धरान÷ धरानमा शुरु भएको खाद्य प्रविधि मेला जुन उद्देश्यका लागि लगाइएको हो उद्देश्य अनुरुप नभएको पाइएको छ ।
क्षेत्रीय नापतौल तथा गुणस्तर कार्यालय विराटनगरको आयोजनामा शुक्रबारदेखि तीनदिनसम्म लागेको सो मेलामा विसुद्ध अर्गानिक खाद्यान्न, कृषिजन्य सामाग्री र खाद्य पदार्थको स्टल राखी सर्वसधारणलाई आर्गनिक वस्तुको प्रयोग र कृषकलाई आर्गनिक वस्तुको उत्पादन गर्न सहयोग पुगोस भनेर लगाएको सो मेलामा अधिकांश स्थल जङफुडको स्थल पाइएको थियो ।
धरान १२ पब्लिक प्रांगरणमा लागेको सो मेलामा ६० वटा स्टलहरु राखिएका थिए । त्यसमध्ये अधिकांश स्टलहरुमा जङफुडको रुपमा मानिएको चाउचाउ, चाउमिन, विस्कुट का साथै माछा, मासु र पेय पदार्थमा कोकाकोला, प्याप्सी जस्ता वस्तुहरु स्टलमा राखिएका थिए ।
९ लाखको लागतमा लागेको सो मेलामा प्रवेश गर्ने जोकोहीलाई झट्टा हेर्दा सरकारी बजेट सक्नकै लागि मेलो लगाइएको भान हुन्थ्यो । शुद्ध आर्गनिक खाद्यान्न वस्तु राखिने भनिएको सो मेलामा किन यस्तो वस्तु राखियो त भन्ने सवालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका महानिर्देशक सञ्जिव कुमार कर्णले केही स्टल त्यस्तो भएपनि धेरेजस्तो चाहि खाद्यान्नको भएको दाबी गरेपनि स्टलमा भनेजस्तो पाइदैनथियो ।
त्यसो त मेलामा विज्ञान सम्बन्धी जानकारीमुलक स्थल, फुड सम्बन्धी जानकारीमुलक स्टल, उचाई अनुसार तौल (विएमआई) लगातका जानकारीमुलक स्टल केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको स्टल रहेको थियो भने सुनसरीकै प्रख्यात वेसार पाइने स्थान विष्णपादुकाको वेसार, अदुवा लगायतका कृषि जन्य सामाग्री समेत स्टलमा राखिएका थिए तर त्यो नगन्य रुपमा रहेको थियो । स्टलको ७५ प्रतिशत स्टल जङफुडले भरिएको थियो ।
त्यति हुदा हुदै पनि आयोजकले परम्परागत, स्थानीय, अल्प प्रचलनमा रहेका पोषिला खाद्य पदार्थहरुलाई प्रबद्धन गदै खानेबानीमा सुधार गर्ने उद्देश्यले मेलाको आयोजना गरेको भन्न भने छाडेन । क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय विराटनगरका प्रमुख प्रमोद कोइरालाले विसुद्ध आर्गनिक वस्तुहरुको प्रदर्शन भए पनि थोरै स्टलमात्र अन्य स्टल भएको दाबी गर्नुभयो ।
मेला हेर्न आएका सर्वसाधारणहरुले समेत यहा रहेका केही स्थलबाहेक धेरै स्टलमा आर्गनिक वस्तु नभएको बताएका थिए । धरान १५ का गोपाल भण्डारीले अवलोकनमा क्रममा मेलामा प्रचार गरिए जस्तो सामाग्री नभेटिएको बताउनुभयो ।
मेलामा परम्परागत खाद्य पदार्थहरुको पौष्टीक महत्वबारे उपभोक्ताहरुलाई जानकारी गराइने र उत्कृष्ट चार स्थललाई पुरस्कृत गरिने जनाइएको छ । सो मेलामा पहिलो हुने स्टललाई १६ हजार, दोस्रो हुनेलाई १२, तेस्रो हुनेलाई ८ र चौथो हुनेलाई ४ हजार राखिएको छ । तर मुल्यांकनका आधारमा पुरस्कृत हुने खालका स्थलहरु त्यहा विरलै थिए । विगतमा
धरानमा लागेका अन्य मेलाको तुलनामा पब्लिक स्कुलमा लागेको खाद्य मेला स्लोगन अनुसार मेल नखाने सर्वसधारण अवलोकनकर्ताहरुको समेत ठम्याइ रहेको थियो ।

