धरानमा स्कुल ओलिम्पक खेल शुरु

धरान÷ धरानमा सोमबारदेखि मेयरकप स्कुल ओलम्पिक कप शुरु भएको छ ।
धरान रंगशालामा धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले उद्घाटन गर्नु भएको सो प्रतियोगिताको पहिलो दिन धरानमा रहेका नीजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु मार्च पार्स प्रदर्शन गरिएको थियो भने व्याडबाजाको धुनले धरान
रंगशाला खेलमय बनेको थियो ।
माघ २९ देखि फागुन ७ गते सम्म सञ्चालन हुने सो प्रतियागितामा धरानका नीजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले  १० वटा खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् ।
सो अवसरमा बोल्दै उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले विद्यालय स्तरदेखि नै खेलकुदको विकास गर्ने उद्देश्यले धरान उपमहानगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकतामा
राखेर मेयर कप स्कुल ओलम्पिक खेलको आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगितामा फुटबल, व्याडमिन्टन, क्रिकेट,, भलिवल, बास्केटबल, टेबुलनेनिस, बुद्धिचाल,
कराते, ताइक्वान्डो, क्रिकेट, एथ्लेटिक्स खेलमा प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा ५४ विद्यालयका २ हजार ३ सय विद्यार्थीहरुले प्रतियोगितामा प्रतिष्पर्धा गर्र्दैछन् ।
धरान रंगशालामा उद्घाटन गरिएको सो प्रतियोगितको समापन भने धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा हुनेछ । प्रतियोगितामा पहिलो हुने विद्यालयले े नगद १ लाख रुपैयासहित प्रमाण पत्र पाउने छ भने दोस्रो र तेस्रो हुने विद्यालयले ५० र २५ नगद पाउनेछन् । यस प्रतियोगितामा खेलाडीहरुले ५९÷५९ वटा स्वर्ण र रजत पदक प्राप्त गर्ने छन् भने ८२ वटा कास्य पदक प्राप्त गर्ने छन् । विद्यालय स्तरबाट खेलकुदको विकास गर्ने उद्देश्यले धरान उपमहानगरपालिकाले केही समय अगाडि सुवास राईको अध्यक्षतामा खेलकुद विकास समिति गठन गरिएको थियो।  समितिमा नीजि तथा सामुदायिक विद्यालयका शिक्षक, अभिभावक समेत सदस्य रहेका छन् ।  विद्यालय  स्तरका खेलकुद  निरन्तर रुपमा गर्नकै लागि समिति गठन गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया