वि.सं. १९४९ मा भारतले गणतान्त्रिक संविधान प्राप्त ग¥यो । अंग्रेजहरुले झण्डै ३ सय बर्ष शासन गरेको भारत आज ६९ बर्ष पार गर्दै संसारकै शक्ति सम्पन्न राष्ट्र बनिसकेको छ ।
कृषि, प्रविधि, ऊर्जा, हरेक क्षेत्रमा भारतले आज जुन प्रगति हासिल गरेको छ वास्तवमै त्यो अतुलनीय रहेको छ । समृद्ध राष्ट्र सम्पन्न नागरिक पछिल्लो पटक भारतको मुख्य एजेन्डा बन्ने गरेको छ । राष्ट्र विकास सँगसँगै भारतले आÏना नागरिकहरुको उत्थानमा पछिल्लो समय ठूलो लगानी गरेको छ ।
भारतको सविधानका जन्मदाता बाबा अम्बेस्डकरको सुझबुझ र दूरदर्शितापूर्ण संविधान लेखन कार्यले आजको स्वतन्त्र र समृद्ध भारत बन्न सकेकोमा कसैको दुईमत छैन । भारतले आफनो समृद्धि सँगसँगै आफ्ना अल्पविकसित छिमेकी राष्ट्रहरुको समृद्धिलाई समेत प्राथमिकतामा राखेको छ । नेपालको अत्यन्तै निकट सम्बन्ध रहेको भारतले नेपालको विकासमा धेरै ठूलो धनराशी खर्च गर्दै आएको छ । नेपालका विकट गाउँहरुमा आवश्यकता अनुरुप विद्यालय भवन, खानेपानी, स्वास्थ्य संस्था, सडक लगायतका कार्यहरुमा गरेको सहयोगले ती ठाउँको जनजीवन सहज भएको छ ।
ऊर्जा, सडक, स्वास्थ्य प्रतिष्ठान आदिमा भारतले गरेको लगानी अन्य कुनैपनि मुलुकसँग दाजिन सक्दैन । धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल सम्म भारतले अरबौ रकम खर्च
गरिसकेको छ । दक्षिण एसियाकै उत्कृष्ट रहेको प्रतिष्ठानजस्तो स्वास्थ्य संस्था भारतकै कतिपय प्रदेश पाइँदैनन् । मनमोहन पोलिटेक्निकल इस्टिच्यूट, औद्योगिक क्षेत्रहरुको प्रवद्र्धन जस्ता पूर्वाधारहरुले यतिबेला नेपालको समृद्धिलाई अगाडि बढाएको छ । भारतले नेपालमा मात्र नभएर भुटान, बंगलादेश, श्रीलंका, अफगानस्थानमा समेत सहयोग प्रदान गरिरहेको छ । झण्डै एक अर्ब ३५ करोडको जनसंख्या भएको भारतले आफ्ना छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई पञ्चशिलको शिद्धान्तको आधारमा अगाडि बढाएको छ ।
दूरदर्शी राजनीतिक नेतृत्व, इमान्दारिता, सशक्त व्युरोक्रेसी,
अपरिवर्तित विदेश नीति आदि जस्ता कारणले भारतले आजको समृद्धि प्राप्त गरेको हो । संविधानले प्रदक्त गरेको अधिकारहरुलाई सही कार्यान्वयन गर्न सक्नु नै सफलताको कसी हो । २६ जनवरीलाई
हरेक भारतीय नागरिकहरुले आत्मसात गर्छन् । आजको दिनलाई
भारतीय नागरिकहरु मुलुक नयाँ युगमा प्रवेश गरेको स्वीकार्छन र वास्तविकता पनि त्यही हो । २६ जनवरी अर्थात भारत गणतान्त्रिक प्रवेशको दिन । आज भारतमा यस दिनलाई राष्ट्रिय उत्सवका रुपमा मनाइदैछ । हरेक नागरिकले घर घरमा राष्ट्रिय झण्डा फहराउँछन् । राष्ट्रपतिले लाल किल्लामा आयोजित विशाल कार्यक्रमलाई सम्बोधन गर्ने र राष्ट्रको नाममा सन्देश जारी गर्ने कार्य सँगै सुरक्षाकर्मीहरुले
परेड खेल्ने लगायतका कार्यहरु हुने गर्छन् । देशभित्र मात्र नभएर देश बाहिरसमेत भारतीय कुटनीतिक नियोगहरुमा २६ जनवरीको महत्वलाई प्राथमिकताका साथ दर्शाउने गरिन्छ । नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानस्थान, भुटान, चीन, अमेरिका, रुस लगायत दर्जनौ देशमा रहेका आफ्ना दुतावास र तिनका मातहत कार्यालयहरुमा २६ जनवरीका दिन विविध कार्यक्रमहरु हुँदै आएका छन् । भारत
सरकारले २६ जनवरीका दिन राष्ट्रिय विदा दिने, महत्वपूर्ण योजनाहरुको घोषणा गर्ने लगायतका कार्यहरु समेत गर्ने गरेको छ ।
