ज्योतिषी लापत्ता
नेप्लीज काँग्रेसका सभापति बुढानिलकण्ठे काजीलाई सात पटक प्रधानमन्तरी हुन्छस भनेर चिना हेर्ने ज्योतिषी शुक्रबारदेखि नै लापत्ता भएका छन् । ज्योतिषीलाई खोज्न काजीले आफ्ना नन्दीभृंगीहरुलाई हातमा लाठा दिएर पठाएका छन् रे । तर अहिलेसम्म ती ज्योतिषीलाई काजीका नन्दीभृंगीहरुले पत्ता लगाउन सक्या छैनन् रे । ज्योतषीले सात पटक पर्धानमन्तरी हुन्छस् भनेसी काजी फुरुङ्ग परेर आम सभाहरुमा भट्याउँदै हिड्या थे । जन्ताको भर नपरेर ज्योतिषीको भर परेका काजीले अब पर्धानमन्तरी जीवनभरि नपाउने पक्का भा’छ । ज्योतिष्ीले उल्टो भन्देछन् । अब सात जुनीमा पनि पर्धानमन्तरी बन्दैनौं भन्या थे क्यारे ज्योतिषीले । काजीले उल्टो सुनेछन् क्यारे । ज्योतिषीको कुरा उल्टो सुनेकाले काजी भकभकिएर आमसभातिर दौडिएका थिए । पहिल्यै ज्योतिषीको कुरा राम्ररी ध्यान देर सुन्द्या भे’ कमसेकम काजीले जग हँसाउने गरी भाषन त गर्ने थिएनन । भाषन पनि कम्ता उफ्री–उफ्री गर्थै ? झालेमालेका खप्रओले फूर्ति नलगाए हुन्छ निर्वाचन पछिको पर्धानमन्तनरी मै हुँ रे । खाए पनि पापा †
आठ रेक्टरको भूकम्प
नेपालाँ अस्तिका दिन आठ रेक्टर स्केलको भूकम्प गएछ । त्यत्रो भुकम्प गएसी विनास नगर्ने त कुरै भएन । मुलुकभरिका पुराना, नयाँ सबै रुखहरु ग¥ल्यामगुर्लुम ढालेछ । धन्न त्यत्रो महाभुकम्पले मानवीय क्षतिचाहिँ
गरेनछ । गर्लामगुर्लुम ढलेका रुखहरु महँगा जातका सखुवा, सिसौ कुनै अलि सस्ता जातका उत्तीस, धगेरो थिए । तर ती सबै रुखै थिए । हुन त भुकम्पले मात्र देशैभरिका रुखचाहिँ ढालेका थिएनन् सखुवा जातको रुखमा देखिएको अमत्याई, घमण्ड, अहंकारले गर्दा कमसल माने सस्ता जातका माने कार्जेकर्ताका वितृष्णा पैदा भा’थ्ये । आखिरी मुढो सल्काउने त झिँजाले नै काम गर्ने त हो । एकातिर बाम गठबन्धन डुक्रने अर्कोतिर आफ्नै कार्जेकर्ता मुढो सल्काउन हिड्ने भएसी आठ रेक्टर स्केलको भुकम्प नआएर फुइøयाँ आउँछ त ?
मन लाग्या छ रे
यतिले खोलेको पसलमा क्यासियरको जिम्मेवारी पाएर बसेकी खै के नाम हो कुन्निले आफूलाई पर्धानमन्तरी बन्ने
रहर छ भनेको सुनेको यी घण्टाघरका कानलाई अहिल्यै जस्तो लाग्छ । पर्धानमन्तरी बन्ने रहर कस्लाई हुँदैन ? वाल्वाटाराँ बसेर आइजिपी काण्ड मच्चाउने, पर्धान न्यायाधीशलाई महाअभियोग लगाउने, आÏनी आमालाई जापानको राजदूत बनाउने, सचिव सरुवा बढुवामा रकम नभै फाइल नै अगाडि बढाउन नदिने अनि मलाई पर्धानमन्तरी बन्न मन लाग्या छ भन्ने ? यतिबेला ती पर्धानमन्तरी बन्न मन लागेकी महिला कञ्चनपुरबाट चुनाउमा वामचित्त भएकी छन् । अर्थात ती ढुस्स अनुहार भएकी महिला वाम गठबन्धनका उमेद्वारसँग भारी मतले चिप्लिएकी छन् । बूढो सात चोटी पर्धानमन्तरी हुन्छ भनेर धक्कु लगाउने बूढी आफूलाई नि पर्धानमन्री हुन मन लाग्या छ भनेर धककु लगाउने । अनि नेपाली काँग्रेस नडुबेर के चाहिँ डुब्छ त ?
