धरानमा अचम्मको वाछी जन्मियो

धरान÷सामान्यतया गाईले एउटा वाछो त्यासमा पनि एउछा टाउको तथा एउटा मुख अनि आखा भएको बाच्छा बाच्छिको जन्म दिन्छ । तर धरानको विजयपुरमा भने आइतबार गाइले अनौठो वाच्छिको जन्म दिएको छ ।
धरान १४ स्थित इन्द्र कटुवालले पालेको गाइले विज्ञानलाई चुनोैति दिदेै अनौठो खालको वाच्छीको जन्म दिएको हो । शरीर एउटै भएको तर दुइवटा मुख भएको अनि ३ वटा आखा भएको अनौठो प्रकारको वाच्छी जन्मिएको छ । दोस्रो वेतमा आफ्नो घरमा पालेको गाइले यस्तो वाच्छीको जन्मदिए पछि इन्द्र कटुवाल आफै आश्चर्यममा परेका छन् ।
टाउको र शरिर एउटै भए पनि दुइटवा मुख अनि ३ वटा आखा भएको बाच्छी हेर्नका लागी कटुवालको घरमा भिडनै लागेको छ । विजयपुर धार्मिक केन्द्र भएको र धार्मिक आस्थाका कारण पनि भगवान वाच्छीको रुपमा आउनु भएको भन्दै स्थानियहरु दर्शनको लागी आएको स्थानिय प्रेम प्रसाद पराजुली वताउनु हुन्छ ।
शिवजिका त्रिनेत्र भएको र यो वाच्छीको समेत त्रिनेत्र भएकोले यो शिव भगवानको रुपमा भएको भन्दै स्थानियहरुले वाच्छीको पूजा समेत गरिरहेका छन् ।
धार्मिक आस्थाका कारण भगवानको रुप भनि पुजा अर्चना गरे पनि यस्तो अनौठो बाच्छीको कसरी जन्य भयो त्यो भने वैज्ञानिक अनुसन्धान गर्नुको आवश्यक छ ।
त्र

तपाईको प्रतिक्रिया