कार्यक्रममार्फत उठेको रकम समाजसेवामा

धरान÷पछिल्लो समयमा धरानका युवाहरु साँस्कृतिक कार्यक्रममार्फत समाजसेवामा समर्पित हुन थालेका छन् ।
धरानमा हुने गरेका हरेक कन्सर्ट, सांस्कृति कार्यक्रम लगायतका विविध कार्यक्रममार्फत उठेको रकममध्ये केही रकम समाजका पिछडिएका, अशक्त भई उपचार गर्न नसकेकाहरुलाई सहयोग पु¥याउदै आएका छन् ।
धरानमा अहिले सबैभन्दा अगाडि धरान रन नामक संस्था देखिएको छ । यो संस्थाले प्रत्येक बर्ष गर्दै आएको धरान रन प्रतियोगिताबाट उठेको रकम गरिबी, असहाय र स्वास्थ्यको पहुच नपुगेका दर्जनौलाई सहयोग पु¥याउदै आएको छ ।
पछिल्लोसमय धरानको ब्लिङ्ग इभेन्ट प्रा.लिले समेत किरातहरुको महान चाडको अवसर पारेर यलम्बर साझ २०७४ गर्न लागेको छ । गत बर्ष गरेको इभेन्ट्सबाट उठेको रकम क्यान्सर पीडित बालिका नइसा शाक्यको उपचामा ५५ हजार ५सय ५५ रुपैया सहयोग गरेको प्रा.लि.ले यस बर्ष पनि कार्यक्रममार्पत उठेको रकम एचआइभी संक्रमित तथा प्रभावित बालबालिकालाई सहयोग गर्ने प्रा.लि.का अध्यक्ष अमित राईले बताउनुभयो ।
किरात जातिको नयाँ बर्ष यले दोङ ५०७८ को अवसरमा गर्न लागेको उहाले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रम पौष ३० हुने आयोजकले जनाएको छ ।
यसले थोरै भएपनि संक्रमित बालबालिकालाई सहयोग पुग्ने धरान पोजेटिभ ग्रुपका अध्यक्ष खगेन्द्र खतिवडाले बताउनुभयो । विभिन्न संघ संस्थाको सहयोगमा अहिलेसम्म संक्रमित बालबालिकाको लालनपालन गर्दै आइरहेको पोजेटिभ ग्रुपले विभिन्न संघ संस्थाले कार्यक्रम गरेर सहयोग गरको रकमबाट नै हालसम्म विभिन्न चरण गरी ३४ जना बालबालिकाको शिक्षामा सहयोग पु¥याएको उहाले जानकारी दिनुभयो ।
जे होस् धरानका युवाहरु पछिल्लो समय विकृतिलाई हटाउदै अरुलाई पनि समाजसेवामा प्रोत्साहित गर्ने काममा अग्रसर भइरहेका छन् । यसले समाज परिवर्तनमा ठूलो सुहयोग पुग्ने धरानका सर्वसाधारणको बुझलाई छ ।

तपाईको प्रतिक्रिया