हेमचन्द्र वस्ती
दिल्ली पब्लिक स्कूूल, धरानले ४गते विहीबार वार्षिक हिँउदे मेलाको भब्य आयोजना गरेको थियो, जसमा विधार्थी तथा अभिभावक वर्गको ठूलो उपस्थित थियो ।
यस महोत्सवका प्रमुख अतिथि वि.पी.को.स्वा.वि.प्र.का. उपकुलपति प्रा.डा.राज कुमार रौनियार हुनुहुन्थ्यो । यसैगरी शिक्षाध्यक्ष प्रा.डा.गुरु खनाल र रजिष्टार तुलबहादुर श्रेष्ठ र अस्पताल प्रमख प्रा.डा. गौरीशंकर साहको कार्यक्रममा उपस्थित थियो ।
उपस्थित दर्शकहरुको मनोरञ्जनका लागि विभिन्न प्रकारका खाद्य सामग्री र खेलकुद तथा अन्य स्टलहरु राखिएका थिए । महोत्सवमा उपस्थित हुनुभएका युवा तथा बालबालिकाहरुका लागि मनोरन्जनात्मक र ज्ञान बर्धक सामग्रीहरुको प्रस्तुति गरिएको थियो । बेलुन फुटाउने, मन्द गतिमा साइकल कुदाउने, लक्की सेभेन, रोबोवार जस्ता अनेक आकर्षक खेलहरु प्रदर्शन गरिएको थियो ।
कार्यक्रमको शुभारम्भ राष्ट्र्रियगानबाट गरिएको थियो र दीप प्रज्वलनबाट कार्यक्रम अगाडि बढेको थियो । विधालयका प्रायः सबै कक्षाका विधार्थीहरु सहभागी भएर नृत्य तथा गायन प्रस्तुत गरेका थिए । विधालयका शिक्षक शिक्षिकाहरुको सहयोगमा विधार्र्थीहरुले नेपाली संस्कृति अनुसार आ(आफ्ना जातीय कलाहरु प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि प्रा.डा.राज कुमार रौनियारद्वारा महोत्सवलाई सम्बोधन गर्दै विधालयका सबै कार्यक्रमहरु र शिक्षक, कर्मचारी तथा विधार्थी र अभिभावकहरुलाई प्रशंसा गर्दै कार्यक्रमको सफलता र विधालयको प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैगरी प्रमुख अतिथिŠारा विधालयका प्रद्यनाध्यापर्क पी.के. शंकरालिंगमलाई यो भव्य महोत्सवले शिक्षक विधार्थी तथा अभिभावक वर्गलाई एकआपसमा सुमधुर सम्बन्ध कायम रहोस् भन्ने कामना सहित बधाई दिनु भएको थियो । महोत्सव तथा प्रदर्शनीलाई सफल बनाउन त्यस विधालयका विधार्थी, कर्मचारी, शिक्षक तथा अभिभावक समेतको योगदान रहेको थियो ।

