बढ्दो महिला हिंसा ः रक्षक नै भक्षकको भूमिकामा

विगत केही समय यता महिला हिंसा अर्थात बलातकारजन्य घट्ना एकपछि अर्को सार्वजनिक हुँदै गएको र त्यस्ता घटना ढाकछोपमा नागरिक रक्षाको जिम्मेवारीमा रहेको प्रहरी नै संलग्न रहने, आर्थिक प्रलोभनमा पीडिकलाई उन्मुक्ति दिने, पीडितको जाहेरी नै नलिने लाग्दा श्रृंखलाहरु एकपछि अर्को गर्दै बाहिर आउन थालेका
छन् ।
हाल सतहमा देखिएका बलात्कारजन्य दुईवटा घट्नाले केही भ्रष्ट, घुस्याहा प्रहरी प्रवृत्तिलाई उजागर गरेको छ । उजनागर नभएका दर्जनौ घट्नामा प्रहरीको संलग्नता रहने हाल उजागर भएका दुई घटनाले पुष्टि गरेको छ । केही दिन अगाडि दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घट्नामा बलत्कारीका रुपमा प्रहरी आफै संलग्न हुनु र लेनदेनमा बलात्कार जस्तो जघन्य
अपराधमा पनि प्रहरी नै संलग्न रहनु महिला हिंसा क्षेत्रमा ठूलो दुर्नामी
हो ।
बलात्कारका अघिकांश घट्ना प्रहरीकै सक्रियतामा आर्थिक लेनदेनमा गुपचुप गराइन्छ । पछिल्लो पटक इटहरीमा भएको एक बलात्कारीको घट्ना दरबारमार्गको ल्याण्डमार्कको जस्तै देखिएको छ । कक्षा १० मा अध्ययनरत एक बालिकालाई अग्रेजी नयाँ बर्षको अघिल्लो दिन अर्थात पौष १६ गते राति इटहरी २ हलगढामा रहेको रोयल रिर्सोट होलमा युवतीका ब्वाइफ्रेन्ड र तिनका साथीले वाइन खुवाएर बलात्कार गरे । युवती र युवतीका आफन्तले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिन खोज्दा पनि प्रहरीले उजरी नलिई घट्नालाई मिलापत्र
गरेर सामसुम पा¥यो । प्रहरीले तत्काल उजुरी दर्ता गरी बलात्कारजस्तो सामाजिक जघन्य अपराधमा दोषी देखिएकाहरुको खोजविन र प्रक्राउमा तदारुकता देखाउनुपर्ने थियो । साथै युवतीलाई काउन्सिलिङ्ग गरेर मानसिक विचलन हुन नदिने प्रयास गर्नुपर्ने थियो । तर प्रहरीले घट्नालाई सामसुम बनाउने जुन कार्य ग¥यो पहिलो अपराधिका रुपमा संलग्न प्रहरीहरु पनि हुन् ।
मिलापत्र गरेर सामसुङ्ग पारिएका घट्नाका सम्बन्धमा कोशी अञ्चल प्रहरी प्रमुख तथा एसएसपी हरिबहादुर पालले जानकारी पाएपछि छानविन सँगै दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी कार्यालयको टिम सक्रिय मात्र गराउनु भएन आफनै संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाउनुभयो । एसएसपी पालको यो सक्रियताले सामसुङ्ग पारिएको घट्नालाई उजागरमात्र गरेन महिला हिंसाका क्षेत्रका कार्यरत सामाजिक संघ संस्थाहरुलाई सडकमै ओराल्यो । एसएसपी पालकै सहयताले माघ १२ गते प्रहरीले जिल्ला अदालत सुनसरीमा जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गराएको छ । पीडकहरुले घट्ना सामसुङ्ग गराउन ३० लाख खर्चेको भए पनि पीडकहरुले खर्चेको उक्त रकम पडितहरुले एकै रुपैयाँ सम्म नपाउनुले आर्थिक चलखेलको केन्द्र प्रहरी नै रहेको देखिन्छ । जब पीडकले दिएको उक्त रकम पीडित
परिवारले नपाउनुले रकम कहाँ गयो त ? मिलापत्रमा संलग्न प्रहरीले नै उक्त रकम मिलिभगतमा भागबण्डा गरेको प्रष्ट हुन्छ ।
इटहरीको घट्ना सतहमा आए लगत्तै एसएसपी हरिबहादुर पालको सक्रियतामा प्रहरीले एकजना बलात्कारीलाई प्रक्राउ गरेको छ । बालिकाका प्रेमी भनिने जोकम लिम्बु प्रक्राउ परेका छन् भने उनका अर्का साथी हाल फार रहेका छन् । उता दरबार बलत्कार घट्ना लगत्तै युवतीको बैंक खातामा अस्वभाविक रकम जम्मा भएको छ । उक्त बलात्कार घट्नामा प्रहरीले ७० लाख रुपैया लिएर घट्नालाई सामसुङ्ग पार्ने प्रयास गरेको थियो। दरबार मार्ग वृत्तका प्रहरी इन्स्पेक्टर लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारीको लेनदेनमा प्रत्यक्ष संलग्नता
रहेको थियो । उनीहरुले आफूले लिएको सोही रकम युवतीको खातामा जम्मा गरेको हुनसक्छ । युवतीलाई बयान फेर्ने बलात्कारी समूहले विभिन्न रणनीति अपनाएको छ । हाल युवतीको खातामा ३० लाख रुपैया जम्मा भएको छ ।

तपाईको प्रतिक्रिया