खानेपानी ट्यांकी निर्माण रोक्न मञ्चको चेतावनी

धरान÷ विजयपुर ऐतिहासिक
पुरातात्विक क्षेत्र भनेर सरकारले राष्ट्रिय सूचिमा सुचिकृत गरिएको भन्दै पुरातात्विक विभागले इन्ट्रल टूेन्च परीक्षणबाट दिएको रिपोर्टप्रति आदिवासी जनजाति तथा लिम्बुवान पार्टीले गम्भीर आपत्ति जनाएको छन् ।
परीक्षणका लागि उत्खनन् पश्चात विभागका उपसचिव सन्दिप खनालको टोलीले फागुन ४ गतेदेखि ७ गतेसम्म पञ्चकन्या मन्दिरको माथिल्लो भागमा ट्यांकी बनाउन सकिने आशयको रिपोर्ट धरान उपमहानगरपालिकालाई दिएपछि उनीहरुले आपत्ति जनाएका हुन् ।
एकीकृत सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण तथा सहयोगमा धरानमा शुरु भएको खानेपानी परियोजना अन्तर्गत विजयपुमा खानेपानी ट्यांकी निर्माण गर्ने विषयमा धरान उपमहानगरपालिका र आदिवासी जनजाति महासंघबीच विवाद चुलिए पछि इन्ट्रल ट्रेन्च परीक्षणका लागि पुरातात्विक विभागले तीन दिन लगाएर गरेको उत्खनन्मा केही नपाइएको धरान उपमहानगरपालिकालाई दिएको रिपोर्ट हचुवाको भरमा दिएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।
आदिवासी जनजाति महासंघ
धरानका अध्यक्ष सुवास हुक्पा चोङवाङले आदिवासी जनजातिहरुहरुलाई समावेश नगरी नगरपालिकाले पुरातात्विक विभागका कर्मचारी बाोलाई उत्खनन् गर्ने काम गरेको भन्दै त्यो आफूहरुलाई मान्य नहुने बताउनुभयो । विजयपुर दरबार
परिषर संघर्ष समितिका संयोजक समेत
रहनु भएका उहाले विजयपुर ऐतिहासिक
र पुरातात्विक क्षेत्रभित्र नेपालको राष्ट्रिय सूचिभित्रै राखेका कारण ट्यांकी निर्माणको विकल्प खोजिनुपर्ने बताउनुभयो ।
यता संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समेत विकासको नाममा धरान उपमहानगरपालिकाले इतिहास नै नामेट गर्न लागेको आरोप लगाउदै ट्यांकी निर्माण गर्नका लागि विकल्प रोज्नुपर्ने माग गरेको छ । मञ्चले पत्रकार सम्मेलनको आयोजना गरेरै विजयपुरमा ऐतिहासिक
दरबार ट्यांकी निर्माणपश्चात नामेट हुने अवस्थामा पुगेकोले विजयपुरको ऐतिहासिक पुरातात्विक महत्वको संरक्षण गर्न आफूहरु जस्तोसुकै हालतमा पनि तयार हुने मञ्चका केन्द्रीय महासचिव अशोक चेम्जोङले बताउनुभयो ।
उहाले ऐतिहासिक पुरातात्विक क्षेत्रलाई असर पर्ने गरी कुनैपनि निर्माण कार्य गर्न नपाइने आदेश जारी गरिसकेको बताउनुभयो । मञ्चले फागुनको अन्तिममा विजयपुर बचाउ अभियान भन्ने नाराका साथ शान्तिपूण वृहत मार्च पास गर्ने समेत जनाएको छ ।
उनीहरुले मञ्चका महासचिव तथा एलभी कमाण्डर थाङसाङको संयाजकत्वमा १५ सदस्यीय विजयपुर बचाउ समिति समेत गठन गरेको जानकारी दिएको जानकारी दिएको छ ।
यता स्थानीय सरकार मानिएको धरान उपमहानगरपालिकाले भने विकासका काममा विरोध उपयुक्त नहुने बताउदै आएको छ् । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले चार किरातसंग १८ बुदे सहमति भई
परीक्षणका लागि उत्खनन् गरिएको बताउदै ट्यांकी निर्माणमा विरोध जनाउनु कुनै तुक नरहेको बताउनुभयो ।
हाङ बुद्धिकर्णको दरबार क्षेत्र मानिएको सो स्थानमा एक बर्ष अगाडिदेखि नै धरान १३ र १४ का बासिन्दालाई लक्षित गरी ६ लाख लिटर क्षमता भएको ट्यांकी निर्माण गर्न पञ्चकन्यामा रहेको १ सय भन्दा बढी रुख काटेको थियो । ऐतिहासिक र
पुरातात्विक क्षेत्र मासेर बनाउन ट्यांकी बनाउन लागेको भन्दै धरानका आदिवासी जनजातिहरुले विरोध जनाएपछि ट्यांकी निर्माणको काम थाँती रहेको थियो । धरान उपमहानगरपालिका र धरानका आदिवासी जनजातिबीचको विवाद अझै टुंगो नागेका कारण ट्यांकी निर्माण गर्ने कार्य अन्यौतातर्फ धकलिएको छ ।

तपाईको प्रतिक्रिया