जथाभावि टागिएका राजनीतिक दलका तुल व्यानर हटाइयो

सुनसरीको इनरुवामा सार्वजनिक स्थानहरुमा टांगिएका तुल ब्यानर
सुरक्षाकर्मीले हटाएको छ ।
आचारसंहिता विपरित प्रचार सामाग्री सार्वजनिक स्थानमा राखिएको भन्दै मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीबाट खटिएका टोलीले सुरक्षाकर्मी लगाएर हटाएको हो ।
सर्वपक्षिय बैठक मार्फत सार्वजनिक स्थानहरुमा टांगिएका प्रचार सामाग्री हटाउन शनिवार साँझ सम्म दललाई समय दिइएको थियो ।
निर्धारित समयभित्र सम्वन्धित दलका प्रचार सामाग्री नहटाइएपछि मूख्य आचार संहिता अनुगमन अधिकृतको
भेषराज भट्टराई नेतृत्वको टोलीले त्यस्ता सामाग्री हटाएको हो ।
उम्मेदवारहरुले अटेर गरेकाले हटाइएका सम्वन्धित दलका उम्मेदवार उपर जरिवाना तिराइने मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया