प्रदेश नं. १ लाई किरात प्रदेश बनाउनुपर्ने माग

धरान÷ मुलुकमा संघीयता कार्यान्वयनसंगै किरात राईहरुको संस्था किरात राई यायोख्खाले प्रदेश सरकारले आफ्नो थातथलो, धर्म, संस्कृति र पहिचानमा जोड दिने विश्वास व्यक्त गरेका छन् ।
किरात राई यायोख्खा सुनसरीको १४ औ साधारणसभाका अवसरमा मुख्यमन्त्री शेरधन राईलाई सम्मान गर्ने क्रममा उनीहरुले यस्तो विश्वास व्यक्त गरेका हु्न् ।
विगतदेखि आफ्नो भाषा, संस्कृति र पूर्वका १६ जिल्ला किरात राज्य हुनुपर्ने माग राख्दै आन्दोलित हुदै आएका उनीहरुले प्रदेश न ं. १ मा मुख्यमन्त्रीका रुपमा आफ्नै समुदायका शेरधन राई निर्वाचित भएपछि अब आफूहरुको माग पुरा हुनेमा विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै विशेष अतिथिका रुपमा पाल्नु भएका किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले प्रदेश प्रमुखका रुपमा आफ्नै समुदायबाट प्रदेश नं. १ को मुख्यमन्त्री निर्वाचित भएका कारण अब किरातहरुको मागप्रति उहा गम्भीर हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाले पञ्चायतकालीन अवस्थादेखि नै आफ्नो अस्तित्वका लागि किरात राईहरुले ठूलो संघर्ष गरेको बताउदै प्रदेश नंं १ को नामाकरणका क्रममा किरात राज्य हुनेमा विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन
राईले आफू भोजपुरको गरिब किसान परिवारमा जन्मेको साधारण व्यक्ति भए पनि प्रदेश नं. १ को मुख्य मन्त्री भएको छु । नेपालमा संघीयता कार्यान्वयनसंगै मुलुक अब समृद्धतर्फ उन्मुख भएको र सर्वसाधारणको जनताको छोरा पनि नीति निर्माणमा संविधानमा उल्लेख भएका कारण अब सबै मिलेर यहाका सबै जातजाति, वर्ग, समुदायको पहिचान र अस्तित्व बचाउनका लागि लाग्नुपर्नेमा जोड दिनुभयो । पूर्व सञ्चारमन्त्री समेत रहनु भएका मुख्यमन्त्री राईले आफ्नो कार्यकाल प्रदेश नं. १ को सम्बृद्धिका लागि खर्चिने बताउनुभयो ।
किरात राई यायोख्खा सुनसरीको भवनमा भएको १४ औं साधारणसभामा बोल्ने अधिकांश वक्ताहरुले भोजपुरमा जन्मेका किसानका छोरा त्यसमाथि पनि
राई समुदायबाट मुख्यमन्त्री भएकोप्रति खुशी व्यक्त गरेका थिए ।
किरात राई यायोख्खा सुनसरीकी अध्यक्ष कमला राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री राईलाई प्रशंसापत्रसहित राई संस्कृति अनुरुप टाउकोमा पगरी लगाइ दिएर सम्मान
गरिएको थियो । यायोख्खा सुनसरीका सचिव हिन्दुहाङ्ग राईले सञ्चालन गर्नुभएको सो कार्यक्रममा यायोख्खा सुनसरीका पूर्व अध्यक्ष एवम् केन्द्रीय सदस्य शुभचन्द राईले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया