घण्टाघरबाट हेर्दा

पोइसो छैन रे
अब सत्तामा पुगिने हो कि होइन, सात पटक पर्धानमन्तरी हुन्छस् भन्ने पण्डित काठो पनि लापत्ता भएसी काम चलाउ पर्धानमन्तरीले आँखा चिम्लेर फटाफट काम गरिरा’छन् । अस्तिका दिन उन्ले ६५ बर्षमै वृद्धाभत्ता दिने निर्नय गर्देछन् । भुकम्प पीडितलाई थप १ लाख राहत दिने निर्नय समेत धस्काइ देछन् । आÏना आउरे
भाउरेलाई लिष्ट बनाएरै यति यति
रकम दिनु भनेर आदेश देछन् । देउवाको निर्नयले विपक्षीहरुको खप्पर सिटामोल खाँदा पनि टन टन गर्ने भा’छ । यता अर्थमन्त्रालय पनि केही दिनका पाहुना वाल्वाटोरे काजीको सनकपनले आजीत हैरान भे’छ । अस्तिका दिन त अर्थले ६५ बर्षका लागि वृद्धभत्ता र भुकम्प पीडितलाई १ लाख थप दिने पोइसो अर्थसँग छैन भनेर प्वाक्क बोल्देछ । देउवाका हनुमान ज्ञानु कार्कीलाई अर्थले त्यसो भन्देसी सानो पीर प¥या छैन । काजीको आदेश नमानौ मट्यांग्रा बनिएला भन्ने चिन्ता मानौ त अर्थका सचिवले बाल मतलव राख्दैनन् । क्या फसाद ।–धनेष
शुरु भयो लिगलिगे दौड
ताइ न तुईको प्रदेशमा यतिबेला मुख्ये मन्त्रीको लिगलिगे दौड शुरु भएको छ । यसपटकको मुख्य मन्त्रीको दौडबाट काँग्रेस बाहिरिएको छ । निर्वाचनकै बेला पेनाल्टी किक हानेर वाम गठबन्धनले काँग्रेसलाई मैदान बाहिर पु¥याइद्या छन् । त्यसैले यसपटक नेपाली काँग्रेस लिगलिगे दौडमा सामेल नहुने भएको छ । फागुन पहिलो हप्ताभित्रै मुख्ये मन्त्री चयन गरेर कुर्सीमा बसाली सक्नुपर्ने छ । यसका लागि बाम गठबन्धनका खेलाडीहरु आफ्नो प्रतिष्पर्धीलाई छिर्के लगाएर लिगलिगे दौड जित्ने अभियानमा लाग्या छन् । गोडा दुइएक तीनेक प्रदेशमा झालेमाले एक्लैले लिगलिगे दौड नगर्दा नि हुने देखिएको छ । लिगलिगे दौडमा कसैले खप्रओको आर्शीवाद लिएका छन्, कसैले माकुन्याउको आर्शीवाद थाप्या छन्, कसैले प्रचण्डाउलाई कन्याइ रा’छन् । आर्शीाद थाप्ने र कन्याउने काम यतिबेला तिब्र रुपमा अगाडि बढ्या छन् ।–बिर्खे
मूल्यवान वाम नेता
हाम्रा देशका वाम नेताहरु कम्ता मूल्यवान छैनन् । आगामी पाँबर्ष यिनै महँगा वाम नेताहरुले देश चलाउने भएसी देश स्वात्तै उँभो नलाग्ने कुरा नै भएन । अब हेरौ न देशका भावी प्रधानमन्तरी खप्रओ कति महँगा छन् ? उन्को किड्नीमात्र करिब १८ करोडको छ । किड्नीका लागि खप्रओ काकाले अहिलेसम्म १८ करोड बजाइसकेछन् । त्यत्रो महँगो किड्नी भा’का नेता देशाँ पर्धानमन्तरी हुनु नेपालीले गौरव त गर्नैपर्छ । अनि अर्का वाम नेताहरुलाई हेरौ न । माने प्रचण्डाउ † द्वन्द्वकालमा प्रचण्डाउको टाउकोको मूल्य सर्कारले १ करोड तोक्या थ्यो । एक करोड मूल्य पर्ने प्रचण्डाउको टाउको सितिमिति हुँदै होइन । अर्का वाम नेता छन् झल्लाझलु जो अब
