धरान÷झापाको दमक नगरपालिका वडा नं. १० र कमल गाउँपाललिकास्थित चीनले ३३३ अर्बको लगानीमा चीन नेपाल यु.ई. इण्डष्ट्रियल पार्क निर्माणको काम अगाडि बढाएको छ ।
प्रारम्भिक चरणको डिपिआर तयार भएसँगै चिनियाँ पक्षले कामलाई अगाडि बढाएको हो । पौष १३ गते यही प्रयोजनका लागि चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारी तथा उपसचिव लिउ रुपेङ्गको नेतृत्वमा ९ सदस्यीय टोलीले औद्योगिक पार्क निर्माण स्थलको स्थलगत अध्ययन गरेर फर्किइसकेको छ ।
रतुवाधारको २३ सय विगाहा उकास जमिन जुन रमा सामुदायिक वनको स्वामित्वमा
रहेको छ सोही स्थानमा औद्योगिक पार्क निर्माण गरिने र थप जग्गाको लागि सर्वसधारणको जग्गा अधिग्रहणको प्रक्रिया समेत शुरु गरिसकिएको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिनुभएको छ । जग्गा अधिग्रहण प्रयोजनका लागि औैद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ५ करोड रुपैयाँ निकासा समेत दिईसकेको दाहालले जानकारी दिनुभयो । झापाका प्रमुख जिल्ला अकिारीको संयोेजकत्वमा जग्गा अधिग्रहण समिति गठन भएको र त्यसैले स्थानीयहरुसँग छलफल गरी लगत लिने र मुआब्जा वितरण गर्ने कार्यको थाली गरिसकेको छ ।
चिनिया ९ सदस्यीय टोलीले राजनैतिक दलका नेताहरुसँग मात्र नभएर स्थानीय उद्योगी, व्यवसायी र सर्वसधारणहरुसँग पनि छलफल गरेको थियो । औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतका अनुसार छलफल पछि टोली उत्साहित र सकारात्मक भएको थियो । गत बर्ष नै अर्थात ०७४ साल वैसामा चीनको बेइजिङ्गमा भएको विभिन्न देशका राष्ट्र प्रमुखहरुको वैठकमा नेपालका तत्कालीन परराष्ट्र मन्त्री कृष्णबहादुर महराले दमकमा इण्डष्ट्रियल पार्क बनाउने कुरामा हस्ताक्षर गरेपछि प्रक्रिया अगाडि बढेको थियो । पौष १३ गते दमक आएको चिनियाँ टोलीमा सरकारी स्वामित्वमा
रहेकोे ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रका आर्थिक, प्र्राविधिक, योजना, निमाणसँग सम्बन्धित प्राविधिकहरुको सहभागिता रहेको थियो । टोली पौष १० गते काठमाण्डौ आएर एमालेका अध्यक्ष एवम् पूर्व पधानमन्त्री केपी ओली, उद्योग सचिव यमकुमारी खतिवडा, लगनी बोर्डका प्रमुख कार्यकारी (सिइओ) महाप्रसाद अधिकारी, इण्डष्ट्रियल पार्कका संयोजक गोविन्द थापा, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटघाट गरेर दमक आएको थियो ।
पछिल्लो पटक आएको ९धरान÷झापाको दमक नगरपालिका वडा नं. १० र कमल गाउँपाललिकास्थित चीनले ३३३ अर्बको लगानीमा चीन नेपाल यु.ई. इण्डष्ट्रियल पार्क निर्माणको काम अगाडि बढाएको छ ।

पछिल्लो पटक आएको ९ सदस्यीय चिनियाँ टोली अधिकार सम्पन्न भएकोले अब चाँडै नै अन्तिम चरणको एमओयु हुने बताइएको छ । चीनले दमकमा निर्माण गरिदिन लागेको हरित पार्क सहितको औद्योगिक क्षेत्र चीनको वान वेल्ट वान रोड योजना अन्तर्गत नै हो । नेपालले चीनले अगाडि सारेको वान वेल्ट वान रोड इनिसिएटिव (बीआरआई) मा हताक्षर गरिसकेकोले झापामा औद्योगिक पार्क निर्माणका लागि नेपाल सरकारले सहमति जुटाइसकेको छ । एमओयुका लागि नेपालका तर्फबाट उद्योग, अर्थ, कानुन, परराष्ट्र मन्त्रालयबाट समेत सहमति भइसकेको छ । औद्योगिक पार्कलाई नजिकबाट नियालिरहेका झापा दमकका सञ्चारकर्मी विष्णु पोख्रेल भन्नुहुन्छ, औद्योगिक हरित पार्कले यस क्षेत्रका झण्डै २ लाख मानिसलाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने छ । रमा सामुदायिक वनमा विभिन्न प्रजातिका रुखहरु
