छोडेनने् स्यालबहादुरले
गेल भैस पाइनमे परुरु सहति भन्ने हाम्रो देशाँ तराईतिर एउटा उखान छ । नेप्लिज काँग्रेसलाई सिनित्तै डुबाएर अस्तिका दिन वाल्वाटार बाट बूढानिलकण्ठतिर सरेछन् स्याल बहादुर । नाम त शेरबहदाुुर हो क्यारे तर स्याल बहादुरको देखाए । जंगलमा मुख्य स्यालले हुइøयाँ गरेर चिच्याएसी अरु नन्दीभृंगी स्यालहरु पनि हो मा हो मिलाएर एकै पटक हुइøयाँ गर्छन् । काँग्रेस डुबाउन स्यालबहादुरका आसेपासेले तयस्तै गरे । निर्वाचनको मुखैमा प्रधान न्यायाधीशलाई आÏना भृंगीहरु खटाएर महाअभियोग लगाए, बृफकेश पड्किउन्ज्याल माल लिएर पै्रहरी महानीरिक्षक भर्ना गराए, निर्वाचन आयोगका सचिवलाई ठेलेरै भितैमा पु¥याए । यति मात्र कहाँ हो र ? यी त देखिएका र सुनिएका मात्र थे नदखिएका, नसुनिएका अरु के के गरे गरे ? काँग्रेसका एक जना अरिलठ्ठकले ठीकै भन्या थे काँग्रीस कसैले सिध्याउदैन स्यालबहादुर एक्लै काफी छन् हो रै’छ । झण्डै नौ महिना वाल्वाटाराँ लीमली गरेका प्रचण्डाउले हिड्ने बेलाँ मेलम्चीको प्राडो दाइजोमा लगेछन् । मेलाम्तीको प्राडोले काँग्रेसलाई अझ डुबाउने भयो ।
टिकट नपाएर हैरान
पर्धानमन्तरी खप्रओ माने उखाने पैसादले घोषना ग¥या थे म पर्धानमन्तरी भएँ भने कसैले रोजगारीका लागि विदेश जान पर्दैन । लडीबुडी जागिर यही पाइन्छ अब अहिले खउनो वा पर्धानमन्तरी भा’छन् । विदेशमा नोकरी गरेर बसेका ७० लाख युवाहरु घर फर्कने तयारी गर्दैछन् रे । विचराहरु पिलेनको टिकट नपाएर हैरान छन् रे । तिन्ललाई लिन उखाने वाले पिलेन किन नपठाएका होलान् ? पहिला त खुवबै खोक्या थे । यतिमात्र होइन चाइनाका रेलहरु चढ्न खुट्टा उचालेर बस्नुस् भन्या थे । यतिका दिन भयो अहिलेसम्म कुनै चाइनिज
रेलको मुख पिँध देखिएको छैन । फेरि हावाबाट जिुली निकाल्दिन्छम भन्या थे । घर–घरमा ग्याँसको पाइप हुल्दिन्छम भन्या थे । अब प्राधिकरणको विजुलीको लाइन धामधम काट्दै भै’गो वित्थामा ठँसठँस्ती कनेर सिलिण्डर उचालेर भान्सामा पु¥याउने झन्झट नि नहुने भयो खप्रओ ब्रान्डको ग्याँस पाइप घर घरमै आउने भयो । जे होस् नेप्लिजहरुका सु–दिन फर्के जस्तो छ ।
मालदार मन्त्रायलको घुर्की
झालेमालेको बुई चढेर वैतरणी पार गरेको माने गोडा सैतिसेक सिट जित्न सफल भा’को प्रचण्डाउको माउवादीले घुर्की लगाएको देख्दा घण्टाघरलाई आश्चर्जे लाग्या छ । पार्टी एकीकरण नभई ज्यान गएनि सरकराँ जान्नम भनेर किन पूर्ति लगाएको होला ? छोटी मुह बडीबाट भनेझैँ एकीकरन भएसी झालेमालेको जस्तै समान हैसियत चाहियो रे प्रचण्डाउलाई । यतिमात्र होइन खप्रओको मन्ी मण्डलमा मालदार मन्त्रालय चाहियो रे । हाम्रा बाउबाजेले भन्थे घाँटी हेरेर हाँड निल्नु । कुरो त सोह«ै आना ठीक । घाँटी हेरिेर हाड ननिले किलकिलेमा पुगेर जाकिन्छ । प्रचण्डाउले अलि ज्ष्यादै भाग खोजे जस्तो छ । मालदार मन्त्रालय पाउनकै लागि पचण्डाउले घुर्की लगाएको कस्लाई थाहा छैन ? कुन बेला उखान पसादलाई जँग चल्छ अनि देखाइदन्छम । यस्तै भएन उसै भएन दुईवटा मधिशे दललाई काखी च्यापी दिए भने प्रचण्डाउले देख्छन् गुुयलाको फूल ।
चल्नै नदिने रे
वातावरन मन्त्री भै टोपलिया लालबाबु पण्डितले २० बर्षे सवारी साधन अब उप्रान्त चल्नै नदिने रे । उनले भन्या पुराना गाडीले राजधानीबासी मास्क लगाउन बाध्य छन् । गाडीी नै हँटाउनु परेसी मस्क लगाउनै परेन पण्डितले भन्या । २० बर्षे गाडीले त प्रदूषणमात्र ग¥या छन् यहाँ सत्तरी बर्षे एभोवका नेताहरुले कति प्रदूषण ग¥या छन् । यसतर्फ पनि पण्डितको ध्यान गए ख्याल गजबको हुन्थेन । बीस बर्षको गाडी चाहिँ थोत्रा हुनु अनि सत्तरी भन्दा माथिका नेताचाहिँ थोत्रा नहुने ? कहिले राज्येको ढुकुटीबाट विदेशमा गएर अन्डकोष कसेर आउने, कहिले किड्नी बटारेर आउने, कहिले बनद भएको अपानवायु सुचारु गरेर आउने, कहिले कलेजो टालेर आउने, कहिले के टालेर आउने ७० बर्षमाथिका नेताहरुले राज्यको ढुकुटी नै पदुषण मच्चाएका छन् । लौन पपण्डित वा सडकमा पदुषण मच्चाउने बेकामे कि राज्यको ढुकुटीमा प्रदुषण मच्चाउने बेकामे छुट्याई दिउँ ।