राष्ट्रपति हुन पाम भनेर दौंडधूप
गरिराछन् । उनको अण्डकोष पनि कम्ता महँगो छैन । उनको कहिले फाल्ने र कहिले सुक्ने अण्डकोषको उपचारमा
राज्येले धेरै लाख खर्च गरिसक्या छ रे । अरु पनि धेरै महँगा वाम नेताहरु छन् । इतिश्री स्कन्द पुराणे केदार खण्डे वाम महात्मे घण्टाघरे सम्वाद अस्तु ।–सुसे
उल्ट्याइ दिने रे
प्रचण्डाउले अस्तिका दिन आÏनै घरेलु जिल्लामा पुगेर फुइँ हाँके । शेरबहादुर काजीले गरेका सबै निर्नयहरु अब बन्ने सरकारले सबै उल्ट्याइ दिन्छ रे । कुरा त ठीकै पनि हो । काजीले अब बन्ने सरकारलाई कुनै कामै नदिने भए । दिनैपिच्छे मन्त्री परिषद्को बैठक बोलाएर खुई खुई निर्नयहरु गर्दिया गर्दियै छन् । यसैगरी निर्नय गरिदै जाने हो भने वाम सरकार बेकामे, बेरोजगारी हुने भयो । क्यै छैन भविष्येमा बन्ने काम सरर्काले त्यति धेरै चिन्ता नलिए हुन्छ । देउवाले एक महिनामा ग¥या निर्णय खुइखुई उल्ट्याउँदा गोडा चारेक बर्ष वित्छ । देउवा काजीले त्यति विघ्न निर्नयहरु गर्दिएका छन् । हाम्ले फलानो निर्नय पनि उल्टयेम चिलाने निर्नय नि उल्टायेम भनेर सञ्चारमाध्यममा भट्याउदा कामै काम । जे होस् उल्ट्याउने कामचाहिँ काजीले टन्नै दिएर जाने भए वाम गठबन्धनलाई ।–गाथे
झ्वाक चलेछ
नेप्लिज लाँग्रेसका सभापति माने अस्थायी बाल्वाटारे निवासी शेरबहादुर काजीलाई कहिलेकाही गजबैले जंग चल्दो रै’छ । हुन त लाटा लठ्यौराहरुलाई धेरै नलाउनु जाइ लाग्छन् भन्ने हो कि क्या हो ? कहिले पत्रकारसँग जंगिने, कहिले कार्जेकर्तासँग जंगिने, कहिले पुलिससँग जंगिने काजी अब त हुँदाहुँदा खप्रओसँगै पो जंगिन पुगेछन् । भ्याग भ्याग गरेर कट्किन थालेसी काजीलाई खराने रिस उठ्यो भनेर जान्दा भयो । अब हेरौ न अस्तिका दिन खप्रओ र काजीको जम्काभेट भएछ । ६५ बर्षम बृद्धाभत्ता दिने निर्नय गरेका काजीको निर्नय आफू सरकाराँ पुगेसी फिर्ता गर्छु भनेर खप्रओ दुई चार दिनदेखि उफ्रदै थिए । खप्रओ उफ्रेको काजीलाई निको लाग्या रै’नछ । उन्ले प्वाक्क भन्दिए बृद्धभत्ता फिर्ताको निर्नय गर्ने भे’राज्येको ढुकुटीबाट लेको १८
करोड पनि फिर्ता गर्नु । काजीको कुरा सुनेर खपओ Ïल्याँट ।
रुप फेर्दै कमलाउ
