विराटनगर÷प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिनुपर्नेै बताएका छन् ।
यही माघ २४गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि क्षेत्रीय निर्वाचन कार्यालयको नव निर्मित भवनको उदघाटन गर्न विराटनगर आएका यादवले आयोग शक्तिशाली हुनुका साथै निर्वाचन सहजताका साथ सम्पन्न गर्न सम्पूर्ण निर्वाचन सम्बन्धी अधिकार अयाोगलाई दिनुपर्ने बताएका हुन ।
प्रमुख आयुक्त यादवले माघ ७ गतेसम्म प्रदेश प्रमुख नतोकिए माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचन प्रक्रियालाई असर नपर्ने गरी निर्वाचन आयोग आÏनो काम कारबाहीलाई अघि बढाउन बाध्य हुने बताए । प्रदेश प्रमुख नतोक्दा निर्वाचन सम्बन्धी कानुनी जटिलता उत्पन्न भएकोले चाँडै प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गरे । आयुक्त यादवले प्रदेश प्रमुख नतोकिदा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूचि बुझाउने तथा प्रदेशसभा सदस्यले कसरी सपथ लिने भन्ने विषयमा समस्या उत्पन्न भएको पनि बताए । उनले निर्वाचन आयोग संविधान अनुरुप अगाडि बढिरहेकोले त्यसप्रति कुनैपनि शंका उपशंका नगर्न पनि आग्रह गर्दै आयोग कसैको पक्षमा नभएको समेत प्रष्ट्याए ।
आयुक्त यादवले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभए सम्म प्रतिनिधिसभा पूर्ण नहुने भन्दै राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गर्नका लागि आयोगले निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि बढाएकोले त्यसमा सबैको सहयोगको अपेक्षा पनि गरे ।