प्रहरीमा भागदौड
बुढानिलकण्ठे मुखिनी यतिबेला बडो अप्ठेरामा प¥याछिन् । विचरी नपरुन पनि कसरी ? त्यत्रो प्रहरीको बागडोर अँध्यारो कोठबाट सम्हादै आएकी उन्लाई आपत नपर्ने कुरै भएन । आफैले दुर दुरी गरेर मिल्काएका नवराज सिलवाल भारी मतले विजयी हुँदैछन् । त्यो पनि चानचुने पार्टीबाट नभएर वाम गठबन्धनका तर्फबाट । खप्रओ बाले त पहिल्यै घोषना गरिसक्या थे सिलवाललाई घरेलु मन्तरी बनाइदिन्छु भनेर । अब बामकै सरकार बन्ने पक्का भएको छ । वामको सरकार बन्नासाथ सिलवाल घरेलुमन्तरी हुन्छन् । त्यसपछि मुखिनी आमैको चाकडी गरेर सिँडी चड्नेहरुको कन्तविजोग हुने निश्चित छ । त्यसैले अहिले ठूला पदमा बस्ने प्रहरीको मुख तालु सुकिसकेको छ भने साना पोष्टमा बस्नेहरु भित्रभित्रै गदगद भएका छन् ।
पहिलो दल बन्छ रे
नेप्लीज काँग्रेसले मुलुकैभरि प्रत्यक्षे निर्वाचनमा नराम्रो पराजय भोगेसी
एकथरी काँग्रेसीहरु मनको वह हलुंगो पार्न काँग्रेसले समानुपातिकमा सबैभन्दा धेरै सिट ल्याउँछ भनेर हौवा पिट्न थाल्या छन् । त्यसरी हौवा पिट्ने पक्कै समानुपातिकका उमेद्वारहरु नै होलान् । नत्र किन त्यसरी हौवा पिट्थे । साउको भन्दा व्याजको लोभ भन्या यही हो । साउ नै फुत्किएपछि फुइøयाँ खान व्याजको कुरा गर्नु ? प्रत्येक्षेमा गोलखाडी भएसी समानुपातिकमा पनि यस्तै छ होला भने कस्तो नबुझेका होलान् ? संगठन गर्ने बेलामा नेताको पहाडी दौडियो सोलिड भनेर धक्कु लगायो, आफ्नै कार्जेकर्तासँगँ पनि माल खसाल्यो, नानीभन्दा आँची ठूलो भनेझै । साइकल चढ्ने कमाई नभए पनि पजेरोमा दौडियो, नेताको नजिकको सम्बन्ध बनाएर गमक्क प¥यो अनि अहिलेचाहिँ प्रत्येक्षमा नभए नि समानुपातिकमा पहिलो दल बन्छ भनेर धक्कु लगयो । यस्तै हो भने त अर्को चुनाउ सम्ममा त रुखै नभेटिएला है ।
मतगणना बहिष्कार
हैट † कहिलेकाँही त के के सुन्नु पर्छ पर्छ । अब हेरौ न काठमाण्डौ क्षेत्र नं. ५ को मत गणना हुँदाहुन्दै काँग्रेसले बहिष्कार गरेछ किन त्यसरी बहिष्कार ग¥या होला ? यस भन्दा अगाडि दुई सय भन्दा बडी सिट जितेको माउवादीले ७० को चुनाउमा जम्मा २४ सिट ल्याउँदा मतगणना बहिष्कार ग¥या थ्यो । उस्ले आफूहरुलाई हराउन ठूलो षड्यन्त्र भयो, चुनावी नतिजालाई मानिदैन भनेर सडकमै कम्ता उप्रिंmएका होइनन् । अब अहिले यो रोगले काँग्रेसलाई छुएको छ । काठमाण्डौ क्षेत्र ं. २ का उमेद्वार प्रकाशशरण महतले भन्या चुनाउमा वाम गठबन्धनले धाँधली ग¥यो रे । प्रशासनले काँग्रसलाई सघाएन रे । त्यसैले बहिष्कार ग¥या रे । नदिने बज्यै आइतबार बार्सिन भन्या यही हो । चुनाउमा चिप्लने देखिएसी फलानाले धाँधली ग¥या त भन्नै प¥यो नत्र इज्जत रहँदैन । इज्जत राख्न नि त्यस्तो भन्नै प¥यो कि कसो हौ ?
नाम निसानै हराउदै
यसपटकको निर्वाचनले ठूला दलहरुसँग विचौलियाको भूमिका निर्वाह गरेर मालामाल हुँदै आएका साना दलहरु संसद भवनसम्मै नपुग्ने भएका छन् । समानुपातिमै भएपनि यसो हलो, घर, खै के के जाति चुनाउ चिन्ह भएकाहरुको भविष्य नै चौपट हुने पो देखियो । अहिले सम्म विचौलियाको भूमिका निर्वाह गर्दै आएकाहरु अरुसँग चिपिक्क भएर टाँसिएर सोफा मुनि बस्न पनि सक्दैन । साना दलको विनासको कारण नै बाम गठबन्धन भयो । यिन्का एकाले साना दलको संसदमा पुग्ने अधिकार नै हनन भयो । लोकतन्त्रमा कसैको राजनीतिक अधिकार हनन गर्नु त भए नि † उनीहरुलाई नि यसो दायाँबायाँ गर्ने अधिकार दिनु प¥यो नि । कि कसो
हौ ?
अन्तेमा
अब नेपालीहरुले पूर्वदेखि पश्चिमसम्मै रेल चढ्न पाउने भा’छ झालेमालेका खप्रओले भन्या वामपन्थीहरुको सरकार बन्यो भने खुट्टो उचालेर गौडामा बस्दा पुग्छ मज्जाले रेल चढ्न पाइन्छ । अब खप्रओ पर्धानमन्नतरी बन्ने लगभग निश्चित भएको छ । त्यो पनि एक आद्य बर्षलाई नभएर पाँचबषको ग्यारेन्टीमा । अब पाँचबर्षको ग्यरोन्टी भएको सरकारले कसो पूर्व पपश्चिम रेल नकुदाउलान् ? आठ नौ महिना सत्तामा बस्दा त रेल दौडाइदिन्छु, मनोरेल चलाइदिन्छु, भित्तो छेडेर ग्याँस निकाल्दिन्छु, हावाबाट विजुली निकालीदिन्छु भन्या थे । अबचाहिँ पक्का हुने भयो ।