स्थानीय, संघ र प्रदेशको चुनाउमा जन्ताले राप्राका अध्येक्षे कमलाउलाई धोति खोलेर नङ्गयाइ दिएसी’ विलखबन्धनमा परेका उन्को खप्पराँ हिजो आज एउटा गतिलै जुक्ति फुर्न थाल्या छ । सत्तामा पुग्दा गनतन्त्र र राजतन्त्र स्वात्तै बिर्सिने अनि सत्ताबाट बाहिर भएपछि गनतन्त्र र राजतन्त्र फलाक्ने छेपारे प्रवित्ति कमलाउको नयाँ होइन । अब सत्ताबाट हँट्न केही दिन मात्र बाँकी भएसी’ कमलाउ जहाँ पुग्छन् त्यही हिन्दुत्व र
राजतन्त्रको अपरिहार्यता भनेर भाषन ठोक्न थाल्या छन् । हिन्दुत्व र
राजतन्त्रलाई ट्रेडमार्क बनाएर यस अघिको चुनाउमा राम्रै स्थान ओगटेका कमलाउ कहिले ट्रेडमार्क बेच्छन् त कहिले अपनाउँछन् । अब जन्ताले कमलाउको ट्रेडमार्कप्रति विश्वास गनैै छाडेका छन् । यिन्लाई नेप्लिज जन्ताले सधै सडकमै राख्लान् जस्तो पो छ ।
वान टु वान
बर्ष खेलाडी भनेझै गफाडी र बर्ष उखान तुक्के यतिबेला वान टु वान भेटवार्तामा बस्या छन् रे । कुखुरीले ओथारो बसेझै यी दुईले के कोरल्ने हुन कुन्नि ? बर्ष गफाडीभन्दा नि बर्ष उखान तुक्के साह«ै चलाख छन् । माने बर्ष गफाडी प्रचण्डाउ उही कुम हल्लाई हल्लाई जुँगा नचाई नचाई बोल्ने त हुन् । उता बर्ष उखान तुक्के उखान तुक्का कथिकथि हिरिक्क बनाएर छोड्छन् । जे भए नि दुवैको वान टु वानको मक्सदचाहिँ आÏनै थैलो बलियो बनाउने नै हो । झालेमालेका अध्येक्षेको दाउ पहिला आफू पर्धानमन्तरी हुने त्यसपछि मात्रै पार्टी एकता गर्ने, एकता र सरकार गठनलाई अलग अलग ढंगले अगाडि बढाउने दाउमा रहेका छन् । उता प्रचण्डाउचाहिँ सरकार गठन अगाडि नै एकीकृत पार्टीको अध्येक्षे पड्काउने मनसुुवामा छन् । खप्रओले अल्मल्याउन खोजे उधारो कारेबार नगर्ने चेतावनी द्या छन् ।
अन्तेमा
पहिलाका मुख्य सचिव विमल कोइराला निक्कै फ¥याकफुरुक गर्न थाल्या छन् । अस्तिका दिन उन्ले भन्या देउवा सरकारले साह«ै नराम्रो काम गररे रे र देउवाले रामो काम गरे भनेर कस्ले भन्याछ र ? उन्ले स्वस्थ्य सरकार हस्तान्तरण गर्नुपर्छ
रोगी सरकार होइन भनेर नि बोलेछन् । ए बाबा † देउवाले कसरी स्वास्थ्य सरकार हस्तान्तरण गर्ने ? अबको पर्धानमन्तरी खपओ हुने झण्डै झन्डै निश्चित भा’छ । खप्रओ आफै अस्वस्थ छन् । राज्यको ढुकुटीबाटै मात्र १८ करोड किड्नीका दुई दाना जोगाउन खर्च गरिसक्या छन् । खप्रओ बाहेक अरुले पर्धानमन्त्ररी पाउनै सक्ने देखिदैन । मान्छे नै रोगी भएसी सरकार कसरी स्वस्थ हुन्छ । विमलाउले के भन्या होलान ?

तपाईको प्रतिक्रिया