इजाजत नलई बैंकिङ्ग कारोबार गरेको आरोपमा हलेसी इन्भेन्समेन्ट प्रा.लि. र हलेसी गहना गृहका सञ्चालकलाई आइतबार प्रहरीले प्रक्राउ गरेको छ ।
बैकिङ्ग कारोबार गर्न वित्तिय संस्थामा इजाजत लिनुपर्ने प्रावधान भए पनि त्यो नगरी विराटनगर, इटहरी र धरानमा रहेका हलेसी इन्भेन्समेन्ट प्रा.लि र हलेसी गहना गृहमा केन्द्रीय अनुसन्धान व्युरो (सिआइवी) र प्रहरीले छापा मारेको हो ।
यता धरान १२ मा रहेको सो गृह र प्रा.लिले इजाजत विना नै ६ करोड ९९ लाख रुपैया बराबरको कारोबार भएको पाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पाडेले बताउनुभयो ।
सोही आरोपमा सञ्चालक चन्द्र विक र हलेसी इन्भेसमेन्ट बैंककी सञ्चालक अनिता विकलाई प्रहरीले प्रक्राउ गरेको छ । चन्द्र विक र अनिता विक श्रीमान् श्रीमति भएको प्रहरीको भनाई छ । काठमाण्डौमा मुख्य कार्यालय रहेको सो बैंकले वित्तिय संस्थाबाट इजाजत नलिई कारोबार गरेको पाइएको उनीहरुबाट
बरामद गरेका कागजपत्रबाट खुलेको डिएसपी पौडेलले बताउनुभयो । उहाले उनीहरुबाट बैंकिङ्ग कारोबारमा प्रयोग गर्नेगरिएको पासबुक, खाली पासबुक र ल्यावटप समेत बरामद गरेको डिएसपी पौडेलले बताउनुभयो । उनीहरुलाई बैंकिङ्ग कसुर ऐन अन्तर्गत कारबाही अगाडि बढाइने डिएसपी पौडेलले बताउनुभयो ।

