प्रदेश नं. १ स्तरीय भलिबल प्रतियोगिता हुने

भलिवलको लोकप्रियता कम हुदै गएको अवस्थामा सयपत्री बोइज युनियनले प्रदेश नं. १ स्तरीय भलिवल प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ ।
आयोजक सयपत्री बोइज युनियन क्लबले सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी पौष २७ देखि माघ २ गतेसम्म प्रदेश नं. १
स्तरीय पानवारी भलिवल कप प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको
हो ।
यसभन्दा अगाडि जिल्ला स्तरीय प्रतियोगिता गर्दै आएको यो संस्थाले यो बर्षदेखि भने प्रदेशस्तरीय प्रतियोगिता गर्न लागेको र यसमा सबैको साथ सहयोगमा वृद्धि भएको सयपत्री बोइज युनियन क्लबका अध्यक्ष सुनिल भण्डारीले बताउनुभयो ।
प्रतियोगितामा आर्मी र पुलिस दुई विभागीय टिमसहित १० वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । विगतमा सुनसरी जिल्ला भरिका भलिवल क्लबहरुले सहभागिता जनाएको भए पनि यसपटक भने संखुवासभा, भोजपुर र स्याङजाका क्लबहरुले समेत सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमलाई नगद ५१ हजारसहित ३५ तोला बराबरको चाँदीको ट्रफी,, उपवेजतालाई नगद ३१ हजारसहित, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यसभन्दा अगाडिका दुई प्रतियोगितामा त्रिवेणी युवा भलिवल क्लब र डुम्रा भलिवल क्लब रामधुनी सुनसरीले जित हासिल गरेका थिए ।
प्रथम भलिवल प्रतियोगितामा विजेतलाई ११ हजार र दोस्रा प्रतियोगितामा ३० हजा पदान गर्दै आएको क्लबले यस बर्ष पुरस्कारको राशी बढाएर ५१ हजार पु¥याएको छ । भविष्यमा यसलाई राष्ट्रिय
स्तरीय प्रतियोगिता बनाउने क्लबको उद्देश्य रहेको छ ।

तपाईको प्रतिक्रिया