धरान÷ ६७ औं प्रजातन्त्र दिवसको अवसर पारेर धरान उपमहानगरपालिका वडा नंं १४ विजयपुरले ज्यष्ेठ नागरिक, समाजमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्व तथा पत्रकारिताको माध्यमबाट विजययपुरको पर्यटन प्रवद्र्धन गर्ने पत्रकारलाई सम्मान गरेको छ ।
धरान १४ विजयपुर चौकमा आयोजना भएको जेष्ठ नागरिक सम्मान तथा सहारा कार्यक्रममा विजयपुर निवासी १०२ बर्षीया चन्द्रकुमारी श्रेष्ठ लगायत ७५ बर्ष माथिका बृद्धा बृद्धाहरुलाई सम्मान गरेको थियो भने सार्वजनिक सौचालय निर्माणका लागि जग्गा सहयोग गर्नुहुने झलक श्रेष्ठ र राजकुमार डंगोललाई सम्मानित गरेको छ । यसैगरी पत्रकारिताको क्षेत्रबाट विजयपुरको पर्यटन प्रवद्र्धनमा कलम चलाउने धरान साप्ताहिकका कार्यकारी सम्पादक गोविन्द बस्नेत र मर्निङ्ग टाइम्स दैनिकलाई पनि सम्मान गरेको छ ।
कार्यक्रममा महिलाहरु क्रियाशील हुन सहयोग पुगोस् भन्ने उद्देश्यले लाली गुरास महिला वहुउद्देश्य समूह धरान १४ लाई तीन वटा सिलाई मेसिन समेत प्रदान गरिएको थियो । सोही अवसरमा सम्मानित वृद्ध बृद्धाहरुलाई हिडडुल गर्न सहज होस् भन्ने उदेश्यले प्रत्येकलाई १÷१ वटा लठ्ठी समेत प्रदान गरिएको थियो । सोही अवसरमा बोल्दै धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले स्थानीय तहका तर्फबाट समाजका गहना मानिएका वृद्धाबृद्धालाई सम्मान गरेको सायद यो नै पहिलो भएको भन्दै यो कार्य प्रशंसनीय भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै १४ नंं वडा समितिका अध्यक्ष कृष्णप्रसाद भट्राईले प्रजातन्त्रमा सहादत प्राप्त ज्ञात अज्ञात सहितप्रति सम्बेदना प्रकट गर्दै समाजका गहना मानिएका बृद्धाबृद्धालाई सम्मान गर्ने परम्पराको आफूले थालनी गरेको बताउनुभयो ।
सम्मानित हुनेहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा, कार्यकारी अधिकृत गणेश तिम्सिना, नेपाली भाषा विद् प्रा.डा टंक न्यौपाने, विजयपुर अ्रध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाल, धरान उपमहानगरपालिकाका कर अधिकृत खगेन्द्र खतिवडा लगायतले सम्मानितहरुलाई दोसल्ला, प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो ।