रहेका छन् तर निर्माण कम्पनीले सम्भव भएसम्म त्यहाँ हुर्किएका रुखहरु जोगाएर काम गर्नेछ । औद्योगिक पार्कको नामै हरित पार्क हुने उहाँले बताउनुभयो । निर्माण हुने औद्योगिक पार्कका लागि नेपाल सरकारले जमिन, सडक,पुल पुलेसाको व्यवस्था गर्नुपर्नेछ भने बाँकी सम्पूर्ण काम चिनियाँ पक्षबाटै हुने भएको छ । औद्योगिक क्षेत्रमा इलेक्ट्रोनिक , अटो मोवाइल्स, गार्मेन्ट, खाद्यान्न लगायतका दर्जनौ उद्योगहरु रहने छन् । त्यहाँबाट उत्पादन भएका हरेक सामान अन्तर्राष्ट्रिय स्तरको हुने पोख्रेलले बताउनुभयो । पार्कभित्रै स्कुल, बैंक, हस्पिटल, सपिङ्ग मल समेत रहने छन् । उत्पादित सामानहरुको बजार चीन, नेपाल, भारत, बंगलादेश, म्यानमार सम्म रहने बताइएको छ ।
यहाँ स्मरणीय कुरा के छ भने नेपाल सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एउटा औद्योगिक क्षेत्र खोल्ने गरेको घोषणा अनुरुप नै दमकमा चिनियाँ लगानीमा औद्योगिक पार्क निर्माण हुने भएको हो । यसैगरी मकवानपुरको मयुरधाम, रुपन्देहीको मोतिपुर, बाँकेको नौवस्तामा औद्योगिक क्षेत्रका लागि जग्गाको व्यवस्थापन भइसकेको छ । निर्माण हुने सबै औद्योगिक क्षेत्रमा चिनियाँ टोलीले चासो देखाएको छ । ती सबै स्थानमा चिनियाँ प्राविधिक तथा प्रशासनिक टोलीले अवलोकन समेत गरिसकेको छ । सदस्यीय चिनियाँ टोली अधिकार सम्पन्न भएकोले अब चाँडै नै अन्तिम चरणको एमओयु हुने बताइएको छ । चीनले दमकमा निर्माण गरिदिन लागेको हरित पार्क सहितको औद्योगिक क्षेत्र चीनको वान वेल्ट वान रोड योजना अन्तर्गत नै हो । नेपालले चीनले अगाडि सारेको वान वेल्ट वान रोड इनिसिएटिव (बीआरआई) मा हताक्षर गरिसकेकोले झापामा औद्योगिक पार्क निर्माणका लागि नेपाल सरकारले सहमति जुटाइसकेको छ । एमओयुका लागि नेपालका तर्फबाट उद्योग, अर्थ, कानुन, परराष्ट्र मन्त्रालयबाट समेत सहमति भइसकेको छ । औद्योगिक पार्कलाई नजिकबाट नियालिरहेका झापा दमकका सञ्चारकर्मी विष्णु पोख्रेल भन्नुहुन्छ, औद्योगिक हरित पार्कले यस क्षेत्रका झण्डै २ लाख मानिसलाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने छ । रमा सामुदायिक वनमा विभिन्न प्रजातिका रुखहरु
रहेका छन् तर निर्माण कम्पनीले सम्भव भएसम्म त्यहाँ हुर्किएका रुखहरु जोगाएर काम गर्नेछ । औद्योगिक पार्कको नामै हरित पार्क हुने उहाँले बताउनुभयो । निर्माण हुने औद्योगिक पार्कका लागि नेपाल सरकारले जमिन, सडक,पुल पुलेसाको व्यवस्था गर्नुपर्नेछ भने बाँकी सम्पूर्ण काम चिनियाँ पक्षबाटै हुने भएको छ । औद्योगिक क्षेत्रमा इलेक्ट्रोनिक , अटो मोवाइल्स, गार्मेन्ट, खाद्यान्न लगायतका दर्जनौ उद्योगहरु रहने छन् । त्यहाँबाट उत्पादन भएका हरेक सामान अन्तर्राष्ट्रिय स्तरको हुने पोख्रेलले बताउनुभयो । पार्कभित्रै स्कुल, बैंक, हस्पिटल, सपिङ्ग मल समेत रहने छन् । उत्पादित सामानहरुको बजार चीन, नेपाल, भारत, बंगलादेश, म्यानमार सम्म रहने बताइएको छ ।
यहाँ स्मरणीय कुरा के छ भने नेपाल सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एउटा औद्योगिक क्षेत्र खोल्ने गरेको घोषणा अनुरुप नै दमकमा चिनियाँ लगानीमा औद्योगिक पार्क निर्माण हुने भएको हो । यसैगरी मकवानपुरको मयुरधाम, रुपन्देहीको मोतिपुर, बाँकेको नौवस्तामा औद्योगिक क्षेत्रका लागि जग्गाको व्यवस्थापन भइसकेको छ । निर्माण हुने सबै औद्योगिक क्षेत्रमा चिनियाँ टोलीले चासो देखाएको छ । ती सबै स्थानमा चिनियाँ प्राविधिक तथा प्रशासनिक टोलीले अवलोकन समेत गरिसकेको छ ।