मोरङ ÷ भारतीय नागरिकलाई अपहरण गर्ने ५ जनालाई प्रहरीले सार्वजनीक गरेको छ । मोरङको सून्दरहरैचा नगरपालिका स्थित मोनालिसा होटलमा घरमा पूजा छ भन्दै नेपाल ल्याएर बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले उनिहरुलाई उद्दार गरेको जनाएको छ । प्रहरीले अपहरणमा सहयोग गर्ने ५ जना नेपालीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
गत माघ २४ गते भारतको खगडिया जिल्ला बेन्दोर पञ्चायत बेन्दोर थाना बस्ने राजकिशोर साह, अजयकुमार साह, अखिलेश साह, दिनबन्दु तिवारी, बालेश्वर रजक र रञ्जितकुमार अपहरणमा परेका थिए ।
फारबेञ्जगञ्ज घर बताउने बालेश्वर साह, सुरेश कुमार, पूर्णिया घर बताउने सन्तोष कुमार र सुशन यादवलाई अपहरणमा परेका दिनबन्धुले फारविसगञ्जमा भेटेका थिए । बालेश्वर शाहले नेपालमा रहेको आफ्नो घरमा पूजा पूजा रहेको र नेपाल घुमाउने भन्दै पण्डित दिनबन्धु तिवारीलगायत अन्य ५ जनालाई जोगबनीबाट गाडी रिजर्ब गरी सून्दरहरैचा नगरपालिका–१०, मा रहेको मोनालिसा होटलमा पु¥याएको बताइएको छ ।
प्रहरीका अनुसार २५ गते बिहान बालेश्वर शाहलगायतका ५ जनाले अपहरणकारी भारतीय नागरिकलाई होटलमा बसेका ५ जना नेपालीको जिम्मा लगाएका थिए । होटलमा इनरूवा नगरपालिका–३, का नारायण शाह, मधुकर शाह, मोरङ सून्दरहरैचा नगरपालिका–१, का टिकाराम चौधरी, कान्छा भन्ने ठाकुर गुरूङ, सून्दरहरैचा–१२, बस्ने
नवराज गौतमलाई भारतबाट ल्याइएका पण्डित दिनबन्धु तिवारीलगायत अन्य ५ जना रहेको प्रहरीले जनाएको छ ।

