मौलिक संस्कृति जोगाउनकै लागि नृत्य प्रतियोगिता

धरान÷नेपाली मौलिक संस्कृतिलाई जोगाउनका लागि धरान उपमहानगरपालिकाले धरान प्रज्ञा प्रतिष्ठान गठन
गरेको छ ।
साहित्य, कला, संगीत, नाट्य, नृत्य, भाषा, संस्कृति विविध क्षेत्रको माध्यमबाट सामाजिक तथा सांस्कृतिक रुपान्तरण गर्न समर्पित तथा क्रियशिल उद्देश्यले लिएको यो प्रतिष्ठानले धरानमा पहिलो पटक खुल्ला लोकनृत्य प्रतियोगिताको आयोजना समेत गर्दैछ ।
आयोजक धरान प्रज्ञा प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गर्दै माघको अन्तिम साता खुल्ला नृत्य प्रतियोगिताको आयोजना गर्न लागिएको जनाएको छ ।
धरानका कलागत, रङ्गमञ्चीय एवम् सास्कृतिक क्षेत्रको संरक्षण तथा सम्बद्र्धन गर्नका लागि गठित धरान प्रज्ञा प्रतिष्ठानले यही माघ २९ गते धरानको सभागृहमा खुल्ला नृत्य प्रतियोगिता आयाजना गर्न लागिएको प्रज्ञा प्रतिष्ठानका सदस्य विनोद श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजकका अनुसार प्रतियोगितामा धरानका विभिन्न संघ संस्था र विद्यालयहरुको १० समूहले प्रतियोगितामा भाग लिन पाउने भएका छन् भने डान्स सेन्टरले प्रतियोगितमा भाग लिन पाउने छैनन् । यो विसुद्ध नेपाली लोक झलक झल्किने खालको प्रतियोगिता भएकोले चलचित्रको गीतमा प्रस्तुत गर्न नपाइने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि अडिसन
राउण्ड माघ १५ गते हुने र प्रतिष्पर्धामा आएकामध्येबाट १० समूहलाईमात्र सहभाग िगराइने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैया पुरस्कार प्राप्त गर्ने छ भने उत्कृष्ठ नृत्य निर्देशकलाई पनि नगद १० हजार रुपैया प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाम्फेले बताउनुभयो ।
त्र

तपाईको प्रतिक्रिया