अन्तर विद्यालय भलिवल प्रतियोगिता हुने

धरान, १९ मंसिर ः मंसिरको अन्तिम सातामा सुनसरी जिल्ला स्तरीय युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालय छात्र तथा छात्रा भलिवल प्रतियोगिता हुने भएको छ ।
आयोजक युनाइटेड गोर्खा एकाडेमीले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै मंसिर २६ देखि २९ सम्म प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
भलिवल खेलको लोकप्रियता हराउदै गएको प्रति चिन्तित बन्दै विद्यालय स्तरदेखि नै भलिबल खेलको विकासका लागि २०७० सालदेखि निरन्तर आयोजना गर्दै आइरहेको प्रतियोगिताको पाचौ संस्कृरण समेत भव्यताका साथ सम्पन्न गर्न लागिएको विद्यालयका प्रिन्सिपल पेम्बा शेर्पाले जानकारी दिनुभयो ।
अध्ययनसगै अतिरिक्त क्रियाकलाप आवश्यक रहेकोले विद्यार्थीहरुको चौतफी विकास तथा पारस्परिक सम्बन्धको निरन्ततता लागि पनि यो प्रतियोगिता आयोजना गर्दै आएको उहाको भनाई छ । न्यून बजेटमै सुनसरीका संस्थागत विद्यालयहरुलाई समेट्दै आयोजना गर्दै आइरहेको प्रिन्सिपल शेर्पाले बताउनुभयो । भविष्यमा भलिवल एकाडेमी स्थापना गरी निरन्तर रुपमा भलिबल खेलको प्रशिक्षण गराउने समेत उहाले जानकारी दिनुभयो ।
प्रतियोगितामा सुनसरीभरिका छात्र तथा छात्राको १८÷१८ टिमले भाग लिने प्रतियोगिताको संयोजक नरेश राईले जानकारी दिनुभयो । प्रतियोगितामा दुवै समूहका विजेता हुने टिमले १५ हजार, द्धितिय हुने टिमले १२ हजार र तृतीय हुने टिमले १० हजार नगर सहित ट्रफी, प्रमाणपत्र हात पार्ने छन् । यसैगरी प्रतियोगितामा उत्कृष्ट सर्भिस, उत्कृष्ट डिफेन्स,उत्कृष्ट स्पाइक, उत्कृष्ट ब्लक, उत्कृष्ट लिफ्टर र उत्कृष्ट खेलाडीलाई नगद १२÷१२ हजार प्रदान गरिने संयोजक राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया