वी.पी. प्रतिष्ठानमा स्वास्थ्य परीक्षण प्याकेज सेवा

धरान÷ वी.पी. कोइराला धरान÷ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण प्याकेज सेवा शुरु भएको छ । स्वास्थ्य प्रति सचेत आम
नागरिकहरुलाई ध्यानमा राखेर यस्तो प्याकेज सेवा शुरु गरिएको हो । यो सेवा शुरु भएवाट कुनै रोगको लक्षण देखिनु पूर्व नै नियमित स्वास्थ्य
परिक्षण गरी स्वस्थ्य जीवन जिउने नागरिकको चाहना पूरा हुने विश्वास प्रतिष्ठानले लिएको छ । प्रतिष्ठानले कन्सल्टेन्ट चिकित्सकको रहोवरमा सामान्य स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण प्याकेज सेवा शुरु भएको छ । स्वास्थ्य प्रति सचेत आम
नागरिकहरुलाई ध्यानमा राखेर यस्तो प्याकेज सेवा शुरु गरिएको हो । यो सेवा शुरु भएवाट कुनै रोगको लक्षण देखिनु पूर्व नै नियमित स्वास्थ्य
परिक्षण गरी स्वस्थ्य जीवन जिउने नागरिकको चाहना पूरा हुने विश्वास प्रतिष्ठानले लिएको छ । प्रतिष्ठानले कन्सल्टेन्ट चिकित्सकको रहोवरमा सामान्य(General) तथा विस्तृत(Comprehensive)स्वास्थ्य परिक्षण प्याकेज सेवाहरु सञ्चालन गरेको अस्पताल निर्देशक प्रा.डा.
गौरी शकर साहले बताएका छन् । उनले प्रतिष्ठानको अस्पताल प्रशासनमा सम्पर्क राखी छिटो, छरितो र सहज ढङ्गवाट यो सेवा लिई लाभान्वित हुन इच्छुक सर्वसाधारण सबैलाई आग्रह गरेका छन् । सामान्य स्वास्थ्य
परीक्षण प्याकेज शूल्क रु. ४ हजार र विस्तृत स्वास्थ्य परीक्षण प्याकेज शूल्क रु. ८ हजार निर्धारण गरिएको प्रतिष्ठानका सूचनाका कर्मचारी सुजेन्द्र तामाङले बताए ।

तपाईको प्रतिक्रिया