प्रचण्डाउको महिमा
प्रचण्डाउ सबैभन्दा चलाख र छलकामे नेता हुन्
टाउकाको रहेक रौँ उनका एन्टेना हुन्
पार्टी एकीकरण अहिले गर्दैनन्
भारत र चीन दुवैलाई एक साथ खेलाउँछन्
र पछि आफै खेलौना बन्छन्
अन्तेमा ओलीका अप्ठेरा दिन शुरु गराउँछन् ।
ख्याल गजबको छैन प्रचण्डाउको महिमा कविता ।, आखिरी प्रचण्डाउ न परे । खेल्न खेलाउने र अप्ठेरो बनाउने कलाचाहिँ प्रचण्डाउसँग कति हो कति ? स्थानीय चुनाउमा काँग्रेसँग लपम्कै प्रदेश र प्रतिनिधिसभाको चुनाउमा झालेमालेसँग चपक्कै । राजनीति पनि खेलै त हो नि । कहिले काँग्रेसको टिममा कहिले झालेमालेको टिममा । कि कसो हौ प्रचण्डाउ ?
दोहोरिने इच्छा
हाम्रा देशकी महामहिम राष्ट्रपति विद्यादेवीलाई दोस्रो पटक फेरि राष्ट्रपति बनुम लाग्या छ रे । दोस्रो पटक राष्ट्रपति हुन उन्ले इच्छा जाहेर गरिने रे । पदका लागि लाप्पै खेल्छन्, एक अर्काको खुट्टामा छिर्क लगाउँछन, एकले अर्कालाई सिध्याउने सम्मका खेल हुन्छन् । तर
राष्ट्रपतिले दोहोरिने इच्छामात्र व्यक्त गरिछन् । उ्न्ले इच्छा व्यक्त गरेसी’ सिधियो । मै हुँ भन्ने तोरी लाउरेहरु झल्लाझलु, नाम मात्रका रामबहादुर बादल, लगायत गोडाचारेक विद्याले इच्छा जानेर
गरेसी उत्तानो पर्ने निश्चित छ । अरुले नाचेको स्याङ्गखुट्टीले कम्मर हल्लाएको एकै हो भनेझै अरु मच्ची मच्ची म राष्ट्रपति हुन्छु भने नि केही जोर चल्ला जस्तो छैन । विद्याका पछिल्तिर खपओ ढालजस्तै भएर उभिएका छन् । अब अरुले रिस गरेर हुन्छ र ?
सांसद नरमाया
राजपाका नेता राजिन्दर महताकोे राजनैतिक उद्योगले यसपटकको निर्वाचनमा राम्रै व्यापार गरेछ । झालेमालेको बुई चढेर सांसद भएका महतोले एकै दिन करोडौ मुनाफा
गरेछन् अब हेरौ न कहिल्यै नाम नसुकेकी नरमाया ढकाल जस्ती मोडललाई राजिन्दरले समानुपातिकबाट सभासद
बनाएछन् । कल्हलाउँदो ढकलसँग
विरक्त लाग्दो, वाक्क दिक्क लाग्ने अनुहार भएको महतोको कनेक्सन कसरी भयो कुन्नि ? नेता भनेसी दुईवटा खुट्टा मात्र टेक्ने भएनि कार्जेकर्तालाई पुगिहाल्दो रै’छ । हुन त महतोले नरमायाँलाई त्यसै र्सासद बनाका हौनन रे । दुई करोड अग्रिम भुक्तानी लिएर बनाएका गाइगुई छ । कुरो के हो नरमाया र राजिन्दर नै जानु न ?
अन्तेमा
प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई यतिबेला ख्याल मस्ती छैन । महँगो होटलम बसेर धोकेर आÏना आउरे भाउरे सहित बसेका छन् । प्रदेश १ का मखय मन्त्री शेरधन राई राष्ट्र बैंकको गेष्ठ हाउसमा पल्टिएका छन् । अरु मन्त्रीहरु महँगा होटलमा बसेर मस्ती गरिरहेका छन् । प्रदेशका मन्त्रीहरुको ख्वाई पियाई देख्दा चाँडै नै प्रदेश समृद्ध बन्ने अनुमान गर्न सकिन्छ । महँगीले जनताको
करङ्ग बाँगिएको छ मन्त्रीहरु भने सरारा तन्काउदै मुख बग्याई रा’छन् । मन्त्री बस्ने कोठोसम्म बनाएर तिन्लाई भुसार्न नसक्ने भए फुइøयाँ खान संघीयता बनाउनु ? मन्त्री र तिन्नका कार्जेकर्ताहरुले विराटनगरका होटलहरु यतिबेला गुजार भएका छन् । अरु बेला माखा धपाएर बसेका होटलवालाहरु यतिबेला मन्त्री र तिन्का कार्जेकर्ताबाहेक अरुसँग बोल्दै चाहँदैनन् । राजासँग बोलेको थुतुनो झरपातसँग के बोल्नुजस्तो गर्न थाल्या छन् । जदौ संघीयता †

