलपहल बढ्छ जसले हरेक क्षेत्रलाई फाइदा पु¥याउँछ । धरान आफैमा सचेत उपभोक्ता भएको ठाउँ हो ।
गोरखाले हरेक तह र तप्काका उपभोक्तालाई लक्षित गरेर डिपार्टमेन्ट स्टोर जुन सञ्चालनमा ल्याउन लागेको छ यो पायनियर हो ।
नरेश अग्रवाल (समाजसेवी एवम् रियल स्टेट व्यवसायी) ः पूर्वाञ्चलमा गोरखा डिपार्टमेन्ट स्टोरको आफ्नै एक प्रकारको इमेज छ । निजी क्षेत्रबाट एउटा व्यक्तिको कन्सेप्टले पूर्वाञ्चलमै पहिलो पटक इटहरीबाट यसको शुभारम्भ भएको हो । धरानमा गोरखा डिपार्टमेन्ट सञ्चालनमा आएपछि
धरानको बजार प्रतिष्पर्धी हुन्छ । बजार जति प्रतिष्पर्धी हुन्छ उपभोक्तालाई यति नै फाइदा हुन्छ । गोरखा डिपार्टमेन्ट स्टोर जस्तो ब्राण्डेड स्टोर धरानमा खुल्नु धरानेहरुको लागि खुशीको कुरा हो ।
सरोज श्रेष्ठ (निवर्तमान अध्यक्ष सुनसरी उद्योग वाणिज्य संघ एवम् यातायात व्यवसायी)– वास्तवमा भन्ने हो भने धरान पूर्वाञ्चलकै पुरानो व्यवसायिक केन्द्र हो । तर पछिल्ला दिनमा यहाँको व्यापार व्यवसाय खस्कदै गयो । व्यवसायीहरु अन्यत्र पलायन हुँदै गए । धरानमा व्यापार व्यवसायमा हिजोको जुन शाख थियो त्यो रहेन । अब विस्तारै धरानको पुरानो साख फर्कने विश्वासमा धरानेहरु
रहेका छन् । गोरखा डिपार्टमेन्ट स्टोरले धरानमै आफ्नो पाँचौ शाखा विस्तार जुन गर्दैछ र यही फागुन २५ गतेदेखि विधिवत रुपमा सञ्चालन गर्दैछ त्यो धरानको व्यापार व्यवसायमा कोशेढुंगा सावित हुनेछ । धरानका उपभोक्ताहरुमा अन्यत्र गएर सामान खरिद गर्ने जुन प्रवृत्ति थियो त्यसलाई गोरखा सञ्चालनमा आएपछि निरुत्साहित गर्छ भन्ने विश्वास मैले लिएको छु । धरानमा गोरखा डिपार्टमेन्ट स्टोरको सफलताको शुभकामना दिँदै स्वागत गर्दछु ।
राजेन्द्र साह (अध्यक्ष–सुनसरी उद्योग वाणिज्य संघ)–अहिलेको बजार प्रतिष्पर्धात्मक छ र हुनुपर्छ । बजार कसैको नियन्त्रण र एकाधिकारमा चल्दैन । गोरखा डिपार्टमेन्ट स्टोरले विगत १९ बर्षदेखि आÏना ग्राकहरुलाई लाखौ प्रकारका सामान फिक्स प्राइसमा एउटै छानामुनीबाट उपलब्ध गराउँदै आएकैले पूर्वाञ्चलका आम उपभोक्ताबीचमा यो लोकप्रिय भएको छ । आगामी दिनमा यसले आÏना उपभोक्ताहरुको थप मन जित्न सफल होस् भन्ने अग्रिम शुभकामना दिन चाहन्छु । सुनसरी उद्योग वाणिज्य संघका तर्फबाट जे जस्तो सहयोग उपलब्ध गराउनुपर्छ त्यसका लागि म तयार छु ।
मनोजकुमार मेन्याङ्गबो (पूर्व प्रमुख धरान उपमहानगरपालिका एवम् होटल व्यवसायी)– ठूला ठूला प्रोजेक्ट आउनु, ठूला ठूला व्यापारिक मल बन्नु सहरको लागि गर्वको कुरा हो । व्यापारिक क्षेत्रमा गोरखा डिपार्टमेन्ट स्टोरले ठूलो महत्व राख्दछ । गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखा
धरानबाट सञ्चालानमा आउनु
धरानको अर्थतन्त्रमा एउटा उपलब्धी हो । यसलाई धरान उपमहानगरपालिका, आम सर्वसाधारण सबैले साझा सम्पत्तिको रुपमा संरक्षण गर्नुपर्छ । आजका उपभोक्ताहरु सुविधाजनक सपिङ्ग मलसँगै स्तरीय एवम् गुणस्तरीय सामानको चाहना राख्छन् । गोरखाले उपभोक्ताको यही आवश्यकता अन्य शाखाबाट परिपूर्ति गर्दै आएकोले धरानमा समेत गोरखा पूर्ण रुपले सफल हुनेछ ।
